जङ्गलमा २४ घण्टाभन्दा बढी हराएकी ७७ वर्षीया वृद्धालाई एक नेपाली श्रमिकले भेटी उद्धार गरेपछि उनको योगदानप्रति स्थानीयबासीदेखि परिवारजनसम्मले प्रशंसा गरेका छन्।
गत सेप्टेम्बर ३० तारिख साँझ ६:३८ बजे इनजे खिरिनम्योन सेरि गाउँस्थित डाँडामा गएकी वृद्धा हराएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए। प्रहरी र उद्धारकर्मीहरूले व्यापक खोजी गरे पनि तत्काल भेटाउन सकेका थिएनन्। वृद्धा डिमेन्सियाबाट पीडित भएकाले स्वयम् फर्किन असम्भवजस्तै देखिएको थियो।
तर करिब २४ घण्टापछि, अक्टोबर १ तारिख साँझ ५:३० बजे, सोही क्षेत्रमा बस्दै आएका ३३ वर्षीय नेपाली श्रमिक विसाल खरेलले असामान्य आवाज सुनेपछि शंका गर्दै जङ्गलतर्फ खोजी थाले। कार्यस्थल नजिकै कुकुर असामान्य रूपमा भुकिरहेको देखेर उनी तत्कालै डाँडातर्फ पुगे र काँपिरहेको अवस्थामा वृद्धालाई भेटे।
विशालले फलामे भर्याङ प्रयोग गरी वृद्धालाई करिब १५० मिटर टाढा रहेक...
१७ आश्विन २०८२, शुक्रबार ०१:३७१७ आश्विन २०८२, शुक्रबार ०१:३७१७ आश्विन २०८२, शुक्रबार ०१:३७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा ...