मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेका काममा पश्चाताप हुनेछ। शत्रु बढ्ने दिन छ। परिवारमा विश्वास गुम्न ...
१२ आश्विन २०८२, आईतवार १२:५४१२ आश्विन २०८२, आईतवार १२:५४१२ आश्विन २०८२, आईतवार १२:५४ by विशाल श्रेष्ठNo Comments
कोरियामा रहेका नेपालीहरूको हकहित, एकता र सामाजिक सेवामा सक्रिय खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन आज (सेप्टेम्बर २८, आइतबार) सिओलमा सम्पन्न भएको छ।
सिओलस्थित 종로구 창신길 ५१, ५औं तल्ला (MG 새마을금고 हल) मा भएको अधिवेशनमा कोरियामा सक्रिय विभिन्न संघ–संस्था, राजनैतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा श्री टियस राई को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ :
• अध्यक्ष – टियस राई
• बरिष्ठ उपाध्यक्ष – हरि कुमार खड्का
• उपाध्यक्षहरू – फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा, काशी निरौला
• महासचिव – कला राई
• सचिव – सुरज लिम्बु
• कोषाध्यक्ष – अनिला राई
सदस्यहरू :
मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई, रोशन राई।
सन् १९९६ ...
१२ आश्विन २०८२, आईतवार १०:१११२ आश्विन २०८२, आईतवार १०:१११२ आश्विन २०८२, आईतवार १०:११ by एलिनाNo Comments
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने नारासहित ढोरपाटन समाज दक्षिण कोरिया को स्थापना तथा भेटघाट कार्यक्रम आउँदो अक्टोबर ६, २०२५ मा हुने भएको छ।
सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभा हलमा हुने उक्त कार्यक्रममा बिहान ९ बजेबाट सुरु हुने जानकारी आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सम्बन्ध विस्तार, एकताको भावना बलियो बनाउनका साथै ढोरपाटन क्षेत्रको पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
आयोजकहरूका अनुसार, समाजको स्थापनासँगै दक्षिण कोरियामा रहेका ढोरपाटनबासी नेपालीलाई एक साझा मञ्चमा जोड्ने काम हुनेछ। साथै, भविष्यमा आपत्कालीन सहयोग, सामाजिक एकता र नेपाली संस्कृतिको संरक्षण प्रवर्द्धन गर्ने गतिविधि सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपा...
१२ आश्विन २०८२, आईतवार ०४:०८१२ आश्विन २०८२, आईतवार ०४:०८१२ आश्विन २०८२, आईतवार ०४:०८ by विशाल श्रेष्ठNo Comments
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम
दक्षिण कोरियामा कार्यरत नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर आएको छ। उद्यमशील युवा मञ्च, दक्षिण कोरियाले आउँदो छुसक पर्व को अवसरमा “युवा उद्यमशीलता र सेयर बजार तालिम २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम Soaltee Telecom को प्रमुख प्रायोजनमा हुनेछ।
यस विशेष तालिमका गेस्ट लेक्चररका रूपमा शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउने भएका छन्। नेपालमा वित्तीय साक्षरता र पूँजी बजार विषयलाई युवामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कोइराला हाल नेपालका विभिन्न विश्वविद्यालय, व्यवसायिक प्रतिष्ठान र प्रशिक्षण संस्थानमा निरन्तर सिकाइ र सल्लाह दिइरहेका छन्। उनी सेयर बजारका विश्लेषण, लगानी रणनीति र वित्तीय योजना निर्माणमा परिचित नाम मानिन्छ।
तालिम हुने मिति र स्थानहरू
• सिओल : ६ अक्टोबर २०...
१२ आश्विन २०८२, आईतवार ०३:४२१२ आश्विन २०८२, आईतवार ०३:४२१२ आश्विन २०८२, आईतवार ०३:४२ by विशाल श्रेष्ठNo Comments
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन भइरहेको “Harka Sampang A Revolution” अभियान अब कोरियामा पनि विस्तार हुने भएको छ। यही अक्टोबर ६, २०२५ मा दक्षिण कोरियाको राजधानी सिओलमा विशेष संगठन निर्माण कार्यक्रम हुने जानकारी प्राप्त भएको छ।
“चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नारासहित अघि बढाइएको यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई समेत सहभागी गराउँदै आफ्नो संरचना बलियो बनाउने तयारी गरेको हो।
आयोजक समितिका अनुसार कार्यक्रम दिउँसो १२ बजे, पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भएर ‘हर्कवाद’ लाई समर्थन गर्ने सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।
हर्क साम्पाङले सुरु गरेको अभियानले “विकासको आधार : प्रकृति, संस्कृति र प्रविधि” भन्ने मूल मन्त्रलाई अघि सारेको छ। यसै अवधारणालाई प्रवासी नेपाली समुदायमा पनि परिचित गराउने ...
१२ आश्विन २०८२, आईतवार ००:५९१२ आश्विन २०८२, आईतवार ००:५९१२ आश्विन २०८२, आईतवार ००:५९ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज केही कामहरूमा ढिलो हुन सक्छ। धैर्य राख्नुपर्छ र कुनै पनि निर्णय तत्काल लिनुअघि पूरै सोच-विचार गर्नु राम्रो हुनेछ। साथी वा परिवारसँगको सम्बन्ध सुधार्ने अवसर आउन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यवहार र शब्दहरूमा सजग रहनुपर्ने दिन हो। अनावश्यक विवाद बन्न नदिनुहोस्। आर्थिक मामलामा सन्तुलन बनाउनुपर्छ — खर्च बढ्न सक्छ, तर अरूले सहयोग गर्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन सृजनात्मकता र नयाँ सोचका लागि अनुकूल देखिन्छ। यदि कुनै प्रस्तुति, कला, लेखन वा विचारको काम छ भने त्यसमा विस्तार गर्न सकिन्छ। समय व्यवस्थापन राम्रो गर्ने हो भने धेरै काम पूरा हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग वा साथीभाइसँग समय बिताउन राम्रो मौका छ। मानसिक रुपमा शान्ति चाहिनेछ। स्वास्थ्यप्रति ध्...
