Advertisement
Advertisement

अन्तराष्ट्रिय

यहि आइतबार हुने नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनको तयारी पूरा 

यहि आइतबार हुने नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनको तयारी पूरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
यही आइतबार जुलाई २० तारिखका दिन सउलमा हुने नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।  दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल मगर संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्न लागेको हो। सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन,...
स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा अति सक्रिय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले "पाँचौं स्याङ्जा कप २०२५" भलिबल प्रतियोगिता गर्ने भएको छ । भलिबल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर यस उक्त संघकै अनुमति बमोजिम यही आउँदो अगष्ट ३ तारिक सुवनस्थित AJOU UNIVERSITY VOLLEYBALL STADIUM [경기 수원시 영통구 월드컵으로 206] मा उक्त प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष सुशील गुरुङले जानकारी दिए । स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई मेडल र प्रमाण पत्र सहित ४/४ लाख कोरियन वोन...
कोरियामा मापसे गरी आफ्नो ब्वाइफ्रेण्डको गाडी बाटोमा ठोक्काउदै हिंड्ने युवती पक्राउ 

कोरियामा मापसे गरी आफ्नो ब्वाइफ्रेण्डको गाडी बाटोमा ठोक्काउदै हिंड्ने युवती पक्राउ 

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सोलको गुमछन प्रहरी कार्यालयले बिना इजाजत र मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा २० वर्षको उमेर समूहकी एक युवती ‘ए’लाई अनुसन्धानका लागि प-क्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार ए सँग ड्राइभिङ इजाजतपत्र थिएन। उनले गत राति लगभग १० बजे गुमछनगु, गासान्दोङ क्षेत्रमा आफ्नो प्रेमीको गाडी चलाउँदै म-दिरा सेवन गरेको अवस्थामा अर्को सवारी साधन र सडकमा रहेका पोल (볼라드) मा ठोक्किएको आरोप छ। घ-टनामा मानवीय क्षति भने भएको छैन। प्रहरीले गरेको रगत परीक्षणमा एसीसीको रक्तमा रहेको अल्को-हलको मात्रा चालक अनुमति खारेज हुने स्तरभन्दा माथि देखिएको छ। घट-नास्थलमा पुगेका प्रहरीले सोधपुछ गर्दा उनले "आफुले गाडी चलाएकी हुँ" भनेकी थिइन्। हाल प्र-हरी एसीसीसँग विस्तृत रूपमा घट-नाको कारण र विवरणबारे अनुसन्धान गरिरहेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
कोरियाको तलब बढ्यो, जनवरी देखी प्रतिमहिना : २१,५६,८८० वन् हुने

कोरियाको तलब बढ्यो, जनवरी देखी प्रतिमहिना : २१,५६,८८० वन् हुने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा आगामी बर्ष अर्थात् सन् २०२६ का लागी न्युनतम तलब वृद्धी भएको छ । सन् २०२६ को जनवरीदेखी न्यूनतम तलब प्रति घण्टा १०,३२० वन हुनेछ ।  न्यूनतम तलब हालको १०,०३० वनबाट २.९% वृद्धि गरी १०,३२० वन प्रति घण्टा निर्धारण गरिएको हो । मासिक २०९ घण्टाको हिसाबले मासिक तलब २,१५६,८८० वन हुनेछ । त्यस्तै ओभरटाइमको प्रतिघण्टा १५४८० वन् हुनेछ । यो निर्णय श्रमिक, मालिक र सार्वजनिक प्रतिनिधिहरूको सहमति (노·사·공) बाट भएको हो, जुन १७ वर्षपछि पहिलो पटक भएको सहमति हो। हालैको बैठकमा 민주노총का ४ सदस्य अनुपस्थित भए पनि बाँकी २३ प्रतिनिधिहरूले सहमति जनाएका थिए। प्रतिघण्टा : १०३२० वन्  ओभरटाइम प्रतिघण्टा : १५४८० वन् !  प्रतिमहिना : २१,५६,८८० वन् । ( आजको विनिमय दर अनुसार २ लाख १४ हजार १ सय ७६ रुपैयाँ ।...
अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गर्मिको अवसर पारि अगस्ट ३ तारिख तारिखका दिन सिरुपाते परिवार (एफ.सि)‌‌ को आयोजनामा‌ आनसानमा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ।  सन् २०२३ मा इन्छनमा स्थापना भएको सिरुपाते परिवार (एफ.सि) ले यही आउँदो अगष्ट ३ तारिख आइतबारका दिन 경기도 안산시 단원구 원곡동 798-7,3충 레포츠 당구장 मा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।     सिरुपाते परिवार (एफ.सि) को आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ३ लाख र चौथो हुनेलाई १ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका म्यानेजर विक्रम तामाङले बताएका छन्। पछिल्लो समय कोरियामा युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने आयोजकले विशाल आवाजलाई बताएको छ। प्रतियोगिता...
कोरियाका पूर्व राष्ट्रपति युन पुन: जेलमा 

