उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा उनीहरूले आइतबार सानोठिमीस्थित एनओसी कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् ।
आन्दोलित विद्यार्थीहरूले पूर्व सूचनाबिना एनओसी बन्द गर्दा आफूहरू समस्यामा परेको बताएका छन् । अध्ययनबाट वञ्चित हुँदा आफूहरूको लगानी खेर जाने अवस्थ आएको उनीहरूको भनाइ थियो । विद्यार्थीहरूले ‘शिक्षा हाम्रो अधिकार हो’, ‘शिक्षा रोक्ने निर्णयले हजारौँ सपना जलिरहेछन्’, ‘हामीले क्षमताले पाएको छात्रवृत्ति तपाईंको राजनीतिले गुम्दैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले आफूहरूको भविष्य माथि खेलबाड गरेको आरोप लगाए ।
सरकारले तत्काल आफूहरूको आवाज सुनेर समस्या सम...
७ जेष्ठ २०८२, मंगलवार ०२:३५७ जेष्ठ २०८२, मंगलवार ०२:३५७ जेष्ठ २०८२, मंगलवार ०२:३५ by एलिनाNo Comments
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फाजु सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन फाजु नेपाल फुटबल क्लबको आयोजनामा दिउँसो १ बजे फाजुको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको फाजु सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्त...
२१ बैशाख २०८२, आईतवार ११:००२१ बैशाख २०८२, आईतवार ११:००२१ बैशाख २०८२, आईतवार ११:०० by एलिनाNo Comments
सन्तोष न्यौपाने: इन्छन प्रहरीले २० करोड वनभन्दा बढि पैसा चोरेर भाग्न लागेका १ जनालाई पक्राउ गरेको छ। ३० बर्षका ती चिनियाँ नागरिकले आफ्नै चिनजाजको साथीको पैसा चोरेर चीन भाग्न लागेका थिए।
ती ब्यक्तिले गत मे २ तारिख इन्छन मिछुलहोगुमा अवस्थित एक होटलबाट ४० बर्षिया चिनियाँ महिलाको पैसाको झोला चोरेर भागेका थिए।
पिडित महिला ठुलै व्यापार व्यवसाय गर्ने र उनको साथमा ठूलो रकम भएको कुरा ती ब्यक्तिले पहिल्यै थाहा पाई चोरी गरेको बुझिएको छ। चोरी गर्ने ब्यक्ति केही दिन अघि मात्रै कोरिया आएका थिए।
चोरी गरेर पैसा लिइ आफ्नो देश भाग्न खोज्दा एअरपोर्टबाटै पक्राउ परेपछि उनलाई प्रहरीले कारबाहिका लागि थुनामा राख्न अदालति प्रकृया अघि बढाएको छ।...
१६ बैशाख २०८२, मंगलवार १५:०४१६ बैशाख २०८२, मंगलवार १५:०४१६ बैशाख २०८२, मंगलवार १५:०४ by एलिनाNo Comments
बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन यही आउँदो मे २५ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो तेश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경남 김해시 서상동 27-3) New little india Resturent 2nd floor हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको शाखा अध्यक्ष गीतासिंह गुरुङले बताए । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै कोरियामा आफ्नो जातीय अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका...
५ बैशाख २०८२, शुक्रबार १४:५९५ बैशाख २०८२, शुक्रबार १४:५९५ बैशाख २०८२, शुक्रबार १४:५९ by एलिनाNo Comments
E-7-4 भिजा लागू भएपछी यस्लाइ खारेज गर्न माग गर्दै कोरियन नागरिक हरु निवेदन दर्ता गरिरहेका छ्न ।
राजधानी बाहिरको क्षेत्रमा कामदार अभाव समस्यालाई समाधान गर्नको लागि कोरियन सरकारले उक्त भिजा लागु गरेको थियो ।
दुई वर्ष भन्दा बढी तोकिएको क्षेत्रमा काम गर्ने E-9 र E-10 कामदारले उक्त भिजा पाउने व्यवस्था गरेको छ ।
कोरियामा रहेका बेरोजगार युवाहरुको को समस्यालाइ सामाधान नगरी उक्त भिजा दिन नहुने भन्दै कोरियाली नागरिक हरुले उक्त भिजा खारेजीको माग गर्दै वेबसाईट मा पेटिसन दर्ता गराएका हुन ।
कोरियाको जन्ताको गुनासो र आवाज सुन्नका लागि कोरियन सरकार ले राष्ट्रिय सभाको वेबसाईट मा पेटिसन दर्ता गराउने व्यवस्था गरिएको छ । उक्त साइट मा करिव ७४ हजार बढिले निवेदन गरेका छ्न । पचास हजार भन्दा बढी जन्ताले भोट वा हस्ताक्षर गरि पेटिसन दर्ता गरेमा सम्बन्धित विषयका विज्ञहरुको समितिमा उक्त विषयले प्रवेश पाउने...
