Advertisement
Advertisement

Breaking News

मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित

मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
काठमाडौः दक्षिण कोरिया सरकारले मेडिकल साइन्स पढ्ने विद्यार्थीहरु बढाउने योजना ल्याएपछि त्यहाँका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलित भएका छन् । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार दक्षिण कोरियामा दक्ष फिजिसियनको अभाव हुन थालेपछि सरकारले मेडिकल पढ्ने विद्यार्थीको संख्या बढाउने निर्णय गरेको थियो । यो निर्णयबाट बिच्किएका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारको निर्णय चुनाव लक्षित भएको भन्दै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा ८ हजार ८०० डाक्टरले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा ७१ प्रतिशत प्रशिक्षार्थी डाक्टर छन् । दक्षिण कोरियाली स्वास्थ्य उपमन्त्री पार्क मिन सोले राजीनामा स्वीकृत नभए पनि ७ हजार ८१० डाक्टरले काम छोडेर हिँडेको बताएका छन् । बुधबार आन्दोलनरत डाक्टरलाई काममा फर्किन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आन्दोलनमा...
कोरियाको खाङ्वन प्रान्तले हप्ताको ४ दीन मात्र काम गर्ने वारे नीति तथा योजना तयार गर्ने

कोरियाको खाङ्वन प्रान्तले हप्ताको ४ दीन मात्र काम गर्ने वारे नीति तथा योजना तयार गर्ने

Breaking News, जानकारी, भर्खरै
  दक्षिण कोरियाको खाङ्वन प्रान्तका गभर्नर किम जिन-ताईले चार दिनको कार्य सप्ताह लागू गर्ने सम्भावित फाइदाहरूमा जोड दिँदै यसले कामदारहरूलाई थप मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुन अनुमति दिएर उनीहरूको उत्पादकता बढाउन सक्ने बताएका छन l फेब्रुअरी १४ तारिकमा खाङ्वन राज्य परिषदको ३२५ औँ असाधारण सत्रमा, किमले चार दिने कार्यसप्ता सुरु गरेर प्रान्तलाई राष्ट्रिय स्तरमा उभ्याउनका लागि विस्तृत रूपमा अध्ययन गर्ने र नीति विकल्पहरू तयार गर्ने योजना बनाएको बताए । गत वर्ष देखि विशेष स्वशासित प्रान्त बनेको खाङ्वन राज्यमा सामसुङ इलेक्ट्रोनिक्स, पोस्को, एसके ग्रुप र अनलाइन उद्योगजस्ता ठूला कम्पनीले हप्तामा चार दिनको काम पाइलट गर्दै आएको उनले बताए । "उदाहरणका लागि, पोस्कोले गत महिनादेखि प्रत्येक दुई हप्तामा शुक्रबार बिदा लिन हप्तामा कम्तिमा ४० घण्टा काम गर्ने अपेक्षा गरिएका गैर-शिफ्ट कर्मचारी...
‘महाजात्रा’को टिजरमा पैसाको खेल

‘महाजात्रा’को टिजरमा पैसाको खेल

Breaking News, जानकारी, भर्खरै
  काठमाडौँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ प्रचार प्रसारमा जुटिसकेको छ । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मले मंगलबार टिजर ल्याएको हो ।  https://youtu.be/IaJN-pV7cHg?si=Hq6nvSXUBFR2K_8X फिल्मको टिजरमा कथा प्रष्ट्याउने कोसिस गरिएको छ । टिजर हेर्दा यो फिल्म पनि ‘जात्रा’ झैँ पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको बुझ्न सकिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । फिल्ममा फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ ...
‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

Breaking News, जानकारी, भर्खरै
  काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ कोटिजर रिलिज भएको छ । आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । टिजरमा दया आँचलसँग गीतमा देखिन्छन् । अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेको दृश्यसमेत देखाइएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ । ३ मिनेट जतिको टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रूपमा दाबी गरेका छन् । सिनेमा केही वर्ष अगाडि देखाइएको ‘डिग्री माइला’ नाटकमा आधारित छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय यस फिल्ममा छ । कोरियामा भने नम...
‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने पुरुष छलफलपछि रिहा

‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने पुरुष छलफलपछि रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो । शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । कुलेश्वर बस्दै आएका अंकित गुप्तालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’ प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’  via:ratipa...
ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् । ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् । एक लाख ६३ हजारभन्दा धेरैले भा...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ। “प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो। विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ। यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका...
कोरियामा बाटो बिराएकाहरु !! 

कोरियामा बाटो बिराएकाहरु !! 

Breaking News, जानकारी, भर्खरै
यो विदेश पनि बढो अचम्मको कसैका सपना पूरा भए कसैका सपना यतै कतै हराए कोहि आफ्ना उद्देश्यमा इमानदारीताका साथ लागिरहेका छन् ,कोहि उद्देश्य बाट विचलित भैसके।कसैले उद्देश्य मारे,कसैले स्वास्थ्य मारे कसैले जीवन नै मारीसके ,कोहि सफल भएर स्वदेश फर्किसके कोहि परदेशमै संघर्षरत छन् कोहि परदेशमै भासिसके,सपनाहरु पूरा गर्ने रेसमा अरुको देशमा आफु का छुटे पत्तै नपाउनेहरुका कथा लेख्दै छु आज। थुप्रै बाध्यता र विवसताले विदेशका बाटा तय गरेकाहरु कसरी खरानीका बाटोमा मोडिए तिनिहरुका कथा लेख्दै छु आज!! सापटी मागे, सापटी रकम फिर्ता नपाउँदाको पिडा केही दिन अगाडि एकजना व्यक्तिले सामाजिक सञ्जाल फेसवुकमा एउटा पोस्ट गरेका थिए “एकजना व्यक्तिको नाम, ठेगाना,फोटो सहित राखेर उसले एक महिनाको लागि लिएको रकम एक बर्ष हुदा पनि नदिएको र अहिले सम्पर्कविहिन भएको उहाँलाई देख्नुहुने , भेट्नु हुने महानुभावले मलाई सम्पर्क गरि...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने । 

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने । 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै
केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ। “प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो। विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ। यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिब...
परदेशी -कल्पना श्रेष्ठ  दक्षिण कोरिया

परदेशी -कल्पना श्रेष्ठ दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै, लेख
साहुको आदेश र साशनमा चल्नेहरु परिवार र देशको यादमा जल्नेहरु भोकमा खान नपाएर ग्यास्टिक पाल्नेहरु आँसु लुकाइ मुस्कानका तस्बिर हाल्नेहरु आँखा मिच्दै मिच्दै काममा धाउनेहरु पसिनाको थोपा सग माया लाउनेहरु तलब कहिले आउछ भन्दै दिन गन्नेहरु आफन्तको नजरमा सधै ठुला बन्नेहरु परिवार भेटन आतुर आतुर हुनेहरू मुटु गाठो पारी एक्लै एक्लै रुनेहरु यस्तै भोगाइ भोग्छ जो यी तमाम परदेशी हो । कल्पना श्रेष्ठ दक्षिण कोरिया...