Advertisement
Advertisement

सपना देखाउने देश कोरिया मनको आबाज नपुग्ने शहर!

Advertisement
Advertisement

अनेक सपना अनी सुनौलो भविष्यको कल्पना गर्दै बिदेशिने नेपालीहरुको संख्या अधिक छ।राजनैतिक अस्थिरता, गरिवी, देशमा रोजगारिको चरम अभाव, अति आवश्यक सेवा सुबिधाको कमी,उच्च शिक्षा अध्ययन लगायतका कारणले नेपालीहरु बिदेशिने गरेका छन।यि मध्ये रोजगारिका लागी बिदेशिनेको संख्या अधिक छ। बिश्वका अधिकांश मुलुकमा नेपाली पुगेकका छन।यो मध्ये दक्षिण कोरिया रोजगारिको आकर्षक गन्तब्य मुलुक हो, जहाँ 60 हजार भन्दा बढी नेपालीहरु आफ्नो सपना अनी बाध्यतासँग लडीरहेका छन।मैले पनी बिगत 3 बर्षदेखी पर्देशमा देखे भोगेका केही कुरा समेट्ने प्रयास गरेको छु।
“प्रदेशको सपना अनी पिडा”
‘प्रदेश’ शब्द नेपाली मन मष्तिष्कमा एक बिषेस अर्थ बोकेको छ।यो केबल बिदेश भन्ने भौगोलिक स्थान होइन सपना, पिडा, आशा ,बलिदान रअसमाप्त यात्राको प्रतिक हो। प्रदेशको पिडा केवल पैसा कमाउने कथा होइन,यो त सपना सम्झना आँसु र मायाँ मिसीएको एक गहिरो यात्रा रहेछ। पर्देशको यात्रा बाहिरबाट हेर्दा सफलताको प्रतिक लाग्न सक्छ तर बास्तवमा प्रदेशको जिवन असाधारण दु:ख सङर्घषले भरिएको हुन्छ।प्रदेशको दु:ख केवल शारिरिक श्रम मात्र होइन, यो त भाबनात्मक एक्लोपना हो,जसले मनभित्रको घाउलाई बडाइरहेको हुन्छ। बिदेश जानु सफलताको सजिलो बाटो रहेनछ, यो त संघर्ष पिडा र कहिलेकाही जिवनसँग सम्झैता गर्ने मार्ग रहेछ,जुन मार्गमा यात्रा गर्दा कति कमायौ र के ल्यायौ भन्नेहरु धेरै भेटिन्छन तर गुमाएका अनगिन्ती अवसर र कमाएर मात्र होइन त्यागेर बाँचिरहेको जिन्दगी कसैले बुझ्दैनन्। प्रदेशको वास्तविकता पैसा कमाउनु मात्र होइन यो एउटा निस्वार्थ यात्रा हो,जहाँ एक युवाले आफ्नो हाँसो गुमाएर परिवारको लागी खुसी किनेको हुन्छ। यहाँ खुसी भनेको बाँचिरहेको अनुभुति रहेछ,यहाँ खुसी भनेको एक दिनको बिदा रहेछ जहाँ मनले खुल्ला आकाश हेर्न पाउछ शरिरले स्वतन्त्रताको आभाष पाउछ।बिदेशको दु:खद अबस्था आँखाले देखिदैन, मनले मात्र बुझ्छ त्यो त्यस्तो अवस्था हो जहाँ पिडाको अभिव्यक्त छैन, त्यो त केवल सब ठिक छ भन्ने वनावटी मुस्कानभित्र लुकेको हुन्छ। प्रदेशले पैसा र अनुभव त दियो तर समय सम्बन्ध र आत्मीयताबाट टाढा बनायो।


