Advertisement
Advertisement

अन्तरास्ट्रिय श्रमिक नारी दिवस विशेष -कोरियामा नेपाली नारी कति सुरक्षित कति असुरक्षित ?

Advertisement
Advertisement

अहिले विश्वले यतिबेला ११४ औ अन्तर्राष्ट्रिय श्रमिक नारी दीवस मनाइरहेको छ ,नारीका समानताका  कुरा,नारी हक -अधिकारका कुरा र नारी योगदानका बारेमा एकपटक फेरि सतहमा बहस भैरहेका छन । नारीले के पाए के गुमाए अथवा नारीहरुले कति अवसर पाए कति अवसर बाट बन्चित भए त्यसका बहश देश व्यवस्था अनि  परिवेश अनुसार गरौला तर आज विदेशमा नेपाली नारीका अवस्था स्थितिका बारेमा बहस गरौ ,नेपाली महिलाहरु विदेशिने क्रम निरन्तर जारी छ,विश्वका विभिन्न देशमा विभिन्न प्रयोजनका लागि नेपाली नारीहरु विदेश पुगेकि छिन् पुरुष प्रधान सहर आफ्ना कदमहरु अगाडि बढाइरहेकि छन त्यसै भित्रको एउटा देश हो दक्षिण कोरिया !!

रोजगारी अध्ययन तथा अन्य पारिवारिक सिलसिलामा हजारौं  नेपाली नारीहरु दक्षिण कोरिया प्रवेश गरिरहेका छन,यो संख्या दिन दिनै बढ्दो क्रममा छ ,दक्षिण कोरियामा नेपाली नारीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन,उत्पादनमूलक क्षेत्र कृषि क्षेत्र,होटल तथा सेवामुलक लगायत  क्षेत्रमा,दक्षिण कोरिया आफै नारी प्रधान देश हो-यहाँ जति नारीलाई अधिकार छ-त्यति पुरुषलाई छैन -नारीका हरेक हक अधिकारहरु संविधानमा सुनिश्चित छन ,राज्यका विभिन्न अंगहरुमा महिलाका सम्मानजनक पहुच छन,सन २०१२ डिसेम्बर १९ मा पहिलो महिला राष्ट्रपति चुनिएको देश पनि दक्षिण कोरिया हो तर आजक‍ो अंकमा कोरियाली नारीको भन्दा पनि कोरिया स्थित नेपाली नारीको बारेमा केही कुरा गर्न म प्रयासरत छु !!

First president 
दक्षिण कोरिया दुनियाँकै मजबुत कानुन भएको  देश मध्यको एक हो र  त्यसको अक्षरंश कार्यन्वयन भएको देश पनि हो,यहाँ कानुन र विधि मापदण्ड विपरीत काम गर्ने कसैलाई पनि छुट छैन गलत गर्नेहरु कानुनी दायरामा आउछन र त्यसको सजाय‌ पनि  भोग्छन।श्रम क्षेत्रमा पनि स्पष्ट कानुन भएको देश हो कोरिया,यहाँ अन्याय गर्न कसैलाई छुट छैन।महिलाहरु स्वदेशी हुन वा विदेशी उनिहरुलाई बढिमा ३ सेकेन्ड भन्दा बढि हेर्न  पाइदैन यदि कसैलाई लगातार हेरियो भने त्यो यौन शोषण र अपराध हुनेछ महिलाहरु अनेकौ तरिकाले सुरक्षाको घेरामा भएको देश यहीँ दक्षिण कोरिया हो।

कोरियाको सन्दर्भमा विशेष गरेर श्रमको  कृषि क्षेत्रमा नेपाली महिला श्रमिकले काम गरिरहेका छन जस्तै फिनिल हाउसमा-विभिन्न साग सब्जिहरु हुर्काउने काम ,बंगुर फर्ममा बङ्गुर हुर्काउने र स्याहारसुसार गर्ने काम  ,पोल्ट्रि फर्ममा कुखुरा र अण्डा हुर्काउने र व्यवस्थापन गर्ने काम, गाई फर्ममा गाई हुर्काउने र स्याहारसुसार गर्ने काम ,मसरुम खेति लगायत विभिन्न   क्षेत्रमा काम गर्छन। कोरियाली रोजगारदाताहरूको प्राथमिकतामा पनि नेपाली महिलाहरु कृषि क्षेत्रमै बढि पर्ने गर्छन,कोरियाका धेरै उत्पादनमूलक कम्पनीहरु महिला मैत्री छैनन-त्यसैले पनि नेपाली महिला श्रमिकहरु कृषि क्षेत्रमा आकर्षित छन कोरियाको कृषिमा काम गरिरहेका छन श्रमको हिसाबले यी क्षेत्रहरु त्यति सहज छैनन उच्च तापक्रम गर्मि र न्यून तापक्रमको माइनस जाडोमा पनि काम गर्नुपर्ने हुन्छ कृषिका धेरै कम्पनीहरुमा यहाँको श्रम नियमले तोकेको निश्चित मापदण्ड भन्दा बढि काम गराउछन रोजगारदाताले निश्चित  पारिश्रमिकमा बढि काम गर्नुपर्ने बाध्यता कृषि क्षेत्रमा काम गर्ने नेपाली महिलाहरुलाई छ पाच जनाले गर्नुपर्ने काम पनि दुई जनाले गर्नुपर्ने बाध्यता छ,धेरै कम्पनिमा कुन काम कति जनाले गर्न सक्छन् भन्ने पनि आधिकारिक मापदण्ड छैन तर धेरै गर्नुपर्ने बाध्यता छ ।