३० चैत्र २०८१, आईतवार ०३:५७३० चैत्र २०८१, आईतवार ०३:५७३० चैत्र २०८१, आईतवार ०३:५७ by एलिनाNo Comments
सर्बेक्षणहरु मोबाइल भोटिंङ्ग डेमोक्रेटिक पार्टी ले ५०% पार्टी सदस्य, ५०%आम जनाताको मत सर्वेक्षण' गरि पार्टीको उमेद्वार छान्ने
पहिलो पटक १६-१८ वर्षका युवा पार्टी सदस्यहरुको सहभागिता
कोरियाको डेमोक्र्याटिक पार्टीले पार्टी सदस्यको मतदान र जनमत सर्वेक्षणको संयोजन मार्फत आफ्नो राष्ट्रपति उम्मेदवार छनोट गर्नेछ।
पार्टीको इतिहासमा पहिलो पटक १६ देखि १८ वर्ष उमेर समूहका 'युवा पार्टी सदस्यहरू' पार्टीको सदस्य मतदानमा भाग लिनेछन्।
२१ औं राष्ट्रपति चुनावको लागि विशेष पार्टी नियम तयारी समितिले १२ तारिखमा एक पत्रकार सम्मेलनमा घोषणा गर्यो कि यसले '२१ औं राष्ट्रपति चुनावको लागि उम्मेदवारहरूको छनोटमा विशेष पार्टी नियमहरू' स्थापना गर्ने निर्णय गरेको छ, जसले पार्टी सदस्यहरूबाट ५०% र जनमत सर्वेक्षणबाट ५०% मत प्राप्त गरी राष्ट्रपति पदको उम्मेदवारको छनोट गर्नेछ।
डेमोक्र्याटिक पार्टीले आफ्ना सद...
२६ चैत्र २०८१, बुधबार ०१:५९२६ चैत्र २०८१, बुधबार ०१:५९२६ चैत्र २०८१, बुधबार ०१:५९ by एलिनाNo Comments
दक्षिण कोरिया: दक्षिण कोरियाको फाजुसिमा PAJU NEPAL FC को आयोजनामा अप्रिल १३ तारिख आइतबारका दिन “PAJU MINI LEAGUE CUP TOURNAMENT 2025” हुने भएको छ।
दक्षिण कोरियामा रहेको आठ टिम भिड्ने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले क्रमश:१० लाख र ५ लाख कोरियन वोन प्राप्त गर्नेछन्। आइतबारका दिन १२:४० बाट उद्घाटन खेल सुरु हुने प्रतियोगिताको आयोजकले टाईसिट छनोट गर्दै सम्पुर्ण टिमलाइ खेल हुनुभन्दा २० मिनेट अगाडि आएर कार्ड को ५० हजार वन क्यास जम्मा गर्दिनुहुन आयोजकले अनुरोध समेत गरेको छ ।
यसैगरी प्रतियोगिताको विभिन्न १३ बुँदे नियमहरू समेत आयोजकले सार्वजनिक गर्दै खेलमा कुनै विवाद भएमा आजको निर्णय नै अन्तिम निर्णय हुने र सबै टिमहरुले नियम राम्रोसँग पढी खेलाई अनुशासित र मर्यादित बनाइदिनुहुन आयोजकले आग्रह गरेको छ।
...
