वन नजिकै २०२५ जुलाई १४ मा दक्षिण कोरियाको ग्यङ्गीदो प्रान्त, ह्वासोङ डोङ्तानस्थित एक अपार्टमेन्टको भूमिगत पार्किङमा ४० वर्षे एक दम्पती र दुई सन्तानसहित चार जना पार्किङ कारमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनास्थलमा फेला परेको पत्रका आधारमा आत्महत्याको आशंका गरेको छ।
मृत्युको ठ्याक्कै कारण पत्ता लगाउन हाल अनुसन्धान जारी रहेको जनाइएको छ।...
३० असार २०८२, सोमबार १०:२६३० असार २०८२, सोमबार १०:२६३० असार २०८२, सोमबार १०:२६ by विशाल श्रेष्ठNo Comments
कोरियाली राष्ट्रपति ली जे-म्यङले जुलाई ११ तारिखको साँझ सउलको ग्वाङह्वामुनस्थित एक रेस्टुरेन्टमा राष्ट्रपति कार्यालयका कर्मचारीहरूसँग बसेर खाना खाएका छन्।
यो आकस्मिक बाहिरी भोजनलाई जनजीवन सुधारका लागि जुलाई २१ मा वितरण गरिन लागिएको उपभोक्ता कुपन भुक्तानीको पूर्वसन्ध्यामा आन्तरिक अर्थतन्त्रलाई पुनर्जीवित गर्ने इच्छाशक्ति देखाउने कदमको रूपमा व्याख्या गरिएको छ।
राष्ट्रपति सामान्यतया सुरक्षा कारणले आफ्नो निवास वा कार्यालय परिसरमै भोजन गर्ने गर्दछन्, तर कार्यभार सम्हालेपछि योंगसानस्थित कार्यालय नजिकैका रेस्टुरेन्ट र क्याफेहरूमा उनी धेरैपटक देखापरिसकेका छन्।
राष्ट्रपति लीले नयाँ सरकार गठन भएयता भारी कार्यभारका कारण थकित राष्ट्रपति कार्यालयका कर्मचारीहरूप्रति भावना प्रकट गर्दै भने, “यति व्यस्त हुँदाहुँदै यहाँ आउनु भएकोमा धन्यवाद।” उनले थपे, “धेरैजसो कर्मचारीहरू म कार्यालयबाट ननि...
२९ असार २०८२, आईतवार ११:५५२९ असार २०८२, आईतवार ११:५५२९ असार २०८२, आईतवार ११:५५ by एलिनाNo Comments
विशाल आवाज : दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन किम्हेमा सम्पन्न भएको छ भने अधिवेशनबाट तगेन राइको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।
“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन किम्हे स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा भएको चौथो अधिवेशन वाट तगेन राई अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो। न्यू भिजन ग्रुप दक्षिण कोरियाका अध्यक्ष जीवन शर्मा को सभापतित्वमा आयोजित कार्यक्रमको सन्चालन रमेश श्रेष्ठले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ( NRNA ) दक्षिण कोरिया का अध्यक्ष बुद्धि गुरुङ उपस्थित रहेका थिए । किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न चौथो अधिवेशन वाट चौथो कार्यसमित...
२९ असार २०८२, आईतवार १०:४३२९ असार २०८२, आईतवार १०:४३२९ असार २०८२, आईतवार १०:४३ by एलिनाNo Comments
बिशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सुवनमा आठौं अधिवेशन सम्पन्न भइ अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत चयन भएको छ।
“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको आठौं अधिवेशन – २०२५ बाट दिनेश पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजय गुरुङ उपाध्यक्षमा ज्ञान सागर भण्डारी,नबीन खरेल,केहर थापा,महिला उपाध्यक्षमा ईच्छा भण्डारी महासचिवमा संघर्ष लम्साल यसैगरी कोषाध्यक्षमा नवीन सह-कोषाध्यक्षमा पृथ्वी अधिकारी ,युवा तथा खेलकुद संयोजकमा कृष्ण प्रसाद न्यौपाने ,विद्यार्थी संयोजकमा सुदन ज्ञवाली र सदस्यहरूमा दीपक गैरे,नारायण गिरी,अम्मर दर...
