अगस्ट २ तारिख बुसानमा “समर नाइट डान्स पार्टी” हुदै
विशाल आवाज: दक्षिण कोरियाको बुसानमा गर्मी को अवसर पारी अगस्ट २ तारिख ख्याङनाम गाइजको आयोजनामा समर नाइट डान्स पार्टी आयोजना हुने भएको छ।
दक्षिण कोरियाको गर्मी बिदा भन्नासाथ सबैभन्दा पहिले आउने नाम हो बुसान। गर्मी बिदा हुनासाथ दक्षिण कोरियामा रहेका नेपालीहरूको गन्तव्य स्थान विशेषगरी बुसानलाई टार्गेट गरिरहेका हुन्छन् सोही अवसरलाई मध्यनजर गर्दै ख्याङनाम गाइजले अगस्ट २ तारिख शनिबार पृथक खालको समर डान्स पार्टी आयोजना गर्नेभएको छ। कोरियामा रहेको नेपाली चर्चित र्यापर दोर्जे जोजो, र्यापर GEN-Z को साथमा DJ SBD को धमाकेदार प्रस्तुतिको रहने कार्यक्रमको प्रवेश शुल्क २० हजार कोरियनन तोकिएको छ। कोरियामा रहेको टाइसन राजु इन्चार्ज रहेको नेपाली सेक्युरिटी ग्रुप सेभेन स्टार बाउन्सर ग्रुपले सुरक्षाको जिम्मा लिएको समर नाइट डान्स पार्टी शनिबार राति ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने कार्यक्...







