Advertisement
Advertisement

कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

Advertisement
Advertisement

गुरुदत्त न्यौपाने/सिओल

पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।

 

मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।

 

रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।

 

कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगिमा पर्न सकिन्छ भन्ने घटना आज हामी तपाईहरुलाई सचेतना स्वरुप प्रस्तुत गर्न गईरहेका छौँ।

 

नेपाल बाट ईपिएस मार्फत कोरिया आएका गिम्फोमा कार्यरत एक जना यूवा ऋण (लोन) लिँदा करिव १ करोड वन ठगीमा परेका छन।एकदिन उनले फेशबुक चलाउँदै गर्दा फेशबुकमा ” Korea E9 loan serviceNepal सजिलो अनि छिट्टो लोन सेवा” भन्ने पेज मार्फत सजिलै अनलाईन मार्फत ऋण दिने खालको पोस्ट देख्छन।उनलाइ नेपालमा आफ्नो ब्यबहार मिलाउन गार्ह्रो परिरहेको बेला फेशबुकमा त्यस्तो देखेपछी उनले उक्त फेशबुक पेजमा म्यासेज गर्छन।

ठगी गर्ने फेशबुक पेजको लिङ्क https://www.facebook.com/KoreaE9loan/?mibextid=LQQJ4d

 

म्यासेज गरे लगत्तै उनलाई म्यासेजको रिप्लाई आउँछ।ऋण पाईन्छ कि भन्ने प्रश्न गर्छन लगत्तै उताबाट पाईन्छ किन नपाउने सजिलै एकैदिनमा अनलाईन मार्फत पाईन्छ भनेर म्यासेज पनि आउछ।कुरा हुँदा हुँदै उताबाट उनलाई भाईबरमा एड गरी भाईबर बाट कुरा गर्न आग्रह गरिन्छ।ऋण सस्तो रुपमा पाईने र किस्ता किस्तामा तिर्न पाईने भएसंगै उनले आफुलाई कोरियन १ करोड वोन को लोन अप्लाई गर्न आग्रह गर्छन।उनले लोन अप्लाई गर्न सम्पुर्ण कागजात,आईडी कार्ड,बैङ्क अकाउन्ट सबै उक्त व्याक्तीलाई पठाउँछन।

यति बेला सम्म उनको उक्त व्याक्तिसंग च्याटमा मात्र कुरा भएको हुन्छ।त्यसपछी उनले फोन गर्न खोज्छन तर फोन गर्न नमिल्ने म्यासेजमा मात्रै कुरा गर्ने भन्ने जवाफ आउँछ,त्यसपछी उनको सम्पुर्ण कागजात पठाईसकेपछी उताबाट अनलाईन बाटै लोन अप्लाई हुन्छ।अप्लाई भएको १/२ दिनमा उनको खातामा २ करोड वोन जम्मा हुन्छ।त्यस लगत्तै उनले उक्त सम्बन्धित व्याक्तिलाई सम्पर्क गर्छन र भन्छन १ करोड चाहिएको २ करोड आयो भनेर,उताबाट मिस्टेक भएको र सिस्टमको कारण त्यसो भएको फिर्ता गर्दा हुन्छ भनेर उताबाट जवाफ आउछ र 조아라 भन्ने व्याक्तिको नामको अकाउन्ट पठाएर १ करोड फिर्ता गर्न आग्रह गर्छन।

 

उनले यताउता ख्यालै नगरी आफुलाई चाहिएको १ करोड हो बिना काममा किन २ करोड लिने भनेर १ करोड वोन उक्त व्याक्तिको खातामा पठाउँछन।त्यसपछी उनी आफु १ करोड वोन लोन लिएको भनी ढुक्क हुन्छन,उनको पहिलो महिनाको किस्ता आउँछ,किस्ता आउँदा उनी झसंग हुन्छन किनकी किस्तामा त १ करोडको भन्दा बढी किस्ता तिर्नुपर्ने बिल आउँछ त्यसपछी हतास मनस्थितीमा उनले उता लोन अप्लाई गर्नेलाई सम्पर्क गर्छन तर उ आफुले १ करोड अकाउन्टमा फिर्ता पाएपछी सम्पुर्ण तरिकाले सम्पर्क बिहिन हुन्छ।त्यसपछी उनलाई आफु ठगीमा परेको थाहा हुन्छ।

