नेपालमा हिजो भएको Gen Z आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि ठूलो जनहानि भएको छ। नेपाल सरकार प्रहरीसँगको भिडन्तमा करिब १९–२० जनाले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भई काठमाडौं उपत्यकासहितका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलन नियन्त्रण बाहिर गएपछि सरकारले उपत्यकामा कर्फ्यु लगाएको थियो, तर आक्रोशित युवाहरू सडकमा निरन्तर विरोधमा उत्रिएका थिए।
नेपालमा बढ्दो भ्रष्टाचार ,सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र सरकारले गरेको राजनीतिक कदमविरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन छोटो समयमा नै व्यापक भएको हो। आन्दोलनकै क्रममा भएको मृत्यु र घाइतेहरूको पीडाले देशै स्तब्ध बनेको छ।
यस्तै अवस्थामा विदेशमा रहेका नेपालीहरू पनि मौन बसेका छैनन्। दक्षिण कोरियामा रहेका नेपालीहरूले आकस्मिक उपचारमा कमी नहोस् भन्ने उद्देश्यले ठूलो सहयोग अभियान सुरु गरेका छन्। MRR Korea समूहको नेतृत्वमा सुरु भएको यो अ...
२४ भाद्र २०८२, मंगलवार ०१:४३२४ भाद्र २०८२, मंगलवार ०१:४३२४ भाद्र २०८२, मंगलवार ०१:४३ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ।
कन्या (पा, पि, प...
२३ भाद्र २०८२, सोमबार ०१:५७२३ भाद्र २०८२, सोमबार ०१:५७२३ भाद्र २०८२, सोमबार ०१:५७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर पाइनेछ। स...
२२ भाद्र २०८२, आईतवार ११:३८२२ भाद्र २०८२, आईतवार ११:३८२२ भाद्र २०८२, आईतवार ११:३८ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
दक्षिण कोरियामा रहेका राप्तीवासीहरूको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।
“हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको यस संस्थाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचाराको सम्बन्ध अभिवृद्धि गर्दै आएको छ।
२०२३-२०२५ कार्यकाल सफलतापूर्वक पूरा गरेका तत्कालीन अध्यक्ष अमृत के.सी. तथा सम्पूर्ण कार्यसमितिलाई कार्यक्रममा धन्यवादसहित बधाई दिइएको थियो। यसै अवसरमा सम्पन्न निर्वाचनबाट २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्...
२२ भाद्र २०८२, आईतवार ०९:३३२२ भाद्र २०८२, आईतवार ०९:३३२२ भाद्र २०८२, आईतवार ०९:३३ by विशाल श्रेष्ठNo Comments
जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।
माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ।
विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ।
यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।
प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।
ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन...
२१ भाद्र २०८२, शनिबार ०२:११२१ भाद्र २०८२, शनिबार ०२:११२१ भाद्र २०८२, शनिबार ०२:११ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक...
२० भाद्र २०८२, शुक्रबार १३:१५२० भाद्र २०८२, शुक्रबार १३:१५२० भाद्र २०८२, शुक्रबार १३:१५ by विशाल श्रेष्ठNo Comments
कोरियाबाट गणेश तामाङ योञ्जनको दोस्रो प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक भएको छ। यो गीत Click Nepal YT मार्फत रिलिज गरिएको छ।
गीतमा नेपाली संगीत क्षेत्रकी सर्वाधिक लोकप्रिय गायिका सुमिना लो र गायक आस्मान लोप्चनले आफ्नो सुमधुर स्वर दिएका छन्। संगीत तथा एरेन्जको जिम्मा विश्व दोङले सम्हालेका हुन् भने मिक्सिङ दीपेश प्रधानले गरेका छन्। रेकर्डिङ र निर्माण कार्य दोङ स्टुडियोमा सम्पन्न भएको हो।
यो गीतले तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। ‘चरी त बस्यो डालीमा’ प्रेम, उमंग र मौलिकतालाई समेटिएको सेलो भाकामा प्रस्तुत गरिएको छ र दर्शक–श्रोतामाझ विशेष प्रिय हुने अपेक्षा गरिएको छ।
पूरा गीत यहाँ सुन्न सकिन्छ: चरी त बस्यो डालीमा
https://youtu.be/GLHKFDmvXLc?si=nY9AjkfSmz1dQm09...