२९ असार २०८२, आईतवार ०२:२८२९ असार २०८२, आईतवार ०२:२८२९ असार २०८२, आईतवार ०२:२८ by विशाल श्रेष्ठNo Comments
प्रवासी श्रमिकको पेशागत हक अधिकारप्राप्तिको निम्ति निरन्तर सघर्ष गरि रहेको प्रवासी श्रमिक युनियन (Migrants Trade Union MTU) ले ह्वासंङको फारानमा जुलाई २० तारिक जुलुस गर्ने भएको छ।
इपिएस E7, E7-4. F2 R ,E2 लगायत भिषामा कार्यारत सबै प्रवासी मजदुरले स्वईच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने, इपिएस लगायत प्रवासी श्रमिक कानुनलाई खारेज गरि कार्य अनुमति प्रणालीमा लागु गर्नु पर्ने एक क्षेत्रवाट अर्को क्षेत्रमा जान तोकिएको प्रावधान हटाउनु पर्ने, १ बर्ष १० महिना लगायतको भिषा कम्पनीको बिना अनुमति मजदुर स्वयमले थप गर्न पाउनु पर्ने,प्रवासी श्रमिकले लगातार ५ वर्ष अवधि भन्दा बढी काम गर्न पाउनु पर्ने , कृषि क्षेत्रमा बिदा सेवा सुविधामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, औधोगिक दुर्घटना रोक्न कडा कानुन लागु गर्नु पर्ने , बिना भिषाको मजदुरलाई धरपकड बन्द गरि भिषा दिनु पर्ने, उचित ब...
२८ असार २०८२, शनिबार १४:१३२८ असार २०८२, शनिबार १४:१३२८ असार २०८२, शनिबार १४:१३ by एलिनाNo Comments
विशाल आवाज: गर्मीको अवसर पारी दक्षिण कोरियामा सक्रिय इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL ले सउलमा समर रक पार्टी आयोजना गर्नेभएको छ।
दक्षिण कोरियामा रहेका विभिन्न सक्रिय ३ लाइभ ब्यान्डहरूको साथमा अगस्ट २ तारिख शनिबार राति १० बजेबाट सउलको होङ्दे स्थित यति रेस्टुरेन्ट (YETI RESTAURANT AND BAR) {NEAR HONGDAE} मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्ने भएको। एउटा फ्रि ड्रिङ्क्स सहित प्रवेश शुल्क २५००० कोरियन वन तोकिएको समर रक पार्टीमा डिजे आरएक्सको डिजे म्युजिकको साथमा फुल्याङ ब्याण्ड, नया दृश्य ब्याण्ड र दि रिभर्स ब्यान्डको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
यो गर्मीमा डिजे म्युजिक र लाइभ ब्यान्डको साथमा झुम्नको लागि अगस्ट २ तारिख शनिबारका दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म 서울 마포구 와우산로 18길 20 홍대예티 1 층 अवस्थित YETI RESTAURANT AND BAR आउनुहुनको लागि आयोजकले दक्षिण कोरियाबासी सम्पूर...
२८ असार २०८२, शनिबार १३:४८२८ असार २०८२, शनिबार १३:४८२८ असार २०८२, शनिबार १३:४८ by एलिनाNo Comments
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बन्दै गएको छ। हालसम्म सार्वजनिक भएका उम्मेदवारी घोषणाले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।
संघका वर्तमान अध्यक्ष बुद्धि गुरुङ पुनः अध्यक्ष पदमा दोहोरिने सम्भावना प्रबल देखिएको छ। यद्यपि उनले औपचारिक घोषणा नगरे पनि विभिन्न तहमा भएको छलफल र समूहगत समर्थनले उनको पुनरागमनलाई बलियो संकेत दिएको छ।
अध्यक्ष पदका लागि हालसम्म वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान र उपाध्यक्ष हरि भट्टराईले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। दुवै उम्मेदवार अनुभवी, सक्रिय र संस्थासँग लामो समयदेखि आबद्ध व्यक्तित्व मानिन्छन्।
यसैबीच, वरिष्ठ उपाध्यक्ष पदमा तारा पुन मगर, उपाध्यक्ष पदमा विकास बोहरा र मंगल योङहाङ साथै महासचिव पदमा सोनाम शेर्पाले पनि उम्मेदवारी घोषणा गर...
