Advertisement
Advertisement

जङ्गलमा हराएकी वृद्धाको नेपाली श्रमिकले गरे उद्धार, सबैले गरे प्रशंसा

Advertisement
Advertisement

जङ्गलमा २४ घण्टाभन्दा बढी हराएकी ७७ वर्षीया वृद्धालाई एक नेपाली श्रमिकले भेटी उद्धार गरेपछि उनको योगदानप्रति स्थानीयबासीदेखि परिवारजनसम्मले प्रशंसा गरेका छन्।

गत सेप्टेम्बर ३० तारिख साँझ ६:३८ बजे इनजे खिरिनम्योन सेरि गाउँस्थित डाँडामा गएकी वृद्धा हराएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए। प्रहरी र उद्धारकर्मीहरूले व्यापक खोजी गरे पनि तत्काल भेटाउन सकेका थिएनन्। वृद्धा डिमेन्सियाबाट पीडित भएकाले स्वयम् फर्किन असम्भवजस्तै देखिएको थियो।

तर करिब २४ घण्टापछि, अक्टोबर १ तारिख साँझ ५:३० बजे, सोही क्षेत्रमा बस्दै आएका ३३ वर्षीय नेपाली श्रमिक विसाल खरेलले असामान्य आवाज सुनेपछि शंका गर्दै जङ्गलतर्फ खोजी थाले। कार्यस्थल नजिकै कुकुर असामान्य रूपमा भुकिरहेको देखेर उनी तत्कालै डाँडातर्फ पुगे र काँपिरहेको अवस्थामा वृद्धालाई भेटे।

विशालले फलामे भर्‍याङ प्रयोग गरी वृद्धालाई करिब १५० मिटर टाढा रहेको श्रमिक आवाससम्म पुर्याए। उनले वृद्धालाई पानी र रोटी खुवाउँदै तत्कालै ११९ मा सम्पर्क गरी उद्धार टोलीलाई जानकारी गराएका थिए।

वृद्धा सुरक्षित भेटिएको समाचारपछि परिवारजनले विसाललाई बारम्बार धन्यवाद दिएका थिए। विसालले भने, “उहाँ हराउनुभएको थाहा पाएदेखि नै निरन्तर चिन्ता लागेको थियो। ज्यान जोगिनु भयो भन्नेमा खुसी लाग्छ।”

स्थानीयहरूले समेत नेपाली श्रमिकको मानवीयताको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×