Advertisement
Advertisement

Breaking News

“महाजात्रा” सुवन सो मार्च ३१ मा हुदै, प्रचार प्रसार व्यापक 

“महाजात्रा” सुवन सो मार्च ३१ मा हुदै, प्रचार प्रसार व्यापक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: गण्डकी प्रदेशमा दक्षिण कोरियाको सहकार्यमा नवलपुर समाज दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख सुवनमा प्रदर्शन हुने भएको छ।   “आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो ११:३० देखि सुवनमा रहेको 경기도 수원시 팔달구 행궁로 88(나문로데오아트홀) प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा JRF रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प...
“महाजात्रा” गजेदो सो मार्च ३० मा हुदै, प्रचार प्रसार व्यापक 

“महाजात्रा” गजेदो सो मार्च ३० मा हुदै, प्रचार प्रसार व्यापक 

Breaking News, जानकारी, भर्खरै
 विशाल आवाज: हान्वा ओसन YMT Brothers को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३० तारिख गजेदोको गजे देहाक्योमा प्रदर्शन हुने भएको छ। “अनाथ आश्रम सञ्चालन सहयोगार्थ” हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरिया, हान्वा ओसन तामाङ समाज गजेदो सँगको सहकार्यमा मार्च ३० तारिख बेलुकि ६:३० देखि ख्यङसाङनाम्दोको गजेदोमा रहेको 거제 대학교 경상남도 거제시 प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा जि मनि ट्रान्स रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महा...
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ  सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।...
अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

Breaking News, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद" भन्ने मुल नारा लिएर छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा “1st JNFC CUP  2024" यहि अप्रिल १४ तारिख आइतबार छल्ला बोक्दोमा रहेको 전라북도 정읍시 처우 대사리 875 (신태인 축구장) मा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मिडफिल्डर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्रशिक्षक र  अनुशासित टिमलाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै उत्कृष्ट खेलाडी MVP लाई भने ‌१लाख ५० हजार वन सहित मेडल ट्रफी र प्रमाणपत्र  दिने खेल संयोजक‌ निरज सारु मगर ले जानकारी दिनुभयो। छङ्ऊप नेपाली फुटबल क्लबको कप्तान निरज कार्कीका अनुसार टीम ...
विश्वभर ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

विश्वभर ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपाल झैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो । विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् । उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशा...
इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
 विशाल आवाज:इपिएस श्रमिक मा दक्षिण कोरिया प्रवेश गरेकी स्याङ्जा जिल्लाकि सिर्जना नेपाली नेकपा एमाले प्रवास संगठन को अध्यक्ष , कोरियन ब्युटिसियन हुँदै बुसान विश्वविद्यालयको प्राध्यापक सम्म बन्न सफल हुनु भएको छ। स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपालीले केयर नेपाल नामक संस्थाले छात्रवृत्तिका माध्यमबाट आफ्नो पढाई लाइ निरन्तरता दिदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरि आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो।नेपाली वन विज्ञान अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्तिर्ण गर्दै पत्रकारितामा स्नातक गर्नु भएको थियो। सानै उमेर देखि हक्कि र सहयोगी भावनाका कारणले विद्यार्थी रा...
यसपालीको होलि आनसान सहरमा 

