दक्षिण कोरियाका केही भागमा बिहीबार मुसलधारे वर्षा भएको छ । मुलुकको मौसम एजेन्सीका अनुसार त्यहाँ एक क्षेत्रमा सन् १९०४ मा पूर्ण रेकर्ड सुरु भएयता प्रतिघण्टा सबैभन्दा धेरै वर्षा भएको छ ।
विगत २ दिनदेखी जारी भिषण वर्षाका कारण जनजिवन प्रभावित भएको छ ।
कोरियाको धेरैजसो समथर भूभागहरु डुबानमा परेका छन् भने बाढीले सडक, विद्युत, भवन लगायत भौतिक संरचनामा ठुलो क्षती गरेको छ । हालसम्म २ जनाको मृत्यु भैसकेको छ ।
आगामी दिनहरुमा समेत वर्षा निरन्तर रहने भएकाले उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरुमा सूचना जारी गरेको छ ।...
२ श्रावण २०८२, बिहीबार ०९:१०२ श्रावण २०८२, बिहीबार ०९:१०२ श्रावण २०८२, बिहीबार ०९:१० by एलिनाNo Comments
कोरियाको राजधानी सउलमा रहेका करिब ८०,००० विदेशी बासिन्दाले सरकारले दिने १,५०,००० वोन बराबरको भौचर सहायता पाउनेछन्।
यो सहायता कोरियाली नागरिकसँग सम्बन्ध भएका वा स्थायी बासिन्दा, विवाह गरि आएका आप्रवासी, वा शरणार्थी भिसा भएका र स्वास्थ्य बीमा वा मेडिकल सहायता लिएका विदेशीहरूलाई दिइनेछ।
आवेदन जुलाई २२ देखि Seoul Pay+ एप, क्रेडिट कार्ड वेबसाइट, सेवा केन्द्र वा बैंकमार्फत दिन सकिनेछ।
पहिलो हप्ता (जुलाई २१–२५) दर्ता नम्बरको अन्तिम अंक अनुसार पालो मिलाइनेछ। सहायता नोभेम्बरसम्म प्रयोग गर्न सकिन्छ, र भाषा सहयोगका लागि सहरले सहायता केन्द्र पनि स्थापना गरेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
१ श्रावण २०८२, बुधबार १२:१११ श्रावण २०८२, बुधबार १२:१११ श्रावण २०८२, बुधबार १२:११ by एलिनाNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अगष्ट र सेप्टेम्बरमा दुइ महिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२ गर्ने भएको छ।
कि.या.चु. दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा दुइ महिने “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने भएको हो। अनलाइन मार्फत विश्वभरिबाट कक्षा लिन सकिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रमको प्रशिक्षक किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिम तुम् सिक्सामा लिङदेन कल्पना पन्धाक र अतिथि प्रशिक्षक सिक्किम अल्पाइन यूनिभर्सीटी, सिक्किमका प्रोफेसर मनिहाङ मुरीङला सुब्बा रहने छन ।
लिम्बु भाषा र लिपिको बारेमा जानकारीमूलक संक्षिप्त प्रस्त...
१ श्रावण २०८२, बुधबार १०:२११ श्रावण २०८२, बुधबार १०:२११ श्रावण २०८२, बुधबार १०:२१ by एलिनाNo Comments
पछिल्लो समय नेपालमा सम्बन्ध–विच्छेदका घटना ह्वात्तै बढेको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएका हरु सम्बन्ध–विच्छेद गर्नेको सँख्या धेरै छ। यसैगरी छ महिनाको अवधिमा मात्रै बिभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका ६५ जना नेपालीले सम्बन्ध-विच्छेद गरेका नेपाली राजदुतावास दक्षिण कोरियाले जनाएको छ ।
नेपाली राजदुतवास दक्षिण कोरियाका राजदुत शिवमाया तुम्बाहाङ्फे कोरिया आगमन भएको ६ महिना पुगेको अवसरमा नेपाली समुदायलाई कार्य र प्रगति विवरणको जानकारी दिने क्रममा तुम्बाहाङ्फेले कोरिया प्रवेश गरेको मात्रै छ महिनाको अवधिमा ६५ जना नेपालीको सम्बन्ध-विच्छेद प्रमाणिकरणमा हस्ताक्षर गर्नुभएको बताउनु भएको थियो। अफिसमा आएर सबैभन्दा पहिले काम प्रारम्भ गर्दा सम्बन्ध-विच्छेद प्रमाणिकरणमा हस्ताक्षर गर्दा आफुलाई एकदमै दु:ख लागेको बताउनुहुँदै तुम्बाहाङ्फेले बैदेशिक रोजगारमा गएर हाम्रो समाज बिखण्डित हुँदैछ कि भन्ने अनु...
१ श्रावण २०८२, बुधबार ०९:०७१ श्रावण २०८२, बुधबार ०९:०७१ श्रावण २०८२, बुधबार ०९:०७ by एलिनाNo Comments
कोरियामा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै Society of Nepalese Students in Korea (SONSIK) ले २०२५ का लागि आफ्नो वार्षिक सदस्यता दर्ता खुला गरेको छ। यस संस्थाले कोरियामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई एकीकृत गर्दै उनीहरूको शैक्षिक, सामाजिक, र सांस्कृतिक जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। SONSIK का अनुसार, यस वर्ष पनि सदस्य बनेका विद्यार्थीहरूले विभिन्न विशेष सेवा र सुविधाहरू प्राप्त गर्नेछन्।
SONSIK को स्थापना सन् २००४ मा कोरियामा अध्ययनरत केही अग्रगामी नेपाली विद्यार्थीहरूको पहलमा भएको हो। स्थापना कालदेखि नै यस संस्थाले नेपाली विद्यार्थीहरूको हित र हक अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। पछिल्लो दुई दशकमा SONSIK को गतिविधिहरू विस्तार हुँदै गएका छन्, र यो संस्था अहिले दर्जनौं कोरियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा प...