२० भाद्र २०८२, शुक्रबार १२:४७२० भाद्र २०८२, शुक्रबार १२:४७२० भाद्र २०८२, शुक्रबार १२:४७ by एलिनाNo Comments
बिशाल आवाज | कोरिया—दक्षिण कोरियामा अबैधानिक (미등록) अवस्थामा रहेका श्रमिकहरूको तलब र बोनस सुरक्षित गर्ने महत्वपूर्ण निर्णय भएको छ। अबदेखि अबैधानिक श्रमिकहरूले तलब (बक्यौता) वा बोनस (퇴직금) सम्बन्धी उजुरी गर्दा तुरुन्तै पक्राउ गरी स्वदेश पठाइने कार्य बन्द गरिएको छ।
कोरियाको न्याय मन्त्रालयले श्रम मन्त्रालयसँगको समझदारी स्वीकृत गरेपछि यस्तो व्यवस्था लागू भएको हो। यसअघि धेरै श्रमिकहरूले आफ्नो तलब वा बोनस माग्दा उल्टै मालिकहरूले प्रहरीलाई खबर गरी उनीहरूलाई जबर्जस्ती स्वदेश पठाइने अवस्था सिर्जना हुन्थ्यो। यस कारण धेरै श्रमिकहरू अन्यायमा परिरहेका थिए।
श्रमिक अधिकारका लागि लामो समयदेखि विभिन्न संघसंस्था र वकिलहरूको पहलमा निरन्तर दबाब दिइँदै आएको थियो। निरन्तर संघर्षपछि सरकारले यस विषयलाई कानुनी रूपमा सच्याउने प्रक्रिया अघि बढाएको हो। हालसम्म प्राप्त उपलब्धिलाई श्रमिक संगठनहरूले करिब ९० प्रतिशत...
२० भाद्र २०८२, शुक्रबार १०:५९२० भाद्र २०८२, शुक्रबार १०:५९२० भाद्र २०८२, शुक्रबार १०:५९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : अमेरिकाको जर्जिया राज्यस्थित Hyundai–LG EV ब्याट्री निर्माण साइट मा अमेरिकी इमिग्रेशन एजेन्सीले ठूलो छापा मार्दा करिब ४५० जना अवैध श्रमिक पक्राउ परेका छन्। तीमध्ये ३० भन्दा बढी दक्षिण कोरियाली नागरिकहरू समेत रहेका जनाइएको छ।
अधिकारीहरूका अनुसार, ती कोरियन नागरिकहरूले B-1 भिसा वा ESTA प्रयोग गरी अमेरिकामा प्रवेश गरेका थिए तर वास्तविकतामा निर्माण क्षेत्रमा अवैध रूपमा काम गर्दै आएका थिए।
छापा मार्ने क्रममा ICE, FBI, HSI र ATF समेतका निकायहरूको संयुक्त टोली खटिएको थियो। यस घटनापछि उक्त कारखानाको निर्माण कार्य आंशिक रूपमा रोकिएको छ।
दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले अमेरिकासँग तत्काल कूटनीतिक पहल गरेको छ। मन्त्रालयले आफ्ना नागरिकको सुरक्षा र अधिकारको रक्षा गर्न आग्रह गर्दै, कोरियाली लगानीमा बनेको यो बहु-अर्ब डलरको परियोजना प्रभावित नहोस् भन्ने सुनिश्चितता खोजिरहेको छ।
...
२० भाद्र २०८२, शुक्रबार ०९:३१२० भाद्र २०८२, शुक्रबार ०९:३१२० भाद्र २०८२, शुक्रबार ०९:३१ by एलिनाNo Comments
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका हकहित र अधिकार सम्बन्धी समस्यामा नेपाल राजदूतावास, सिओलले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।
दूतावासले नेपाली श्रमिकहरूले काम गर्ने कम्पनी वा स्थानमा हुने श्रम शोषण, आर्थिक शोषण, ठेक्का (Contract) विपरीतको व्यवहार, तलब बक्यौता (wage arrears) लगायतका गुनासा भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ।
विशेषगरी, श्रमिकहरूले मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटना वा अन्य समस्या भोग्दै आएका छन् भने, सम्बन्धित कम्पनीको नाम, कामको प्रकार, समस्या विवरणसहित जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामा पठाउन भनिएको छ।
श्रमिकहरूले आफूले भोगिरहेको समस्या आगामी आइतबार, ७ सेप्टेम्बर २०२५ भित्रै
eonseoul@mofa.gov.np वा labourkorea@mofa.gov.np मा इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ।
नेपाल राजदूतावासले सबै नेपाली श्रमिकलाई आफ्...