अनेक सपना अनी सुनौलो भविष्यको कल्पना गर्दै बिदेशिने नेपालीहरुको संख्या अधिक छ।राजनैतिक अस्थिरता, गरिवी, देशमा रोजगारिको चरम अभाव, अति आवश्यक सेवा सुबिधाको कमी,उच्च शिक्षा अध्ययन लगायतका कारणले नेपालीहरु बिदेशिने गरेका छन।यि मध्ये रोजगारिका लागी बिदेशिनेको संख्या अधिक छ। बिश्वका अधिकांश मुलुकमा नेपाली पुगेकका छन।यो मध्ये दक्षिण कोरिया रोजगारिको आकर्षक गन्तब्य मुलुक हो, जहाँ 60 हजार भन्दा बढी नेपालीहरु आफ्नो सपना अनी बाध्यतासँग लडीरहेका छन।मैले पनी बिगत 3 बर्षदेखी पर्देशमा देखे भोगेका केही कुरा समेट्ने प्रयास गरेको छु।
"प्रदेशको सपना अनी पिडा"
'प्रदेश' शब्द नेपाली मन मष्तिष्कमा एक बिषेस अर्थ बोकेको छ।यो केबल बिदेश भन्ने भौगोलिक स्थान होइन सपना, पिडा, आशा ,बलिदान रअसमाप्त यात्राको प्रतिक हो। प्रदेशको पिडा केवल पैसा कमाउने कथा होइन,यो त सपना सम्झना आँसु र मायाँ मिसीएको एक गहिरो यात्रा रहेछ। ...
६ असार २०८२, शुक्रबार १२:१४६ असार २०८२, शुक्रबार १२:१४६ असार २०८२, शुक्रबार १२:१४ by विशाल श्रेष्ठNo Comments
विश्व चर्चित फुटबल क्लब एफसी बार्सिलोना १५ वर्षपछि फेरि कोरिया आउने भएको छ।
बार्सिलोना एसिया टुर अन्तर्गत २७ जुलाइमा जापानमा खेल खेलि जुलाई ३१ बिहिबार राती ८ बजे सउल एफसीसँग ६७००० दर्शक क्षमता भएको seoul world cup Stadium मा खेल्न कोरिया आइपुग्ने भएको हो । यसै गरी अगस्ट ४ सोमबार राती ८ बजे ६८००० दर्शक क्षमता भएको Daegu Stadium मा थेगु एफसी विरुद्धको खेल खेलेर कोरिया भ्रमण समाप्त गर्नेछन्। यी खेलहरू “Blaugrana Tour: Asia Edition” अन्तर्गत आयोजना हुँदैछन्। दुई खेल Disney+ कोरियामा मात्र लाइभ प्रसारण हुनेछ।
सौलमा हुने खेलको पृमियम टिकट बिक्री जुन २३ तारिक दिउसो २ बजे बाट खुल्नेछ भने सामान्य टिकट बिक्री जुन २५ तारिक दिउसो २ बजे बाट खुल्नेछ यसै गरी थेगुमा हुने खेलको पृमियम टिकट बिक्री जुन २५ तारिक दिउसो ४ बजे बाट र सामान्य टिकट बिक्री जुन २७ तारिक दिउसो २ बजे बाट खुल्नेछ ।
&nbs...
