Advertisement
Advertisement

जानकारी

आर्थिक मन्दीका कारण कोरियामा E-9 विदेशी कामदारको आगमन घट्दो

आर्थिक मन्दीका कारण कोरियामा E-9 विदेशी कामदारको आगमन घट्दो

जानकारी, समाचार
सरकारी तथ्याङ्कले देखाएअनुसार गत वर्षको सोही अवधिको तुलनामा E-9 कार्य भिसा अन्तर्गत कोरिया प्रवेश गर्ने विदेशी नागरिकको संख्या २० प्रतिशतभन्दा बढीले घटेको छ, जुन व्यापक आर्थिक मन्दीको संकेत हो। रोजगार तथा श्रम मन्त्रालयका अनुसार, जुन १० सम्म, रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कुल २८,५२० विदेशी कामदार देशमा प्रवेश गरेका थिए। यो संख्या २०२४ को सोही अवधिमा ३६,०४८ बाट २०.९ प्रतिशतले कमी आएको छ। E-9 भिसा कार्यक्रमले वार्षिक रूपमा निश्चित संख्यामा कार्य अनुमति जारी गर्दछ। अहिलेसम्म, यस वर्षको १३०,००० को कुल कोटाको २१.९ प्रतिशत मात्र आइपुगेको छ, र ९८,००० को क्षेत्र-विशिष्ट कोटाको २९.१ प्रतिशत भरिएको छ। परम्परागत रूपमा E-9 कामदारहरूको सबैभन्दा ठूलो हिस्सा ओगट्ने उत्पादन क्षेत्रमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। भिसा श्रेणी अन्तर्गत केवल २१,४४३ विदेशी कामदारहरू मात्र प्रवेश गरे, जुन एक वर...
दक्षिण कोरियाले निकाल्यो तीन नेपाली

दक्षिण कोरियाले निकाल्यो तीन नेपाली

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाले तीन जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले तीन जना नेपालीलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा देवान, सिंह र गौतम थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं पठाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार थाइ एयरवेजको जहाजबाट उनीहरूलाई काठमाडौं पठाइएको हो। अध्यागमन कानुन उल्लंघन गरेको बताइए पनि उनीहरू निष्कासन हुनुको पूर्ण विवरण नखुलाइएको स्रोतले जनाएको छ। दक्षिण कोरिया नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको छ। दक्षिण कोरिया जानका लागि लाखौं मानिस इपीएस भाषा परीक्षामा सहभागी हुँदै आएका छन्। तर, कतिपय नेपालीहरू प्रलोभनमा परेर दक्षिण कोरियासम्म पुग्ने गरेका छन्। त्यहाँको कानुन विपरीत गतिविधि गरेको पाइएपछि त्यहाँको अध्यागमनले नेपालीहरूलाई निष्कासन गर्ने गरेको दक्षिण कोरियाका एक नेपालीले बत...
आजको राशिफल: २०८२ असार ९ गते सोमबार

आजको राशिफल: २०८२ असार ९ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धन लाभको योग छ। व्यापार, लेनदेन र रोजगारीमा फाइदाजनक अवसर मिल्नेछ। साथीभाइ र परिवारसँग समय बिताउन सकिनेछ। यात्रामा सफलता मिल्ने सम्भावना छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल, प्रतिष्ठा र निर्णय क्षमता बढ्नेछ। मन प्रसन्न हुनेछ, प्रेम र सम्बन्धमा सुदृढता आउँछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अलिक एक्लोपन वा मानसिक द्वन्द्व महसुस हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। गुप्त योजना तयार पार्न उपयुक्त दिन हो। बोल्दा वा निर्णय गर्दा विचार पुर्याउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयोग र सम्बन्धबाट लाभ मिल्नेछ। सामाजिक काममा सम्मान पाइनेछ। साथीहरूसँग रमाइलो समय बित्नेछ। योजना बनाउने र अगाडि बढ्ने समय छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे...
“माछापुच्छ्रे सांगीतिक सौगात भाग-४” घाटामा, २६ जनाबाट व्यक्तिगत सहयोग नै उठ्न बाँकी नाम सहित

“माछापुच्छ्रे सांगीतिक सौगात भाग-४” घाटामा, २६ जनाबाट व्यक्तिगत सहयोग नै उठ्न बाँकी नाम सहित

