Advertisement
Advertisement

Breaking News

यहि आइतबार हुने नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनको तयारी पूरा 

यहि आइतबार हुने नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनको तयारी पूरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
यही आइतबार जुलाई २० तारिखका दिन सउलमा हुने नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।  दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल मगर संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्न लागेको हो। सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन,...
कोरियामा रहेका नेपालीहरूका लागि Fonemoneyको नयाँ योजना – “हरेक हप्ता नगद वर्षा” सुरु

कोरियामा रहेका नेपालीहरूका लागि Fonemoneyको नयाँ योजना – “हरेक हप्ता नगद वर्षा” सुरु

Breaking News, जानकारी, भर्खरै, समाचार
सौल, दक्षिण कोरिया – १५ जुलाई २०२५: कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूका लागि समर्पित डिजिटल रेमिटेन्स सेवा Fonemoneyले नयाँ योजना “हरेक हप्ता नगद वर्षा” सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक हप्ता १ लाख नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। १४ जुलाई देखि १३ अगस्ट २०२५ सम्म सञ्चालन हुने यस एक महिने योजनामा, हरेक हप्ता दुईजना भाग्यशाली प्रयोगकर्ताहरूले १-१ लाख कोरियन वोन (झण्डै १०,००० नेपाली रुपैयाँ) जित्नेछन्। योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले कोरियाबाट नेपाल पैसा पठाउनुपर्छ, त्यो पनि Fonemoney App मार्फत। पैसा सिधै बैंक खातामा, क्यास पिकअपहरूमा वा इसेवा वालेटमा पठाउन सकिन्छ, जसले सबैलाई सजिलो र पहुँचयुक्त सेवा प्रदान गर्दछ। प्रत्येक हप्ता मंगलवार बेलुकी ७ बजे (कोरियन समयअनुसार) Fonemoneyको Facebook र TikTok Live मा विजेताहरूको घोषणा गरिनेछ। न्यूनतम ५०,०...
जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा यही आउँदो जुलाई २० आईतवारका दिन नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए दक्षिण कोरियाको सह–आयोजनामा हेवा स्टेशन नजिकै रहेको मारोनिए पार्कमा “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजना र नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजहरूले विशेष सहकार्य र सहजीकरणमा हुने यस विशेष कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सह...
घण्टीघरमा पुगेर सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

घण्टीघरमा पुगेर सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

Breaking News, जानकारी, भर्खरै, समाचार
जनमत पार्टीका अध्यक्ष सीके राउतले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएका हुन् । हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनमत पार्टी पनि न्यायका लागि लडिरहेको पार्टी भएकाले न्यायकै लागि आवाज उठाउन एआको बताए । उनले भने, ‘हामी त न्यायका लागि लडिरहेको पार्टी नै हो । संगठन हौँ । त्यसैले रास्वपाको अभियानमा साथ सहयोग छ । राजनीतिक मान्यता फरक भए आफ्नो ठाउँमा छ । तर अन्यायको कुरामा आवाज उठाउछौँ ।’ उनले थपे, ‘कसैमाथि राज्यले राजनीतिक प्रतिशोध साध्नु हुदैँन भन्ने जनताले दिएको अभिव्यक्ति हो । जुन ठाउँमा लोकतन्त्र परिस्कृत भइसकेको हुन्छ । जुन ठाउँमा शक्ति पृथकीकरण राम्रो भइसकेको हुन्छ । त्यहाँ चाहिँ हामीले अदालतलाई दोष लगाउन मिल्दैन् । जनताको आस्था ठुलो हुन्छ अदालतमाथि र न्यायलयमा...
कोरियामा दुई सन्तानसहित दम्पती  कारमा मृत फेला

कोरियामा दुई सन्तानसहित दम्पती कारमा मृत फेला

Breaking News, जानकारी, भर्खरै, समाचार
वन नजिकै २०२५ जुलाई १४ मा दक्षिण कोरियाको ग्यङ्गीदो प्रान्त, ह्वासोङ डोङ्तानस्थित एक अपार्टमेन्टको भूमिगत पार्किङमा ४० वर्षे एक दम्पती र दुई सन्तानसहित चार जना पार्किङ कारमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनास्थलमा फेला परेको पत्रका आधारमा आत्महत्याको आशंका गरेको छ। मृत्युको ठ्याक्कै कारण पत्ता लगाउन हाल अनुसन्धान जारी रहेको जनाइएको छ।...
न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा तगेन राइ

न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा तगेन राइ

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज : दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन ‌किम्हेमा सम्पन्न भएको छ भने अधिवेशनबाट तगेन राइको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।  ‌“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन किम्हे‌ स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा भएको चौथो अधिवेशन वाट तगेन राई अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो। न्यू भिजन ग्रुप दक्षिण कोरियाका अध्यक्ष जीवन शर्मा को सभापतित्वमा आयोजित कार्यक्रमको सन्चालन रमेश श्रेष्ठले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ( NRNA ) दक्षिण कोरिया का अध्यक्ष बुद्धि गुरुङ उपस्थित रहेका थिए । किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न चौथो अधिवेशन वाट चौथो कार्यसमित...
रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत 

रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत 

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सुवनमा आठौं अधिवेशन सम्पन्न भइ अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत चयन भएको छ।  “प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको आठौं अधिवेशन – २०२५ बाट दिनेश पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजय गुरुङ उपाध्यक्षमा ज्ञान सागर भण्डारी,नबीन खरेल,केहर थापा,महिला उपाध्यक्षमा ईच्छा भण्डारी महासचिवमा संघर्ष लम्साल यसैगरी कोषाध्यक्षमा नवीन सह-कोषाध्यक्षमा पृथ्वी अधिकारी ,युवा तथा खेलकुद संयोजकमा कृष्ण प्रसाद न्यौपाने ,विद्यार्थी संयोजकमा सुदन ज्ञवाली र सदस्यहरूमा दीपक गैरे,नारायण गिरी,अम्मर दर...
अगस्ट २ मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्दै 

अगस्ट २ मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्दै 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गर्मीको अवसर पारी दक्षिण कोरियामा सक्रिय इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL ले सउलमा समर रक पार्टी आयोजना गर्नेभएको छ। दक्षिण कोरियामा रहेका विभिन्न सक्रिय ३ लाइभ ब्यान्डहरूको साथमा अगस्ट २ तारिख शनिबार राति १० बजेबाट सउलको होङ्दे स्थित यति रेस्टुरेन्ट (YETI RESTAURANT AND BAR) {NEAR HONGDAE} मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्ने भएको। एउटा फ्रि ड्रिङ्क्स सहित प्रवेश शुल्क २५००० कोरियन वन तोकिएको समर रक पार्टीमा डिजे आरएक्सको डिजे म्युजिकको साथमा फुल्याङ ब्याण्ड, नया दृश्य ब्याण्ड र दि रिभर्स ब्यान्डको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।  यो गर्मीमा डिजे म्युजिक र लाइभ ब्यान्डको साथमा झुम्नको लागि अगस्ट २ तारिख शनिबारका दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म 서울 마포구 와우산로 18길 20 홍대예티 1 층 अवस्थित YETI RESTAURANT AND BAR आउनुहुनको लागि आयोजकले दक्षिण कोरियाबासी सम्पूर...
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ पुनः उम्मेदवारी घोषणा गर्ने संभावना प्रबल 

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ पुनः उम्मेदवारी घोषणा गर्ने संभावना प्रबल 

Breaking News, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बन्दै गएको छ। हालसम्म सार्वजनिक भएका उम्मेदवारी घोषणाले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। संघका वर्तमान अध्यक्ष बुद्धि गुरुङ पुनः अध्यक्ष पदमा दोहोरिने सम्भावना प्रबल देखिएको छ। यद्यपि उनले औपचारिक घोषणा नगरे पनि विभिन्न तहमा भएको छलफल र समूहगत समर्थनले उनको पुनरागमनलाई बलियो संकेत दिएको छ। अध्यक्ष पदका लागि हालसम्म वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान र उपाध्यक्ष हरि भट्टराईले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। दुवै उम्मेदवार अनुभवी, सक्रिय र संस्थासँग लामो समयदेखि आबद्ध व्यक्तित्व मानिन्छन्। यसैबीच, वरिष्ठ उपाध्यक्ष पदमा तारा पुन मगर, उपाध्यक्ष पदमा विकास बोहरा र मंगल योङहाङ साथै महासचिव पदमा सोनाम शेर्पाले पनि उम्मेदवारी घोषणा गर...
कोरियाको बढ्यो निर्यात, १० दिनमै १९४ अर्ब डलरको सामान बिक्री 

कोरियाको बढ्यो निर्यात, १० दिनमै १९४ अर्ब डलरको सामान बिक्री 

Breaking News, जानकारी, भर्खरै, समाचार
जुलाई १ देखि १० तारिखसम्म कोरियाको निर्यात ९.५ प्रतिशतले वृद्धि भएर १९४ अर्ब डलर पुगेको छ। सेमिकण्डक्टर, कार र पानी जहाजजस्ता मुख्य वस्तुहरूको निर्यात राम्रो भएकोले यो वृद्धि सम्भव भएको हो।  सेमिकण्डक्टर निर्यात १२.८%, कार १३.३% र पानीजहाज १३४.९% ले बढेका छन्। विशेष गरी सेमिकण्डक्टरको माग र मूल्य दुवै बढेका छन् भने कार निर्यात अमेरिकामा घटे पनि युरोपमा विद्युतीय कारको बिक्रीले वृद्धि भएको छ। चीन, अमेरिका, युरोपेली संघ (EU) र भियतनामतर्फको निर्यात बढेको छ भने हङकङतर्फको निर्यातमा ठूलो गिरावट आएको छ। यता, आयात पनि १.८ प्रतिशतले बढेर २०० अर्ब डलर पुगेको छ।  कच्चा तेल, मेसिन र ग्यासको आयात बढेको छ तर सेमिकण्डक्टर र पेट्रोलियम उत्पादनको आयात घटेको छ। यस अवधिमा निर्यातभन्दा आयात बढी भएकाले कोरियाले ६ अर्ब डलरको व्यापार घाटा व्यहोरेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...