न्युनतम वेसिक काम ८ घण्टा गर्नुपर्ने कानुनि नियम भएतापनि कृषि क्षेत्रमा भने १० देखि १४ घण्टा सम्म काम लगाइएको नेपाली महिलाहरुले बारम्बार गुनासो गर्ने गर्छन्। हप्तामा एउटा विदा अनिवार्य हुनुपर्नेमा महिनामा एउटा दुईवटा विदा त्यो पनि मुस्किलले पाउने अवस्था बाट गुज्रिरहेका छन नेपाली महिलाहरु। तलब समयमा नदिने बढि भन्दा बढि काममा लगाउने ,अनावश्यक मानसिक यातना दिने काम कोरियन रोजगारदाताहरु बाट भैरहेको पनि उनिहरुका गुनासा छन् र हामि पनि त्यो देख्न सक्छौ ! महिलाहरु लाई अनेक प्रलोभनमा कृषि क्षेत्रमा निश्चित  पारिश्रमिक मा बढि काममा लगाउन सकिन्छ कि भनेर पनि कोरियन रोजगारदाताहरूले महिलाहरुलाई बढि छनोट गर्छन कि भन्ने आशंका गर्न सकिन्छ ।

बिषय यति मात्र होइन कृषि क्षेत्रका कामहरु कोरियाका गाउहरुमा केन्द्रित छन जहा हरेक सेवासुविधा र अन्य यातायात र बजारका पहुचहरु कम छन र उनिहरुका बसाइँ र अन्य सुविधाहरु पनि न्यून स्तरका  छन जसका पिडित नेपाली महिला श्रमिकहरु भैरहेका छन। एक तबरले भन्दा नेपाली महिला श्रमिकको श्रम शोषण दक्षिण कोरियामा भैरहेको छ,कृषि क्षेत्रमा भैरहेको छ,कोरियन रोजगारदाताहरु बाट भैरहेको छ। काममा लगाउने कम्पनी प्रतिनिधि अथवा साहुका जबरजस्तीपनले धेरै नेपाली नारीहरु मानसिक रुपमा टुटेका छन,शारीरिक रुपमा गलेका छन,एउटा तबरले मानसिक शोषण भएको पनि हामी देख्छौ। बेलाबेलामा शारीरिक स्वास्थ परिक्षण नहुदा पनि शारीरिक रुपमै पनि नेपाली महिला कमजोर भएका छन। कुरा कृषि क्षेत्रको मात्र होइन उत्पादनमूलक क्षेत्रमा पनि महिलाका लागि उत्साहापुर्ण स्थिति छैन,महिलामैत्रि कामका वर्गीकरण नहुनु-महिलामैत्री बस्ने छुट्टै  आवास नहुनु , शौचालय नहुनु पनि यो क्षेत्रको समस्या छ। अध्ययनको सिलसिलामा  दक्षिण कोरियामा नेपाली महिलाहरुको अवस्था पनि त्यति सन्तोषजनक छैन-न्यून आयस्तर भएका परिवार बाट विदेश पढ्न आउने नेपाली विध्यार्थिको संख्या ठूलो छ त्यसको केही हिस्सा  महिलाको पनि छ,यतै कमाउने र त्यहीँ कमाएको पैसाले कलेज पढ्ने। यता ई•पि•एस क्षेत्र बाट रोजगारीको सिलसिलामा आउनेहरु एउटा मापदण्ड रहेर काम गर्छन र सेवा सुविधा लिन्छन् आन्सिक वा पुर्ण रुपमा तर विध्यार्थि भिजामा रहेकाहरुको यो मापदण्डको दायरा पनि त्यति राम्रो छैन ,  आफ्नो सीप र क्षमता अनुसार जुन स्तरको काम पायो त्यहि गर्ने हो,न्यून पारिश्रमिकमा आफनो उर्वर श्रम खेर फालिरहेका छन् ।महिला विध्यार्थिहरुले होटल,मार्ट,इलेक्टि्रकल सपहरु तथा अन्य ठाउहहरुका नेपाली महिला  निश्चित  पारिश्रमिकमा बढि काम गर्नु पर्ने थुप्रै बाध्यता छन ती बाध्यताको फाइदा यहाँका प्रत्यक्ष तथा अप्रत्यक्ष साहुहरुले उठाइरहेका छन बिषय अझै छन नेपाली महिलाहरु विध्यार्थि नेपाली बाटै पनि श्रम शोषणमा परेका छन न्यून तथा निश्चित तलबमा दिनरात रेमिट्यान्सको काममा खटाइरहेका हुन्छन।