११ आश्विन २०८२, शनिबार ०३:५४११ आश्विन २०८२, शनिबार ०३:५४११ आश्विन २०८२, शनिबार ०३:५४ by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सव “रजत जयन्ती”को अवसरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
संस्थाले चुम्लुङ शाखा, लिम्बू थरगत संस्था/सयङ तथा याक्थुङ लेखक र साहित्यकारहरूसँग संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रम आगामी अक्टोबर ४ (शनिबार) का दिन हुनेछ।
कार्यक्रम राजधानी सोलको दोङ्देमुनस्थित नेपाली–थाई सभाहलमा बेलुकी ७:०० बजे सुरु हुने जनाइएको छ।
यस अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा संवादात्मक प्रस्तुतिहरू रहने बताइएको छ। संस्थाले समुदायका अग्रज, साहित्यकार तथा लेखकहरूसँगको अन्तरक्रियालाई रजत जयन्तीको मुख्य आकर्षण बनाएको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक आग्रह गरेको छ।...
११ आश्विन २०८२, शनिबार ०१:५३११ आश्विन २०८२, शनिबार ०१:५३११ आश्विन २०८२, शनिबार ०१:५३ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिनका लागि आत्मविश्वास बढ्नेछ। काम-कारोबारमा नयाँ अवसर आउन सक्छ। साथी वा परिवारसँगको सम्बन्ध बलियो बनाउन समय मिल्नेछ। तर खर्च बढ्ने संकेत छ — अविचारित खर्चबाट बच्ने हो भने राम्रो हुन्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज मानसिक शान्ति चाहिने दिन रहला। कुनै निर्णय लिनुअघि राम्ररी सोच-विचार गर्नुपर्छ। स्वास्थ्यमा सर्तकता आवश्यक छ, आराम लिनुहोस्। आर्थिक पक्षमा थोरै चुनौती आउन सक्छ, तर सल्लाह राम्रो लिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन सामाजिक गतिविधिहरू राम्रो हुनेछन्। नयाँ मान्छे भेट्ने मौका मिल्नेछ। काममा पारदर्शिता र संयमिता आवश्यक छ। सोच-विचार नगरि बोल्ने हो भने विवाद हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परिवार र घरपरिवारबाट राम्रो समर्थन मिल्नेछ। समय शुभ छ, योजना बनाएको काम...
१० आश्विन २०८२, शुक्रबार ११:४११० आश्विन २०८२, शुक्रबार ११:४११० आश्विन २०८२, शुक्रबार ११:४१ by विशाल श्रेष्ठNo Comments
कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी हानपास (Hanpass) ले यस वर्षको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
“HANPASS को बहार, चाडपर्वमा उपहार नै उपहार !” भन्ने नारासहित सुरु भएको यो अभियान अन्तर्गत कोरियाबाट नेपाल पैसा पठाउने सबै ग्राहकले भाग्यशाली उपहार जित्ने अवसर पाउनेछन्।
कम्पनीले उपलब्ध गराउने उपहारहरूमा छन्:
• पहिलो पुरस्कार: iPhone 17 Pro Max
• दोस्रो पुरस्कार: वासिङ मेसिन
• तेस्रो पुरस्कार: स्मार्ट टिभी
• चौथो पुरस्कार: फ्रिज
• पाँच जना भाग्यशाली विजेताका लागि: स्मार्ट वाच
HANPASS ले यस अभियानको उद्देश्यबारे भन्दै भन्यो – “आफ्न्तलाई माया पनि, उपहार पनि। कोरियाको कमाई हानपासमार्फत नेपाल पठाएर दशैं–तिहार र छठ रमाइलो बनाऔं। किनकि हानपासबाट हात खालि नजाने उपहार योजना नै योजना छ।”
यो विशेष योजना सेप्टेम्बर २९ (फुलपातिको दिन)...
१० आश्विन २०८२, शुक्रबार ०८:५६१० आश्विन २०८२, शुक्रबार ०८:५६१० आश्विन २०८२, शुक्रबार ०८:५६ by विशाल श्रेष्ठNo Comments
सेवाग्राहीहरूबाट दूतावास खुला–बन्दबारे धेरै फोन कल र सन्देश प्राप्त भइरहेको भन्दै सिओलस्थित नेपाली दूतावासले २०८२ सालका लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। दूतावासले आपतकालीन अवस्थाबाहेक तल उल्लेखित दिनबाहेक अन्य दिनमा दूतावास नियमित रूपमा खुला रहने जानकारी गराएको छ।
सूचीअनुसार २०२५ अप्रिल १४ (बैशाख १ गते) का दिन नेपाली नयाँ वर्षका अवसरमा दूतावास बन्द हुनेछ। यसैगरी जुन ३ मा हुने दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचन, जुन ६ मा कोरियाको स्मृति दिवस, अगष्ट १५ मा राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा पनि दूतावास बन्द रहनेछ।
नेपालको संविधान दिवस (सेप्टेम्बर १९), घटस्थापना (सेप्टेम्बर २२), दशैं बिदा (सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म), कोरियाको चुसोक (अक्टोबर ६ र ७), तिहार (अक्टोबर २१ देखि २३) का दिन पनि दूतावासले सेवा प्रदान गर्ने छैन। त्यसैगरी डिसेम्बर २५ मा क्रिसमस, २०२६...