दक्षिण कोरियामा रहेका काभ्रेली समुदायलाई एक्यवद्ध गर्ने उद्देश्यले स्थापना गरिएको काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आठौँ अधिवेशन आज २०२५ अक्टोबर ४, शनिबारका दिन सउलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०११ मा स्थापना भएदेखि नै प्रवासी काभ्रेली समुदायबीच सामाजिक एकता, सहयोग र सञ्जाल विस्तारमा सक्रिय यस संस्थाले अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
कार्यक्रममा संस्थाका पूर्व पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कोरियामा कार्यरत काभ्रेली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा सुष्मा थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
निर्वाचित पदाधिकारीहरू यस प्रकार छन्ः
🔸 अध्यक्ष: सुष्मा थापा
🔸 वरिष्ठ उपाध्यक्ष: हिमाल स्याङ्तान तामाङ
🔸 उपाध्यक्ष: नारायण घिमिरे
🔸 उपाध्यक्ष: सुजन सापकोटा
🔸 महिला उपाध्यक्ष: सबिना तामाङ (सयरा तामाङ)
🔸 सचिव: राजेन्द्र प्रधान
🔸 सह–सचिव: राजेन्द्र लोप्चन
🔸 कोषाध्यक्ष: सन्दिप थिङ
🔸 सह–कोषाध्यक्ष: निकिता थापा
🔸 सदस्यहरू: सागर तामाङ, भिमसेन वाइवा, सुरज काफ्ले, सुमन पराजुली, दिपेश लामा, प्रितम लामा
अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सहभागी सबैले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
संस्थाले आगामी दिनमा अझ सशक्त रूपमा समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।










