Advertisement
Advertisement

Author: एलिना

कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न, सन्तोष गुरुङ नेतृत्वको नयाँ कार्यसमिति गठन

कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न, सन्तोष गुरुङ नेतृत्वको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, समाचार
“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ सन् २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन गत २०२५ अक्टोबर ५ आईतवार का दिन दक्षिण कोरियाको सउलस्थित दोङ्देमुन नमस्ते रेस्टुरेन्ट सभाहलमा भव्यरूपमा सम्पन्न भएको छ। कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा डा. प्रदीप अधिकारी संयोजक अनी खोम प्रसाद गुरुङ र राजेश सुवेदी सदस्य रहेका निर्वाचन मण्डलले सन्तोष गुरुङको नेतृत्वमा नवौं कार्यसमिति चयन गरिएको हो।  नव–निर्वाचित कार्यसमिति (२०२५–२०२७):  • अध्यक्ष: सन्तोष गुरुङ  • वरिष्ठ उपाध्यक्ष: कपिल अधिकारी  • महिला उपाध्यक्ष: सन्जना परियार  • उपाध्यक्षहरू: अमर थापा मगर, पोम गुरुङ  • महासचिव: चिरञ्जीवी के.सी.  • सचिव: बिक्रम के.सी.  • कोषाध्यक्ष: सि.बी. कार्की  • सह–कोषाध्यक्ष: लिला गुरुङ सदस्यहरू: मिलन लामिछाने, बद्री अधिका...
आजको राशिफल: २०८२ असोज १९ गते आईतबार

आजको राशिफल: २०८२ असोज १९ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्य...
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आठौँ अधिवेशन सम्पन्न, सुष्मा थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आठौँ अधिवेशन सम्पन्न, सुष्मा थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका काभ्रेली समुदायलाई एक्यवद्ध गर्ने उद्देश्यले स्थापना गरिएको काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आठौँ अधिवेशन आज २०२५ अक्टोबर ४, शनिबारका दिन सउलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। सन् २०११ मा स्थापना भएदेखि नै प्रवासी काभ्रेली समुदायबीच सामाजिक एकता, सहयोग र सञ्जाल विस्तारमा सक्रिय यस संस्थाले अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। कार्यक्रममा संस्थाका पूर्व पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कोरियामा कार्यरत काभ्रेली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा सुष्मा थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।   निर्वाचित पदाधिकारीहरू यस प्रकार छन्ः 🔸 अध्यक्ष: सुष्मा थापा 🔸 वरिष्ठ उपाध्यक्ष: हिमाल स्याङ्तान तामाङ 🔸 उपाध्यक्ष: नारायण घिमिर...
आजको राशिफल: २०८२ असोज १८ गते शनिबार

आजको राशिफल: २०८२ असोज १८ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । बौद्धिक सामर्‌थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिन...
जङ्गलमा हराएकी वृद्धाको नेपाली श्रमिकले गरे उद्धार, सबैले गरे प्रशंसा

जङ्गलमा हराएकी वृद्धाको नेपाली श्रमिकले गरे उद्धार, सबैले गरे प्रशंसा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
जङ्गलमा २४ घण्टाभन्दा बढी हराएकी ७७ वर्षीया वृद्धालाई एक नेपाली श्रमिकले भेटी उद्धार गरेपछि उनको योगदानप्रति स्थानीयबासीदेखि परिवारजनसम्मले प्रशंसा गरेका छन्। गत सेप्टेम्बर ३० तारिख साँझ ६:३८ बजे इनजे खिरिनम्योन सेरि गाउँस्थित डाँडामा गएकी वृद्धा हराएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए। प्रहरी र उद्धारकर्मीहरूले व्यापक खोजी गरे पनि तत्काल भेटाउन सकेका थिएनन्। वृद्धा डिमेन्सियाबाट पीडित भएकाले स्वयम् फर्किन असम्भवजस्तै देखिएको थियो। तर करिब २४ घण्टापछि, अक्टोबर १ तारिख साँझ ५:३० बजे, सोही क्षेत्रमा बस्दै आएका ३३ वर्षीय नेपाली श्रमिक विसाल खरेलले असामान्य आवाज सुनेपछि शंका गर्दै जङ्गलतर्फ खोजी थाले। कार्यस्थल नजिकै कुकुर असामान्य रूपमा भुकिरहेको देखेर उनी तत्कालै डाँडातर्फ पुगे र काँपिरहेको अवस्थामा वृद्धालाई भेटे। विशालले फलामे भर्‍याङ प्रयोग गरी वृद्धालाई करिब १५० मिटर टाढा रहेक...
आजको राशिफल: २०८२ असोज १७ गते शुक्रबार