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: सलनालको अवसरमा युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड 1974 AD कोरियामा ल्याई कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको “माछापुछ्रे सांगीतिक सौगात भाग ४” को आइतबारका दिन सउलमा एक कार्यक्रम गरी आयव्य सार्वजनिक गरिएको छ। सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा कार्यक्रमबाट ५२ लाख वन घाटा भएको र २६ जना सहित केही संस्था हरूबाट टिकटको पैसा नै उठ्न बाँकी रहेको जनाइएको छ। कोरियनहरूको नयाँ वर्ष सलनालको अवसरमा जनवरी २८ तारिखका दिन सउलमा आयोजना भएको “माछापुछ्रे सांगीतिक सौगात भाग ४” को दक्षिण कोरियामा सक्रिय विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरू लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रम आयव्यय सार्वजनिक गरिएको हो। आर्थिक संयोजक आरती ह्योल्मोले सार्वजनिक गरेको कुल आम्दानी तथा खर्च विवरण मा विभिन्न शीर्षकमा कुल आम्दानी १० करो...
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा हालकी वरिष्ठ उपाध्यक्ष (Senior Vice President) पार्वती मोक्तान (तामाङ) ले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले अध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ। नेपाली समुदायमा अत्यन्त सम्मानित, लोकप्रिय र सफल व्यवसायीका रूपमा परिचित मोक्तान लामो समयदेखि एनआरएनए को नेतृत्व तहमा सक्रिय रहँदै आउनुभएको छ उहा एनआरएनए दक्षिण कोरियाकी पूर्व महिला संयोजक समेत हुन्। विगत ल...
आजको राशिफल: २०८२ असार ८ गते आईतबार

आजको राशिफल: २०८२ असार ८ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनन्दिन अस्तित्वमा उत्कर्षको संकेत देखापर्छ। ग्रहगत समिकरणले आत्मबलको ज्वार ल्याउनेछ। यतिबेला तपाईंको प्रयत्नशीलता र आत्मविश्वासले नयाँ आयाम गढ्न सक्छ। यद्यपि, आकस्मिक आवेगले लय भंग नगरोस् भनेर मानसिक संयमता अपनाउनु हितकर हुनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) मूल्यबोध र अर्थचिन्तनका क्षेत्रहरूमा चञ्चलता देखिन सक्छ। लाभप्रद अवसरहरूको संकेत रहे तापनि, अनावश्यक विलम्ब वा पारिवारिक सम्वादहीनता बाधक बन्न सक्नेछ। वाणीमा माधुर्य राख्नु परामर्शयोग्य छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वैचारिक तरंगहरू तीव्र गतिमा प्रवाहित हुनेछन्। बौद्धिक संवाद र सामाजिक सञ्जालमा भागीदारी बढ्न सक्छ। तथापि, मानसिक थकावट वा कन्फ्यूजनको आशंका रहन सक्छ—विचारमा स्थिरता ल्याउन एकान्त मनन उपयोगी हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गृह...
NRNA-NCC) दक्षिण कोरियाको स्वागत सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न 

NRNA-NCC) दक्षिण कोरियाको स्वागत सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:बिपिन गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले सौल स्थित दुर्गा रेस्टुरेन्टमा भेटघाट, चियापान, विचार विमर्श तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।  राजधानी सउलस्थित दुर्गा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा संघले हालै मनोनित गरेका २ संरक्षक सहित १२ जना सल्लाहकारहरूलाई सम्मान गर्दै औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण समेत गरेको हो।  मिति २०२५ मे २५ मा सम्पन्न संघको तेस्रो पूर्ण बैठकले संस्थागत संरचना सुदृढ गर्दै दीर्घकालीन संगठनात्मक कार्ययोजना प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले दक्षिण कोरियामा रहेका केही दिग्गज व्यक्तित्व तथा एनआरएन अभियन्ताहरूलाई संरक्षक एवं सल्लाहकार पदमा मनोनयन गर्ने निर्णय गरेको थियो। संरक्षक:  • विनोद कुवर  • भीम गुरुङ सल्लाहकार:  1. लक्ष्मी लामा गुरुङ ...
आजको राशिफल: २०८२ असार ७ गते शनिबार