म यस्तो समाजमा हुर्किएको पात्र हो आफ्नो घरमा विभेद र अन्याय भएको देख्दैन अरुको घरमा भएको देख्छु,दक्षिण कोरियामा पनि नेपालिहरुका व्यवहारहरुमा यस्तो कुरा देख्न सकिन्छ यहाँ नजिक के कुरा उठाउन सान्दर्भिक ठान्छु भने नेपाली नारीहरु-महिलाहरु नेपाली बाट असुरक्षित महसुस गरिरहेका छन। नेपाली बाटै रेटिएका छन-एउटै कम्पनीमा काम गर्ने केटा साथिले केटिलाई हेर्ने दृष्टिकोण राम्रो छैन-केटा पक्षहरु बाट सहयोग लिन पनि थुप्रै कुरा कम्परमाइज गर्नुपर्ने स्थिति छ महिलाहरुलाई-कोरियाली भुमिमा नेपाली चेलिहरुलाई प्रेम र यौनको नजरमा हेर्ने थुप्रै नेपालिहरु छन-प्रेमको नाटकमा केही नेपाली महिलाहरु नेपाली बाटै यौनको सिकार भएकि छन-सहयोग र सहजीकरणको नाममा यौनको सिकार भएकि छन-थुप्रै नेपालिहरु एउटा नेपाली महिला संग यौनको कारणले जोडिन चाहन्छन् जसको सिकार बारम्बार नेपाली महिला भैरहेको छन,महिलाहरुलाई अनेक प्रलोभनमा पारेर यौन शोषण नेपालिहरुले नै गरिरहेका छन-आजका दिनमा पुर्ण रुपमा नभनौ तर आन्सिक रुपमा नेपाली नारीहरु नेपाली बाटै असुरक्षित छन-एउटा कामको सहयोग माग्दा पनि पहिला यौन प्रस्ताव र  संगै बस्ने प्रस्ताब नेपाली महिलाहरुले भोग्नु परेको उनिहरु आफै बताउछन् यो कस्तो विडम्बना आफना देशका चेलिबेटीहरुको सुरक्षा र संरक्षण गर्ने दायित्व बाट पन्क्षिएर यौनको आखाले हेर्ने हाम्रा दृष्टिकोणले गर्दा पनि नेपाली महिलाहरु कोरियामा असुरक्षित छ,अपठारोमा छन,असहजतामा छन ,अनावश्यक फोन गर्ने,मेसेज गर्ने भेट्न बोलाउने,लगायत पुरुषका व्यबहारले नेपाली महिलाहरु दक्षिण कोरियामा निराश छन -कुरा यति मात्र होइन काम गर्ने कार्यस्थलमा पनि नेपालिले नेपाली चेलि लाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारहरु राम्रा छैनन साथै  साहु र कम्पनीका अन्य प्रतिनिधि बाट नेपालि महिलाहरु श्रम शोषणका साथसाथै यौन  प्रस्ताव बाट मानसिक रुपमा विक्षिप्त छन !!

त्यसैले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहहदा दक्षिण कोरियामा रहेका नेपाली महिला श्रमिकको अव्यवस्थाको बारेमा पनि एकचरण पुनर्विचार हुन आवश्यक छ-उनिहरुले भोगिरहेका समस्याको बारेमा पनि सार्वजनिक बहस र त्यसको निरुपणको आवश्यक छ त्यसका लागि कोरिया स्थिति नेपाली राजदुतावास अप्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका विभिन्न संघ संस्थाहरूले यस्ता कुरामा पहलकदमि लिन आवश्यक छ -अन्याय,अत्याचार शोषण,दमन र असान्दर्भिक व्यवहारहरुलाई महिलाहरुले आ-आफनो ठाउँ बाट खबरदारी गर्न पनि आवश्यक छ !!विदेशको ठाउँ केहि समस्या र अल्झन त पक्कै हुन्छ तर हदै सम्म को हुनुहुदैन र त्यो सहन हुदैन भन्ने हो -देश बलियो-कानुन बलियो भएर मात्र सबै कुरा चेक एण्ड ब्यालेन्समा नहुने रहेछन मान्छेका दृस्ठिकोण र सोचाइ राम्रा नभएपछि र गलत प्रवृत्ति लाई सार्वजनिककरण नगरिएपछि !!

अरुको देशको कानुन र त्यस बाट सृजित हुन सक्ने जोखिमको जिम्मा लिन नसक्ने डरका कारण पनि नेपाली महिलाहरु आफुमाथि भएका अन्याय दबाउन विवस छन !!
साथै हामी हाम्रा परम्परागत सोचाइ शैले पनि बद्लौ विदेशमा नारिलाई यौन र प्रेमको दृष्टिकोणले मात्र होईन भाइचारा र दिदिबहिनीको नजरले पनि हेरौ नेपाली नारीको भक्षक मात्र होइन रक्षक बनौ !!

र अन्त्यमा ११४ औअन्तर्राष्ट्रिय नारी दिवसको देश तथा विदेशमा हुने नेपाली नारीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×