आजको राशिफल: २०८२ असोज १७ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । आफ्‌नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्‌द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा ...
आजको राशिफल: २०८२ असोज १६ गते बिहीबार

आजको राशिफल: २०८२ असोज १६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्‌द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । लामो समयदेखि मनमा उठेका विषयवस्...
अक्टोबर ५ मा किम्हेमा हुने छुसक डान्स पार्टी २०२५ तयारी पुरा

अक्टोबर ५ मा किम्हेमा हुने छुसक डान्स पार्टी २०२५ तयारी पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत नेपाली समुदायका लागि मनोरञ्जनसँगै सामाजिक उद्देश्यका साथ सेवा 𝐬𝐞𝐰𝐚 𝐞𝐧𝐭𝐞𝐫𝐭𝐚𝐢𝐧𝐦𝐞𝐧𝐭 को आयोजनामा यही अक्टोबर ५ (आइतबार) का दिन किम्हेमा हुने भएको छ विशेष कार्यक्रम “छुसक डान्स पार्टी २०२५” को सम्पूर्ण तयारी पुरा भएको छ।  महिला आपत्कालीन आवास गृह (सेल्टर) “सुम्निमा खिम” सहयोगार्थ आयोजित यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको आयोजना Sewa Entertainment South Korea ले गरेको हो। अक्टोबर ५ तारिक साझ ७ बजेदेखी भोलिपल्ट बिहान ५ बजे सम्म ननस्टप डिजे म्युजिकको साथमा हुने छुसक डान्स पार्टी मा आयोजकले हार्दिक निमन्त्रणासहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आग्रह गरेको छ। 🎶 कार्यक्रममा प्रस्तुत हुने कलाकारहरु:  • 🎧 DJ: सुबोध भण्डारी (DJ SBD)  • 🎤 Rapper: Yung Gen Z  • 💃 Host & Dancer: Preety Lama 📅 म...
आजको राशिफल: २०८२ असोज १५ बुधबार

आजको राशिफल: २०८२ असोज १५ बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन...
अक्टोबर ६ मा सौलमा ’बृहत साहित्य मेला–२०२५’ हुने

अक्टोबर ६ मा सौलमा ’बृहत साहित्य मेला–२०२५’ हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले यस वर्ष पनि बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कोरियाली पर्व छुसक तथा नेपाली महान पर्व बडा दशैंको शुभ अवसरमा आयोजना गरिने ‘बृहत साहित्य मेला–२०२५’ आगामी अक्टोबर ६, सोमबार, राजधानी सउलको दोङ्देमुनस्थित मुछेङ्गा रेष्टुरेन्टको हलमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ। कार्यक्रममा नेपाली साहित्यका प्रमुख विधा कविता, गजल, मुक्तक र हाईकु को विशेष वाचन हुनेछ। यस अवसरमा —  • कवि सुरेश राई, विजयता भण्डारी र युग सर्वनाम  • गजलकार निर्दोष शिव, लक्ष्मण आजाद र जितेन चाम्लिङ  • मुक्तककार राधेश आचार्य, एस के भट्टराई र सिपी आचार्य  • हाईकुकार डिबी सिकारू आफ्ना सृजनाहरू प्रस्तुत गर्नेछन्। यस्तै, दक्षिण कोरियामा रहेर नेपाली साहित्यमा कलम ...