 

उनले अहिले २ करोड वोन कै किस्ता तिरिरहेका छन।उनले आफु ठगीमा परेको थाहा पाएपछी धेरै ठाउँमा सम्पर्क गरी सहयोग मागेको तर सम्पर्क नम्बर,व्याक्ती को हो कहाँ के गर्छ केही पनी थाहा नभएकाले उजुरी समेत गर्न गार्ह्रो भएको बताएका छन।उनी हाम्रो सम्पर्कमा आएपछी सबै कुरा बुझ्दा उनीसंग पैसा पठाएको बैङ्क अकाउन्ट को ट्रान्ज्याक्सन रेकर्ड भने रहेछ।त्यसलाई नै आधार र प्रमाणको रुपमा लिएर प्रहरीको मा गएर उजुरी गर्ने सल्लाह हामीले दिएका छौँ।उनले अहिले आएर आफु नचिनेको व्याक्तीबाट लोन लिँदा आफु ठगीमा परेपछी चिन्तित मनस्थिति मा गुज्रिरहेको कोरियापाटी संगको कुराकानीमा बताएका छन।

 

हाम्रो भन्नु

 

कोरियामा हुनुहुन्छ?लोन चाहियो ? यदि साँच्चिकै तपाई लोन लिँदा के कुराहरुमा ध्यान दिनुपर्छ त?

 

सर्वप्रथम त यो समाचार तयार पार्नुको उद्देश्य एकजना ठगीमा परेपछी थप व्याक्तिहरु ठगीमा नपरुन भन्नको लागी सचेत गराउनकै लागी हो।हामीले ठगीमा पर्नुहुने चेमजोङ थरका यूवकको नाम पनि गोप्य नै राखेका छौँ।यो घटनाबाट आम कोरियामा काम गर्नुहुने र लोन लिने सोचाईमा हुने साथीहरुले निम्न कुराहरुमा होशियारी भने हुनैपर्छ।

 

१ .कोरियामा लोन लिनुपर्यो भने सर्वप्रथम त तपाईहरुले म कुन बैङ्क तथा फाईनान्स बाट लोन लिदैछु स्पस्ट जानाकारी सहित लिनुहोस।

 

२ .फेशबुक पेज लगायत अपरिचित फेशबुक आईडी बाट लोन लिदै नलिनुहोस।

 

३ . सकभर नचिनेको मान्छे बाट लोन नलिने यदी फेशबुक बाटै सम्पर्क भएपनी उक्त व्याक्ति को हो? कहाँ काम गर्छ?सम्पर्क नम्बर कति हो? उसको फोटो अथवा स्पस्ट आईडी /रियल नाम के हो? नेपाल घर कहाँ हो सबै स्पस्ट रुपमा जानेपछी विश्वाशिलो भयो भने मात्र लिनुहोस।

 

४ . आफुले कति लोन अप्लाई गर्ने र कति अप्लाई भयो सम्पुर्ण कागजपत्र चेक गर्ने,यदी कथमकदाचित अप्लाई गरेको भन्दा बढी आयो र फिर्ता गर्नुपर्ने भयो भने बैङ्कले दिएको खातामा मात्र पैसा फिर्ता गर्ने,व्याक्तिको खातामा कहिलेपनी पैसा नपठाउनुहोस।

 

५ . लोन लिने बेलामा लोन सहजकर्ता संग राम्रो संग बुझेर मात्र लिनुहोस।

 

६ . लोन लिने बेलामा नै व्याजदर र मासिक ईन्स्टलमेन्ट को बिषयमा स्पस्ट रुपमा बुझेर मात्र लोन लिनुहोस।

 

माथी भनिएका सुझाव हरुलाई मनन गर्न सकियो भने यस्ता ठगी बाट बच्न सकिन्छ।आफुले कमाएको सम्पत्ति लोन लिएर ठगीमा परियो भने अनावस्यक रुपमा मासिक किस्ता तिर्नपर्दा अवस्य नै तनाव हुन्छ त्यसैले यस्ता कुरामा पहिले नै शतर्क हुन जरुरी छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×