बिशाल आवाज:बिपिन गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले सौल स्थित दुर्गा रेस्टुरेन्टमा भेटघाट, चियापान, विचार विमर्श तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
राजधानी सउलस्थित दुर्गा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा संघले हालै मनोनित गरेका २ संरक्षक सहित १२ जना सल्लाहकारहरूलाई सम्मान गर्दै औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण समेत गरेको हो।

मिति २०२५ मे २५ मा सम्पन्न संघको तेस्रो पूर्ण बैठकले संस्थागत संरचना सुदृढ गर्दै दीर्घकालीन संगठनात्मक कार्ययोजना प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले दक्षिण कोरियामा रहेका केही दिग्गज व्यक्तित्व तथा एनआरएन अभियन्ताहरूलाई संरक्षक एवं सल्लाहकार पदमा मनोनयन गर्ने निर्णय गरेको थियो।

संरक्षक:
• विनोद कुवर
• भीम गुरुङ
सल्लाहकार:
1. लक्ष्मी लामा गुरुङ
2. डा. प्रकाश धमाला
3. डा. अग्नि कोइराला
4. गिरीराज कुवर
5. सन्तोष खण्डका
6. हरीप्रसाद खनाल
7. ईश्वर कठायत
8. ईश्वर धामी
9. शुभराज बोम्जन
10. लक्ष्मण दाहाल
11. सङ्गीत अधिकारी
12. जितेन्द्र महता
कार्यक्रममा संरक्षक तथा सल्लाहकारज्यूहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै संघले आगामी दिनहरूमा उनीहरूको मार्गदर्शन, सुझाव र सहकार्यबाट संघलाई थप सशक्त र ऊर्जाशील बनाउन सकिने विश्वास व्यक्त गरेको छ ।
संरक्षक तथा सल्लाहकारज्यूहरूले प्रमाणपत्र ग्रहण गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा आफूहरू उभिएको र संघले अगाडि बढाउने हरेक अभियानमा दृढ साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए एकता महाधिवेशन उच्चस्तरीय समितिका पूर्व सदस्य, एनआरएन अभियन्ता तथा नव-नियुक्त संरक्षक श्री विनोद कुवरले, संघले विगतका थुप्रै जटिलता र अन्योलहरूलाई चिर्दै एकतातापूर्वक अघि बढिसकेको उल्लेख गर्नुभयो । साथै, दक्षिण कोरियामा सम्पन्न एकता महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमिति नै एकमात्र वैध तथा आधिकारिक संघ भएको स्पष्ट पार्दै,कोही कसै भ्रम वा द्विविधामा नपर्न अनुरोध गर्नुभयो ।
त्यस्तै, संघका अध्यक्ष श्री विपिन कुमार गुरुङले अब कुनै पनि अलमलमा नपरी एनआरएनए अभियानलाई नेपाल र नेपालीका लागि बृहत् रूपमा अघि बढाउने दृढता व्यक्त गर्नुभयो । साथै, संरक्षक तथा सल्लाहकारज्यूहरूलाई संघ निर्माणमा अग्रपङ्क्तिको भूमिका निर्वाह गर्न आग्रह पनि गर्नुभयो ।