यसपालीको होलि आनसान सहरमा 

Breaking News, जानकारी, भर्खरै
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा आगामी फागु पुर्णिमाको अवसरमा धुमधामका साथ होली महोत्सव मनाईने भएको छ । दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा यहि मार्च २४ तारिखमा होली महोत्सव गर्न थालिएको हो । प्रत्येक बर्ष भव्य रुपमा सम्पन्न हुने होलि कार्यक्रम यसपटक पनि मार्च २४ तारिख आइतवार दक्षिण कोरियास्थित आनसान माईग्रेन्ट सेन्टर अगाडिको पार्क 경기도 안산시 단원구 부부로 43 (원곡동) मा हुने भएको छ । यस अघि कार्यक्रम हुने भनिएको 동대문 बाट स्थान परिवर्तन भएको हो । दक्षिण कोरियामा आउँदै गरेको २२ औँ राष्ट्रिय सभा निर्वाचनका कारण स्थान परिवर्तन भई 경기도 안산시 단원구 부부로 43 (원곡동) हुने भएको आयोजकले जनाएको छ । निर्वाचनका कारण सभा सम्मेलन र भिडभाड गर्न नपाईने भएकाले पुर्व निर्धारित ठाउँ परिवर्तन गर्नुपरेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने छ । महोत्सवमा नेपाली दाजुभाई दि...
अप्रिल १४ मा अन्नपूर्ण कप भलिवल प्रतियोगिता हुने टिम दर्ताको लागी आब्हान

अप्रिल १४ मा अन्नपूर्ण कप भलिवल प्रतियोगिता हुने टिम दर्ताको लागी आब्हान

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ यही अप्रिल १४ तारिकका दिन अन्नपूर्ण कप भलिवल प्रतियोगिता २०२४ गर्ने भएको छ । कोरियामा रहेका भलिवल खेलाडिहरु सबैलाई समेटेर खेल जीवनलाई स्वस्थ बनाउन तथा खेलप्रेमीहरुको मनोभावना बृद्दी गर्नको निमित्त अन्नपुर्ण रेष्टुरेण्टले आयोजना गरेको यस खेलमा कोरियामा रहेका सम्पूर्णभलिवल टिमलाई टिम दर्ताको लागी हार्दिक आब्हान गरेको छ। थेसो कुक्मीन छेक सेन्टरमा आयोजना गरिएको तेस्रो विश्वकर्मा भलिवल कपको मुख्य प्रायोजक हिमालय ट्रिप ट्राभल , प्रायोजकमा SENT BE remit रहेको छ । तिमदर्ताको लागी अप्रिल ६ तारिकसम्म समय तोकिएको छ भने टिम दर्ता सुल्क ३लाख ५० हजार कोरियन वोन तोकिएको छ। टिम दर्ताको लागी कुकमिं बैं। को खाता 73440101311830 खातावाला bishowkarma मा पठाउनु होला जानकारीको लागी मुकेश सेन्चुरी 010-6891-१३४४ र दिल बिश्वकर्मा 01076645280 लाई सम्पर्क गर्न सक...
अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
अहिले विश्वले यतिबेला ११४ औ अन्तर्राष्ट्रिय श्रमिक नारी दीवस मनाइरहेको छ ,नारीका समानताका  कुरा,नारी हक -अधिकारका कुरा र नारी योगदानका बारेमा एकपटक फेरि सतहमा बहस भैरहेका छन । नारीले के पाए के गुमाए अथवा नारीहरुले कति अवसर पाए कति अवसर बाट बन्चित भए त्यसका बहश देश व्यवस्था अनि  परिवेश अनुसार गरौला तर आज विदेशमा नेपाली नारीका अवस्था स्थितिका बारेमा बहस गरौ ,नेपाली महिलाहरु विदेशिने क्रम निरन्तर जारी छ,विश्वका विभिन्न देशमा विभिन्न प्रयोजनका लागि नेपाली नारीहरु विदेश पुगेकि छिन् पुरुष प्रधान सहर आफ्ना कदमहरु अगाडि बढाइरहेकि छन त्यसै भित्रको एउटा देश हो दक्षिण कोरिया !! रोजगारी अध्ययन तथा अन्य पारिवारिक सिलसिलामा हजारौं  नेपाली नारीहरु दक्षिण कोरिया प्रवेश गरिरहेका छन,यो संख्या दिन दिनै बढ्दो क्रममा छ ,दक्षिण कोरियामा नेपाली नारीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन,उत्पादनमूलक क्षेत्र कृषि ...
दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ। सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको थियो...