२७ असार २०८२, शुक्रबार ०७:००२७ असार २०८२, शुक्रबार ०७:००२७ असार २०८२, शुक्रबार ०७:०० by एलिनाNo Comments
सोलको गुमछन प्रहरी कार्यालयले बिना इजाजत र मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा २० वर्षको उमेर समूहकी एक युवती ‘ए’लाई अनुसन्धानका लागि प-क्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ए सँग ड्राइभिङ इजाजतपत्र थिएन। उनले गत राति लगभग १० बजे गुमछनगु, गासान्दोङ क्षेत्रमा आफ्नो प्रेमीको गाडी चलाउँदै म-दिरा सेवन गरेको अवस्थामा अर्को सवारी साधन र सडकमा रहेका पोल (볼라드) मा ठोक्किएको आरोप छ। घ-टनामा मानवीय क्षति भने भएको छैन।
प्रहरीले गरेको रगत परीक्षणमा एसीसीको रक्तमा रहेको अल्को-हलको मात्रा चालक अनुमति खारेज हुने स्तरभन्दा माथि देखिएको छ।
घट-नास्थलमा पुगेका प्रहरीले सोधपुछ गर्दा उनले "आफुले गाडी चलाएकी हुँ" भनेकी थिइन्। हाल प्र-हरी एसीसीसँग विस्तृत रूपमा घट-नाको कारण र विवरणबारे अनुसन्धान गरिरहेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
२७ असार २०८२, शुक्रबार ०३:०९२७ असार २०८२, शुक्रबार ०३:०९२७ असार २०८२, शुक्रबार ०३:०९ by एलिनाNo Comments
जुलाई १ देखि १० तारिखसम्म कोरियाको निर्यात ९.५ प्रतिशतले वृद्धि भएर १९४ अर्ब डलर पुगेको छ। सेमिकण्डक्टर, कार र पानी जहाजजस्ता मुख्य वस्तुहरूको निर्यात राम्रो भएकोले यो वृद्धि सम्भव भएको हो।
सेमिकण्डक्टर निर्यात १२.८%, कार १३.३% र पानीजहाज १३४.९% ले बढेका छन्। विशेष गरी सेमिकण्डक्टरको माग र मूल्य दुवै बढेका छन् भने कार निर्यात अमेरिकामा घटे पनि युरोपमा विद्युतीय कारको बिक्रीले वृद्धि भएको छ।
चीन, अमेरिका, युरोपेली संघ (EU) र भियतनामतर्फको निर्यात बढेको छ भने हङकङतर्फको निर्यातमा ठूलो गिरावट आएको छ। यता, आयात पनि १.८ प्रतिशतले बढेर २०० अर्ब डलर पुगेको छ।
कच्चा तेल, मेसिन र ग्यासको आयात बढेको छ तर सेमिकण्डक्टर र पेट्रोलियम उत्पादनको आयात घटेको छ। यस अवधिमा निर्यातभन्दा आयात बढी भएकाले कोरियाले ६ अर्ब डलरको व्यापार घाटा व्यहोरेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
२६ असार २०८२, बिहीबार १५:३९२६ असार २०८२, बिहीबार १५:३९२६ असार २०८२, बिहीबार १५:३९ by एलिनाNo Comments
दक्षिण कोरियामा आगामी बर्ष अर्थात् सन् २०२६ का लागी न्युनतम तलब वृद्धी भएको छ । सन् २०२६ को जनवरीदेखी न्यूनतम तलब प्रति घण्टा १०,३२० वन हुनेछ ।
न्यूनतम तलब हालको १०,०३० वनबाट २.९% वृद्धि गरी १०,३२० वन प्रति घण्टा निर्धारण गरिएको हो । मासिक २०९ घण्टाको हिसाबले मासिक तलब २,१५६,८८० वन हुनेछ । त्यस्तै ओभरटाइमको प्रतिघण्टा १५४८० वन् हुनेछ ।
यो निर्णय श्रमिक, मालिक र सार्वजनिक प्रतिनिधिहरूको सहमति (노·사·공) बाट भएको हो, जुन १७ वर्षपछि पहिलो पटक भएको सहमति हो।
हालैको बैठकमा 민주노총का ४ सदस्य अनुपस्थित भए पनि बाँकी २३ प्रतिनिधिहरूले सहमति जनाएका थिए।
प्रतिघण्टा : १०३२० वन्
ओभरटाइम प्रतिघण्टा : १५४८० वन् !
प्रतिमहिना : २१,५६,८८० वन् । ( आजको विनिमय दर अनुसार २ लाख १४ हजार १ सय ७६ रुपैयाँ ।...