बिशाल आवाज:बिपिन गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले सौल स्थित दुर्गा रेस्टुरेन्टमा भेटघाट, चियापान, विचार विमर्श तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
राजधानी सउलस्थित दुर्गा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा संघले हालै मनोनित गरेका २ संरक्षक सहित १२ जना सल्लाहकारहरूलाई सम्मान गर्दै औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण समेत गरेको हो।
मिति २०२५ मे २५ मा सम्पन्न संघको तेस्रो पूर्ण बैठकले संस्थागत संरचना सुदृढ गर्दै दीर्घकालीन संगठनात्मक कार्ययोजना प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले दक्षिण कोरियामा रहेका केही दिग्गज व्यक्तित्व तथा एनआरएन अभियन्ताहरूलाई संरक्षक एवं सल्लाहकार पदमा मनोनयन गर्ने निर्णय गरेको थियो।
संरक्षक:
• विनोद कुवर
• भीम गुरुङ
सल्लाहकार:
1. लक्ष्मी लामा गुरुङ
...
७ असार २०८२, शनिबार ०१:४८७ असार २०८२, शनिबार ०१:४८७ असार २०८२, शनिबार ०१:४८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनमा नयाँ ऊर्जा र उत्साहको संचार हुनेछ। चन्द्रमाको मेष राशिमा गोचरले तपाईंलाई साहस र आत्मविश्वास प्रदान गर्नेछ। नयाँ योजनाहरूको थालनी गर्न उपयुक्त समय हो। तर, आवेगमा नपरी सोचविचार गरेर अघि बढ्नु आवश्यक छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्षमा सुधार आउने संकेत छन्। व्यापारमा लगानी गर्दा फाइदा हुनेछ। तर, परिवारसँगको सम्बन्धमा केही तनाव आउन सक्छ, त्यसैले संवादमा सावधानी अपनाउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक र बौद्धिक गतिविधिहरूमा वृद्धि हुनेछ। नयाँ मित्रता र सञ्जालको विकास हुनेछ। तर, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, खानपानमा सन्तुलन राख्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। साझेदारीका कामहरूमा सफलता मिल्नेछ। तर, व्यक्तिगत जीवनमा केही चुनौतीहरू ...