आजको राशिफल: २०८२ असार ७ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  जीवनमा नयाँ ऊर्जा र उत्साहको संचार हुनेछ। चन्द्रमाको मेष राशिमा गोचरले तपाईंलाई साहस र आत्मविश्वास प्रदान गर्नेछ। नयाँ योजनाहरूको थालनी गर्न उपयुक्त समय हो। तर, आवेगमा नपरी सोचविचार गरेर अघि बढ्नु आवश्यक छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  आर्थिक पक्षमा सुधार आउने संकेत छन्। व्यापारमा लगानी गर्दा फाइदा हुनेछ। तर, परिवारसँगको सम्बन्धमा केही तनाव आउन सक्छ, त्यसैले संवादमा सावधानी अपनाउनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  सामाजिक र बौद्धिक गतिविधिहरूमा वृद्धि हुनेछ। नयाँ मित्रता र सञ्जालको विकास हुनेछ। तर, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, खानपानमा सन्तुलन राख्नुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। साझेदारीका कामहरूमा सफलता मिल्नेछ। तर, व्यक्तिगत जीवनमा केही चुनौतीहरू ...
सपना देखाउने देश कोरिया मनको आबाज नपुग्ने शहर!

सपना देखाउने देश कोरिया मनको आबाज नपुग्ने शहर!

Breaking News, जानकारी, भर्खरै, समाचार
अनेक सपना अनी सुनौलो भविष्यको कल्पना गर्दै बिदेशिने नेपालीहरुको संख्या अधिक छ।राजनैतिक अस्थिरता, गरिवी, देशमा रोजगारिको चरम अभाव, अति आवश्यक सेवा सुबिधाको कमी,उच्च शिक्षा अध्ययन लगायतका कारणले नेपालीहरु बिदेशिने गरेका छन।यि मध्ये रोजगारिका लागी बिदेशिनेको संख्या अधिक छ। बिश्वका अधिकांश मुलुकमा नेपाली पुगेकका छन।यो मध्ये दक्षिण कोरिया रोजगारिको आकर्षक गन्तब्य मुलुक हो, जहाँ 60 हजार भन्दा बढी नेपालीहरु आफ्नो सपना अनी बाध्यतासँग लडीरहेका छन।मैले पनी बिगत 3 बर्षदेखी पर्देशमा देखे भोगेका केही कुरा समेट्ने प्रयास गरेको छु। "प्रदेशको सपना अनी पिडा" 'प्रदेश' शब्द नेपाली मन मष्तिष्कमा एक बिषेस अर्थ बोकेको छ।यो केबल बिदेश भन्ने भौगोलिक स्थान होइन सपना, पिडा, आशा ,बलिदान रअसमाप्त यात्राको प्रतिक हो। प्रदेशको पिडा केवल पैसा कमाउने कथा होइन,यो त सपना सम्झना आँसु र मायाँ मिसीएको एक गहिरो यात्रा रहेछ। ...
१५ वर्षपछि बार्सिलोना क्लब कोरिया आउँदै,खेल कहिले र कहाँ कहाँ हुँदैछ त!

१५ वर्षपछि बार्सिलोना क्लब कोरिया आउँदै,खेल कहिले र कहाँ कहाँ हुँदैछ त!

Breaking News, जानकारी, भर्खरै, समाचार
विश्व चर्चित फुटबल क्लब एफसी बार्सिलोना १५ वर्षपछि फेरि कोरिया आउने भएको छ। बार्सिलोना एसिया टुर अन्तर्गत २७ जुलाइमा जापानमा खेल खेलि जुलाई ३१ बिहिबार राती ८ बजे सउल एफसीसँग ६७००० दर्शक क्षमता भएको seoul world cup Stadium मा खेल्न कोरिया आइपुग्ने भएको हो । यसै गरी अगस्ट ४ सोमबार राती ८ बजे ६८००० दर्शक क्षमता भएको Daegu Stadium मा थेगु एफसी विरुद्धको खेल खेलेर कोरिया भ्रमण समाप्त गर्नेछन्। यी खेलहरू “Blaugrana Tour: Asia Edition” अन्तर्गत आयोजना हुँदैछन्। दुई खेल Disney+ कोरियामा मात्र लाइभ प्रसारण हुनेछ। सौलमा हुने खेलको पृमियम टिकट बिक्री जुन २३ तारिक दिउसो २ बजे बाट खुल्नेछ भने सामान्य टिकट बिक्री जुन २५ तारिक दिउसो २ बजे बाट खुल्नेछ यसै गरी थेगुमा हुने खेलको पृमियम टिकट बिक्री जुन २५ तारिक दिउसो ४ बजे बाट र सामान्य टिकट बिक्री जुन २७ तारिक दिउसो २ बजे बाट खुल्नेछ । &nbs...