“कोरियाको बास्तविकता”
देखिने कोरिया र बास्तविक भोगिने कोरिया धेरै फरक हुँदो रहेछ।भाषा नजान्दाको पिडा , मेसिनको स्पीडको तालमा काम गर्न नसक्दाको पिडा,नयाँ ठाउँको चालचलन नजान्दाको पिडा,घरपरिवारबाट बिछोडको पिडा लगायतका धेरै पिडाहरु। कोरियामा कृषी,निर्माण, उत्पादनमुलक क्षेत्र लगायत फरक फरक प्रकृतिका काम हुन्छन,उत्पादन मुलक क्षेत्रमा फलाम र केमीकलसँग सम्बन्धित काम धेरै हुन्छन। मेरो पनी फलामसँगको नाता धेरै नजीक छ।दिनभरी फलामसँगको लडाइले गलेको शरिर, धुलो खाएर खोल्न नसकिने आँखा, कामको किचकिचले बिग्रिएको मन अनी भारि शरिर लिएर जब बिस्तारामा परिन्छ ,अनी निद्रा नपर्दा जबरजस्ती आँखा बन्द गरेर कामको चापले दुखेर फर्काउन नमिल्ने शरिरलाई आराम दिन खोज्दान न त शरिर फर्काउन मिल्छ न त दिनभर धुलोमा रुमलिएका आँखा नै बन्द हुन्छन।जब शरिरले अलिकती आरामको अनुभब गरेको हुन्छ अनी उठेर कामतिर जानुपर्ने हुन्छ।
कोरियाको चिसो मौसम जस्तै यहाँको जिवन पनी कहिलेकाही हिउले ढाकिएको पिडाजस्तै लाग्छ-मौन ,कठिन र सुनसान।कोरियाको प्रबिधी चम्किन्छ तर त्यही उज्यालोमा हजारौँ नेपालीहरुका पसीना सञ्चीत भएका छन। ति आँखाहरु जो हिज गाँउको आगनमा हाँस्दै थिए,आज फलाम ,धुलो ,प्लास्टिकको गन्ध अनी ठुलाठुला मेसिनको आबाजसँग हराइरहेका छन। हामी कोरिया सुन्दर भन्छौ र देख्छौ अर्काको संसार सजाउछौ तर आफ्नै संसार सपना बनेर हराईरहेको छ।यो मानवता हराएको ठाउँ हो जहाँ मान्छेलाई मेसिनसँग तुलना गरिन्छ,रोवर्टलाई आत्महत्या गर्न बाध्य पारिन्छ,अत्याधिक श्रम शोषणका कारण कामदारलाई मनोरोग सम्म पुर्याइन्छ। कोरिया देश बाहिरबाट हेर्दा स्वर्ग देख्छौ तर भित्र जिन्दगी मेसिनजस्तै चल्छ,भावना हराउछ,एक अप्ठयारो यन्त्रभित्र फसेजस्तै स्वाँस फेर्न पनी गार्हो लाग्ने।म कोरियामा मान्छेसँग भन्दा बढी मेसिनसँग घुलमिल भएको छु।त्यो मेसिनले मलाई पैसासँगै नियम,धैर्य अनी पिडा बोक्ने शक्ति पनी दिएको छ।कहिलेकाँही यस्तो लाग्छ यो शरिर म होइन कामको लागी बनाइएको यन्त्र हो,जहाँ कतै रसायनको गन्ध , कतै फलाम काट्ने धुलो,कतै अत्यधिक गर्मी त कतै कठ्याग्रीने चिसो सहनुपर्ने।
कामगर्दा कहिलेकाही पसीना होइन आँसु आउछ, मेसिनको आवाजले झस्काउछ अनी आँसु लुकाएर मेसिनको आवाजसँगै आफैलाई हराउछु। कोरियामा कामको पिडा केवल शारिरिक मात्र होइन यो त आत्ममा लागेको चोट हो जसको घाउ पैसाको मलम लगाएर भरिदैन।हामी चुप लाग्छौ किनकी परिवारलाई बचाउनु छ,हामी हास्छौ किनकी रुनुको बिकल्प छैन। कोरिया कमाउने थलो मात्र रहेनछ ,गुमाउँने थलो पनी रहेछ कसैले आफ्नो हात गुमाउँछन कसैले मन गुमाउछन त कसैले ज्यान नै गुमाउछन तर अभिव्यक्त गर्न पाउदैनन्। काम गर्ने कारखाना सपना होइन जिन्दगीको जेल हो जहाँ अनेक बाध्यताले लात हानेर भाँचिएको मनको पिडा कसैले देख्दैन कसैले बुझ्दैन।कोरिया सपना हो तर सजिलो होइन,यो त दु:खको माध्मबाट बिस्तारै आशा र सपनाहरु साकार बनाउने यात्रा हो। कोरियाले देखाएको सपना सजिलो छैन तर त्यही कठिनाइभित्र आशा पनी बलियो गरी लुकेर बसेको छ। कोरियाको जिवन सजिलो छैन समस्याको पहाड छ,भावनाको रङ छैन तर पसिनाको रंगीन भविष्य छ।
“केही त पक्कै प्राप्त गरे”
दु:खको छायाँभित्र आशाको उज्यालो लुकिरहेको रहेछ। कोरियाले पसिना माग्यो तर लगनशिलता, अनुशासन र आत्मविश्वास दिएर गयो। समय भनेको पैसा मात्र होइन इज्जत पनी हो,कोरियाले इज्जत सिकायो,कमाइको महत्व,खर्चको सोच र बचतको बानी सिकायो,मजबुत,धैर्यवान, आत्मनिर्भर र भित्रैबाट बलियो बन्न सिकायो।कोरियामा बगाएका पसिनामा निरासामात्र बगेनन् भबिष्यको जग पनी बसालीदिएको छ,निरासामात्र दिएन केही आशाका बलिया किरण पनी छरिदिएको छ। कोरिया जाने नेपालीको कथा केवल दु:खको कथा मात्र होइन त्यो सहनशीलता को महाकाव्य हो।ति प्रदेशिले बगाएको पसिनाको पिडा देशले चिनेको खन्डमा भबिष्य उज्यालो हुन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×