६ असार २०८२, शुक्रबार ०७:३४६ असार २०८२, शुक्रबार ०७:३४६ असार २०८२, शुक्रबार ०७:३४ by विशाल श्रेष्ठNo Comments
EPS Nepal family:दक्षिण कोरियाको ख्यङ्गी प्रान्त (Gyeonggi Province) मा एउटा नयाँ प्रयोग सुरु गरिएको छ। परिक्षणका लागि सुरु गरिएको यो प्रयोग अन्तर्गत हप्तामा साढे चार दिन मात्र काम गर्ने व्यवस्था अबलम्वन गरिएको छ।
यो एक पायलट प्रोजेक्ट हो जुन हाल ५० देखि ३०० जनासम्म कर्मचारी भएका ६८ वटा कम्पनीहरूमा सुरु गरिएको हो। ती कम्पनीहरू मुख्यतया आईटी (IT) तथा बायोटेक्नोलोजी (Bio) क्षेत्रसँग सम्बन्धित छन्।
यस योजनाअन्तर्गत, सहभागी कम्पनीका कर्मचारीहरूलाई स्थानीय सरकारले मासिक जनही अधिकतम २,६०,००० वोन (करिब २ लाख ६० हजार कोरियन वोन) बराबरको subsidy प्रदान गर्नेछ। यस पायलट कार्यक्रमले सन्तुलित काम र जीवन संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यो योजना सन् २०२७ सालसम्म जारी रहनेछ। यदि सफल भयो भने, यसलाई अन्य कम्पनी र प्रान्तहरूमा पनि विस्तार गरिने सम्भावना छ।...
६ असार २०८२, शुक्रबार ०३:१२६ असार २०८२, शुक्रबार ०३:१२६ असार २०८२, शुक्रबार ०३:१२ by विशाल श्रेष्ठNo Comments
EPS Nepal family:दक्षिण कोरियामा यो वर्षको मनसुन सिजन शुक्रबारबाट सुरु भएको छ। कोरियाली मौसम विभाग (KMA) का अनुसार, राजधानी सउलसहित देशका केन्द्रीय र दक्षिणी क्षेत्रहरू तथा 제주 टापुमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। दिनभरमै उत्तर र दक्षिण ख्यङ्साङ प्रान्तहरूमा पनि वर्षा फैलिनेछ भने दक्षिणी क्षेत्र र 제주 मा दिनको अन्त्यतिर वर्षा केही कम हुने सम्भावना छ।
सउल ख्यङ्गि क्षेत्र तथा गाङवोन प्रान्तको उत्तरी भागमा दिउँसो प्रति घण्टा ३० देखि ५० मिलिमिटरसम्मको तीव्र वर्षा हुने अपेक्षा गरिएको छ। अन्य भागहरू—गाङवोन प्रान्तका दक्षिणी क्षेत्र, छल्लाबुक्दो र छुङछननाम्दो प्रान्तहरूमा भने राति वर्षा सुरु हुनेछ। यस्तो तीव्र वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो वा यातायात अवरोधको सम्भावना रहेको हुँदा सतर्क रहनु आवश्यक छ।...
६ असार २०८२, शुक्रबार ०१:४९६ असार २०८२, शुक्रबार ०१:४९६ असार २०८२, शुक्रबार ०१:४९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा नयाँ आशा र उत्साहको ज्योति बाल्नेछ। जीवनका चुनौतीहरूलाई सामना गर्ने साहस तपाईंमा नित्य बलियो बन्दैछ। शान्त मन र धैर्यले बाधाहरूलाई सजिलै पार्ने मार्ग खुल्नेछ। परिवारसँगको संवादले मनमा प्रेम र समझदारीको गहिरो बन्धन सिर्जना गर्नेछ।
वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)
धैर्यता र संयमले आज तपाईंलाई विजयको यात्रामा डोर्याउनेछ। शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउने संकेत छन्। आर्थिक पक्षमा स्थिरता कायम रहन्छ र नयाँ सम्भावनाहरू प्रकट हुनेछन्। मनको शान्तिलाई प्राथमिकता दिनुहोस्, त्यो नै साँचो सुख हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक विचार र नयाँ योजनाले तपाईंलाई उर्जावान बनाउनेछन्। संचार र शिक्षा क्षेत्रमा उन्नति सम्भावना देखिन्छ। मनमा करुणा र सद्भावनाले भरिनेछ। नयाँ अवसरहरू प्राप्त गर्न खुला मन राख्नुहोस्।
कर्कट (...