EPS Nepal family:दक्षिण कोरियाको ख्यङ्गी प्रान्त (Gyeonggi Province) मा एउटा नयाँ प्रयोग सुरु गरिएको छ। परिक्षणका लागि सुरु गरिएको यो प्रयोग अन्तर्गत हप्तामा साढे चार दिन मात्र काम गर्ने व्यवस्था अबलम्वन गरिएको छ।
यो एक पायलट प्रोजेक्ट हो जुन हाल ५० देखि ३०० जनासम्म कर्मचारी भएका ६८ वटा कम्पनीहरूमा सुरु गरिएको हो। ती कम्पनीहरू मुख्यतया आईटी (IT) तथा बायोटेक्नोलोजी (Bio) क्षेत्रसँग सम्बन्धित छन्।

यस योजनाअन्तर्गत, सहभागी कम्पनीका कर्मचारीहरूलाई स्थानीय सरकारले मासिक जनही अधिकतम २,६०,००० वोन (करिब २ लाख ६० हजार कोरियन वोन) बराबरको subsidy प्रदान गर्नेछ। यस पायलट कार्यक्रमले सन्तुलित काम र जीवन संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यो योजना सन् २०२७ सालसम्म जारी रहनेछ। यदि सफल भयो भने, यसलाई अन्य कम्पनी र प्रान्तहरूमा पनि विस्तार गरिने सम्भावना छ।