१ श्रावण २०८२, बुधबार ०५:३५१ श्रावण २०८२, बुधबार ०५:३५१ श्रावण २०८२, बुधबार ०५:३५ by एलिनाNo Comments
गएको महिना कोरियामा रोजगारीमा रहेका व्यक्तिहरूको संख्या १ लाख ८३ हजारले बढ्दै, लगातार चार महिनायता झन्डै २ लाखको आसपास वृद्धि भएको छ।
कोरियाली तथ्यांक कार्यालयका अनुसार, जुन महिनामा १५ वर्षभन्दा माथिका रोजगार संख्या २ करोड ९० लाख ९१ हजार पुगेको छ।
तर, उत्पादन (म्यानुफ्याक्चरिङ) र निर्माण क्षेत्रमा भने रोजगारको स्थिति अझै कमजोर छ।
जनवरीदेखि लगातार १ लाखभन्दा बढीको दरमा वृद्धि हुँदै, मे महिनामा २ लाख ४५ हजार पुगेको थियो। यसरी ४ महिनायता लगातार २ लाखको आसपास वृद्धिदर कायम छ।
𝐞𝐩𝐬 𝐧𝐞𝐩𝐚𝐥 𝐟𝐚𝐦𝐢𝐥𝐲...
३१ असार २०८२, मंगलवार ११:५८३१ असार २०८२, मंगलवार ११:५८३१ असार २०८२, मंगलवार ११:५८ by एलिनाNo Comments
गैर-आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङबीच आज काठमाडौंस्थित Hotel Tibet International मा भेटवार्ता सम्पन्न भएको छ ।
उक्त भेटघाटका क्रममा नेपालको ऊर्जा क्षेत्र, विशेषतः जलविद्युत् तथा हाइड्रोपावरको वर्तमान अवस्था, लगानी सम्भावना र गैरआवासीय नेपालीहरूको भूमिकाबारे गम्भीर छलफल गरिएको बताइएको छ।
घिसिङले विद्युत प्राधिकरणमा कार्यरत रहँदा देशलाई लोडसेडिङमुक्त बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै, अध्यक्ष गुरुङले भविष्यमा पनि उहाँजस्ता सक्षम नेतृत्वको देशलाई आवश्यकता रहेको धारणा व्यक्त गर्दै
गैरआवासीय नेपालीहरू नेपालको जलविद्युत् तथा हाइड्रोपावर क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी समेत गराए। त्यसका लागि आवश्यक नीतिगत सहजीकरण, अवसर र सम्भावनाका बारेमा गम्भीर छलफल भएको बताएका छन्।
पू...
३१ असार २०८२, मंगलवार ११:४०३१ असार २०८२, मंगलवार ११:४०३१ असार २०८२, मंगलवार ११:४० by एलिनाNo Comments
यही आइतबार जुलाई २० तारिखका दिन सउलमा हुने नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल मगर संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्न लागेको हो। सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन,...
३१ असार २०८२, मंगलवार ०६:२०३१ असार २०८२, मंगलवार ०६:२०३१ असार २०८२, मंगलवार ०६:२० by एलिनाNo Comments
सौल, दक्षिण कोरिया – १५ जुलाई २०२५:
कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूका लागि समर्पित डिजिटल रेमिटेन्स सेवा Fonemoneyले नयाँ योजना “हरेक हप्ता नगद वर्षा” सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक हप्ता १ लाख नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।
१४ जुलाई देखि १३ अगस्ट २०२५ सम्म सञ्चालन हुने यस एक महिने योजनामा, हरेक हप्ता दुईजना भाग्यशाली प्रयोगकर्ताहरूले १-१ लाख कोरियन वोन (झण्डै १०,००० नेपाली रुपैयाँ) जित्नेछन्।
योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले कोरियाबाट नेपाल पैसा पठाउनुपर्छ, त्यो पनि Fonemoney App मार्फत। पैसा सिधै बैंक खातामा, क्यास पिकअपहरूमा वा इसेवा वालेटमा पठाउन सकिन्छ, जसले सबैलाई सजिलो र पहुँचयुक्त सेवा प्रदान गर्दछ।
प्रत्येक हप्ता मंगलवार बेलुकी ७ बजे (कोरियन समयअनुसार) Fonemoneyको Facebook र TikTok Live मा विजेताहरूको घोषणा गरिनेछ। न्यूनतम ५०,०...
३० असार २०८२, सोमबार १३:४५३० असार २०८२, सोमबार १३:४५३० असार २०८२, सोमबार १३:४५ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा यही आउँदो जुलाई २० आईतवारका दिन नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए दक्षिण कोरियाको सह–आयोजनामा हेवा स्टेशन नजिकै रहेको मारोनिए पार्कमा “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ।
नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजना र नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजहरूले विशेष सहकार्य र सहजीकरणमा हुने यस विशेष कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सह...