आजको राशिफल : २०८० कार्तिक ३० गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मनमा निराशा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । नियमित खर्चसमेत बढ्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पनि क्षय होलान् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अतिथिको रूपमा सत्कार पाइन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)जोशजाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउना...



