Advertisement
Advertisement

Breaking news 2

गुल्मी सम्पर्क समिति कोरियाको नवौं अधिबेशन‌ छुसकमा 

गुल्मी सम्पर्क समिति कोरियाको नवौं अधिबेशन‌ छुसकमा 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन‌ छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ । "प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिक सोमबारका दिन दोङ्देमुन ३ नम्बर गेट अगाडि रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा साझ ५ बजे आफ्नो नवौं अधिबेशन‌ गर्ने भएको हो ।     गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण गुल्मेलीहरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। स्थायि बासस्थान गुल्मी जिल्ला भई...
तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।  पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा‌ बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
सेप्टेम्बर १६ मा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” 

सेप्टेम्बर १६ मा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिखका दिन दोङ्देमुन स्थित दर्शन नमस्ते‌ स्नुकर हलमा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” आयोजना हुने भएको छ।   नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरिया , दर्शन नमस्ते इन्डियन एन नेपाली फुड रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ७ लाख ५० हजार कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने हाइ स्कोर गर्ने खेलाडीलाई MASTER Q-STICK प्रदान गरिनेछ। स्नुकर प्रतियोगिताको पहिलो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको स्नुकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने अध्यक्ष विपिन कुमार गुरुङले विशाल आवाजलाई बताउनुभयो । सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १६ तारिखका दिन बिहान ११ बजेदेखि शुरु हुने आ...
स्याङ्जा परिवार दक्षिण कोरियाको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ मा हुने

स्याङ्जा परिवार दक्षिण कोरियाको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बोम्जन गुरुङ :केही वर्ष अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ तारिक (छुसकको दोश्रो दिन) मा हुने भएकाे छ । संस्थाले आधिकारिक रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल स्थित (서울시 종로구 숭인동 316-2 금강빌딩 2F) नमस्ते रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन हुने भएकाे हो । सन् १९९७ मा स्थापना भएको "स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक य...
सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ । via:ekantipur...
सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।...
‘स्टन्ट’ बन्द गर्न रवि लामिछानेलाई विनोद चौधरीको आग्रह

‘स्टन्ट’ बन्द गर्न रवि लामिछानेलाई विनोद चौधरीको आग्रह

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले रास्वपाका सभापति तथा पूर्व गहमन्त्री रवि लामिछानेलाई राजनीतिक ‘स्टन्ट’ बन्द गर्न आग्रह गरेका छन् । चौधरीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेलाई यस्तो आग्रह गरेका हुन् । लामिछानेले आइतबार संसद्मा सम्बोधन गर्दै अनुसन्धानमा रहेका व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै चौधरीको आलोचना गरेका थिए । ‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । चौधरीले यस्तो लेखेका छन्- प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएका छन् । जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र वर्तमान ...
३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल, २३६४.६३ विन्दुमा पुग्दा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल, २३६४.६३ विन्दुमा पुग्दा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
साताको चौथो कारोबार दिन बुधबार पनि बजार उच्च अंकले बढेको छ । यो दिन बजार ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा आइपुगेको छ ।  यो दिन ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ९ अर्बभन्दा माथि कारोबार भएको थियो । यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। यसपछि यो दिन नै १२ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।यो दिन ३०६ वटा कारोबार भएका कम्पनीहरुमध्ये २०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । यो दिन सर्वाधिक कारोबार हुने कम...
ओली सरकारमा ४ दल सहभागी, यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद

ओली सरकारमा ४ दल सहभागी, यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् । मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । यस्तो छ ओली क्याबिनेट प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री रमेश लेखक: गृहमन्त्री शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा डा. आरजु देउवा : परराष्ट्रमन्त्री प्रदीप यादव: खानेपानीमन्त्री बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री दामोदर भण्डारीः उद्योग मन्त्री नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री देवेन्द्र दाहालः भौतिक पूर्वाधा...
नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम यही आउँदो अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा हुने भएको छ।  “सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क रामकुमार गोतामेको IBK BANK मा रहेको खाता नम्बर 22143448402015 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। कोरियामा र...