कोरियाका पूर्व राष्ट्रपति युन पुन: जेलमा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सउलको एक अदालतले बिहीवार पूर्व राष्ट्रपति युन सुक योललाई मार्शल कानून लागू गर्ने असफल प्रयाससहित पाँचवटा अभियोगमा पक्रा- उ पुर्जी जारी गर्दै दोस्रो पटक हिरासतमा लिएको छ। विशेष अभियोजक चो युन-सुकको टोलीले प्रमाण नष्ट हुनसक्ने भन्दै प-क्राउको माग गरेको थियो। युनले सुनुवाइमा सबै आरोप अस्वीकार गरे। आरोपअनुसार, युनले केही मन्त्रिहरूलाई मात्रै बोलाएर अधिकार उल्लंघन गरे, झूटा मार्शल कानून कागज तयार पारेर पूर्व प्रधानमन्त्री र रक्षा मन्त्रीसँग हस्ताक्षर गराए, झूटा विज्ञप्ति वितरण गर्न लगाए, आफूलाई प-क्राउ गर्न रोक्न निर्देशन दिए, र सैनिकहरूको कल रेकर्ड मेटाउन आदेश दिए। उनी यसअघि पनि जनवरीमा प-क्राउ परेका थिए तर मार्चमा रिहा भएका थिए।...
अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
लगातार गर्मी बढिरहेकाले गर्दा निर्माण स्थलमा काम गरिरहेका विदेशी कामदारको ज्यान जाने जस्ता गम्भीर दुर्घटनाहरू भएका छन्।  यसलाई ध्यानमा राख्दै, कोरिया श्रम मन्त्रालयले गर्मीको समयमा अनिवार्य रूपमा विश्राम दिने व्यवस्था पुनः 추진 गर्ने निर्णय गरेको छ। श्रम मन्त्रालयले ८ जुलाईमा नियम सुधार समितिलाई ‘औद्योगिक सुरक्षा तथा स्वास्थ्य मापदण्डसम्बन्धी नियम’मा समावेश गरिएको "महसुस हुने तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेमा प्रत्येक २ घण्टामा कम्तिमा २० मिनेट विश्राम दिनुपर्ने" भन्ने प्रस्तावमा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णय गरेको छ। यसअघि नियम सुधार समितिले अप्रिल र मे महिनामा दुई पटकको समीक्षा बैठकमा उक्त प्रावधान सबै कार्यस्थलमा एकै किसिमले लागू गर्नु उपयुक्त नहुने र साना तथा मझौला व्यवसायहरूमा बोझ बन्न सक्ने भन्दै श्रम मन्त्रालयलाई पुनर्विचार गर्न सिफारिस गरेको थियो। त्यसपछि ...
कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
HD Hyundai ले भारतको सबैभन्दा ठूलो सरकारी शिपयार्ड, कोचिन शिपयार्डलाई आफ्नो पानीजहाज निर्माण प्रविधि प्रदान गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ। यस सम्झौतामार्फत HD Hyundai ले कोचिनलाई डिजाइन, खरिद, र जनशक्ति तालिममा सहयोग गर्नेछ, साथै दुबै कम्पनीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ जहाज निर्माण अर्डर खोज्नेछन्। भारतले "Maritime India Vision 2030" लगायत योजनाहरू अघि सारेको छ र ₹250 अर्बको "Maritime Development Fund" स्थापना गरेको छ।  सन् २०२२ मा $90 मिलियन रहेको भारतीय जलपोत बजार २०२४ मा $1.12 अर्ब पुगेको छ र आगामी वर्षहरूमा तीव्र वृद्धि हुने अनुमान छ। HD Hyundai ले यसअघि अमेरिकाको Huntington Ingalls र Edison Chouest सँग पनि साझेदारी गरिसकेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय समाज भोजपुर परिवार दक्षिण कोरियाले यही जुलाई १३ तारिखका दिन सउलमा “नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ। योगमाया र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले जुलाई १३ तारिख आइतबारका दिन १२ बजे पूर्वी नेपाल समाजको सभाहल दोङ्देमुनमा तीनजना विशेष वक्ताहरूको साथमा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सबै संस्थाहरूले निरन्तर गरिरहेको एकै प्रकारको परम्परागत कार्यक्रमका बीच भोजपुर समाजले, समाज बदल्न योगदान दिने व्यक्तिको सम्झनामा श्रद्धास्वरूप गर्न लागेको यो बिल्कुलै नयाँ किसिमको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई वक्ताको...
कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो। यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।  बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो। EPS NEPAL FAMILY...