२५ चैत्र २०८१, मंगलवार ०४:१५२५ चैत्र २०८१, मंगलवार ०४:१५२५ चैत्र २०८१, मंगलवार ०४:१५ by एलिनाNo Comments
कोरियन सरकारले औपचारिक रूपमा पूर्व राष्ट्रपति युन सुक येओललाई पदच्युत गरेपछि अर्को राष्ट्रपति चुनावको मिति जुन ३ लाई तोकेको छ।
संविधान अन्तर्गत, राष्ट्रपति पदमा रिक्तता उत्पन्न भएको ६० दिन भित्र देशले नयाँ चुनाव गर्नु आवश्यक छ।
सरकारले जुन ३ लाई अस्थायी सार्वजनिक बिदाको रूपमा पनि तोकेको छ।
गत शुक्रबार संवैधानिक अदालतले युनलाई खारेज गरेपछि राष्ट्रिय निर्वाचन आयोगले उम्मेदवार दर्ता प्रारम्भिक रूपमा सुरु गरेको थियो।
उम्मेदवारहरूले मे ११ सम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ र आधिकारिक अभियान अवधि मे १२ मा सुरु गर्न पाउनेछ।
कानूनले राष्ट्रपतिको लागि उम्मेदवारी दिने सार्वजनिक कर्मचारीले चुनावको कम्तिमा ३० दिन अगाडि राजीनामा दिनुपर्ने, मे ४ लाई अन्तिम मिति बनाउनुपर्ने व्यवस्था पनि गरेको छ।
मार्च १०, २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई पदबाट हटाउदा , ठीक ६० दिन पछि, मे ९ मा...
२१ चैत्र २०८१, शुक्रबार ०४:४३२१ चैत्र २०८१, शुक्रबार ०४:४३२१ चैत्र २०८१, शुक्रबार ०४:४३ by एलिनाNo Comments
कोरियामा राष्ट्रपतिले राष्ट्रियता संकटमा परेको भनेर सैनिक कु को प्रयास गरे । त्यसलाई यहाँको संसदले बहुमतको आधारमा अस्थाई खारेज गरेर राष्ट्रपतिलाई महाअभियोग लगाई यो मुद्दालाई संवैधानिक अदालतमा पठायो । त्यस पश्चात प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बने तर उनी पनि महाअभियोगबाट हटे तर उनको कार्वाही यस अघि नै फुकुवा भईसकेको छ । हाल बहालवाला मन्त्रीले कार्यवाहक राष्ट्रपतिको भुमिकामा देशको नेतृत्व गरिरहेका छन् । असफल कु पश्चात महाअभियोग सामना गरिरहेका राष्ट्रपतिलाई सुरक्षा निकायले प्रकाउ गर्न राष्ट्रपति निवास गयो तर उनका सुरक्षाकर्मी र समर्थकको अवरोधले पहिलो पक्राउ प्रयास असफल भयो । त्यस समयमा दुवै तर्फका समर्थक र सुरक्षाकर्मी बीच सामान्य तनाव उत्पन्न भएता पनि थप हिंसा हुन नदिन सुरक्षा निकाय पछि हटेर भिडलाई शान्तिपुर्वक तरिकाले व्यवस्थापन गरेको थियो । यहाँको प्रशासनको कुशलता र बुद्धिमानता त्यस सम...
२० चैत्र २०८१, बिहीबार ०५:४१२० चैत्र २०८१, बिहीबार ०५:४१२० चैत्र २०८१, बिहीबार ०५:४१ by एलिनाNo Comments
सियोल, अप्रिल २, २०२५ — सियोल महानगर सरकारले राष्ट्रपति युन सुक योलको महाभियोग सम्बन्धी संवैधानिक अदालतको निर्णय सार्वजनिक हुनुअघि कडा सुरक्षा सतर्कता अपनाएको छ। कोरियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई यस सन्दर्भमा सावधानी अपनाउन र भिडभाड क्षेत्रबाट टाढा रहन विशेष आग्रह गरिन्छ ।
निर्णय यही शुक्रबार, अप्रिल ४, बिहान ११:०० बजे सार्वजनिक गरिने भएकाले सियोलको जोंगनो-गु र जुंग-गु जिल्लाहरूलाई ‘विशेष अपराध निवारण क्षेत्र’ घोषित गरिएको छ। अदालत वरपरको क्षेत्रको यातायातमा कडाइ गरिनेछ भने नजिकका दरबार, संग्रहालय, विद्यालयहरू अस्थायी रूपमा बन्द गरिनेछन्।
त्यसैगरी, सबवे लाइन ३ अन्तर्गतको अङ्गुक स्टेशनको सेवा बन्द गरिनेछ र अन्य नजिकका सबवे स्टेशनहरू पनि स्थिति अनुसार बाइपास गरिन सक्ने सियोल महानगर सरकारले जनाएको छ।
शुक्रबारदेखि आइतबारसम्म सहरभरि भिडभाड, ट्राफिक र सम्भावित प्रदर्शन हुने भ...