मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको आत्मबल र जोश उच्च छ। सुनिएको कुरा तुरुन्त बुझ्ने क्षमता देखिन्छ, जसले तपाईंलाई काममा छिटो सफलता दिन सक्छ। नयाँ अवसरहरू आउन सक्ने छन् — त्यसलाई सम्हाल्न आत्मविश्वास साथ अघि बढ्नुस्। सानातिना कुरामा समय खर्च नगर्नुहोस।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक र आर्थिक पक्ष आजको केन्द्रबिन्दु बन्न सक्छ। खर्च र आम्दानीमा सन्तुलन मिलाउनुहोस्। कोही नजिकको व्यक्तिसँग खुलस्त कुरा गर्नु परेमा नरोकिनुहोस् — यथार्थको थोरै स्पर्शले सम्बन्धलाई अझ बलियो बनाउनेछ। शान्त चित्तले निर्णय लिनु उत्तम हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाईंको बोली र व्यवहार प्रभावशाली हुनेछ। तपाईंले बोलेका कुरा अरूले गम्भीरताका साथ लिनेछन्। व्यवसाय, पढाइ, वा कुनै प्रस्तुति रहने कार्यक्रम छ भने तपाईं नै सबैको ध्यानको केन्द्र बन्न सक्नुहुन्छ। ...
११ असार २०८२, बुधबार १३:३२११ असार २०८२, बुधबार १३:३२११ असार २०८२, बुधबार १३:३२ by एलिनाNo Comments
विशाल आवाज: सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा आयोजित “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को यहि आइतबार जुन २९ तारिख सउलमा आय व्यय सार्वजनिक हुने भएको छ।
कोरियन नयाँ वर्ष सलनालको अवसरमा नेपालको चर्चित ब्यान्ड SABIN RAI & PHAROH को साथमा जनवरी २९ तारिख आयोजना भएको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को जुन २९ तारिख मध्यान्ह १२ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा आय व्यय सार्वजनिक हुने भएको हो। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय र नेपाली सम्पर्क समिति(NCC) को सहजीकरणमा भएको कार्यक्रममा पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको प्रस्तुति रहेको थियो।
“सामाजिक कल्याणकारी सहयोगार्थ” आयोजना भएको कार्यक्रमको आयव्यय यहि आइतबार सार्वजनिक गरिने हुदा सम्पूर्ण प्रादेशिक,क्षेत...
११ असार २०८२, बुधबार १०:२५११ असार २०८२, बुधबार १०:२५११ असार २०८२, बुधबार १०:२५ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको यही जुलाई १३ तारिक सुवनमा आठौं अधिवेशन हुने भएको छ।
“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले यही २०८२ साल असार २९ गते (२०२५ जुलाई १३, आइतबार) का दिन कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आठौं अधिवेशन – २०२५ आयोजना गर्न लागेको हो। सुवन स्टेशन गेट नं. १० नजिक रहेको भेटघाट रेस्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रम बिहान ११:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
स्थापना कालदेखी नै प्रवासमा रहेका रुपन्देहीबासीहरूबीच सामाजिक, सांस्कृतिक, र आपसी सहयोगको भावना विस्तार गर्न क्रियाशील रहँदै आएको सस्थाले कोरिया लगायत नेपालमा बिभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ।जुलाई १३ मा हुन...
११ असार २०८२, बुधबार ००:४४११ असार २०८२, बुधबार ००:४४११ असार २०८२, बुधबार ००:४४ by एलिनाNo Comments
दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले नयाँ मन्त्रिमण्डलको नाम सार्वजनिक गर्दा, ५७ वर्षीय ट्रेन चालक किम यङ-हुन त्यसबेला गिमछनदेखि बुसानसम्म ट्रेन चलाइरहेका थिए — फोन बन्द थियो, उनलाई आफू श्रममन्त्री मनोनित भएको कुरा करिब एक घण्टा पछि मात्र थाहा भयो।
किम यङ-हुन दक्षिण कोरियाको श्रम मन्त्रालयको नेतृत्व गर्ने पहिलो श्रमिक (ब्लू-कलर) वर्गका व्यक्ति बन्ने तयारीमा छन्। उनको नियुक्ति प्रगतिशील राष्ट्रपति द्वारा गरिएको हो जसले श्रमिक प्रतिनिधित्वलाई उच्च तहको नीति निर्माणमा ल्याउने प्रयासको प्रतीकका रूपमा हेरिएको छ।
किम श्रमिक आन्दोलनमा दशकभन्दा बढी सक्रिय थिए। उनले २०१०-२०१२ मा कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन्स (KCTU) को नेतृत्व गरेका थिए। यो संघ १२ लाखभन्दा बढी श्रमिकहरूको प्रतिनिधित्व गर्ने देशकै सबैभन्दा ठूलो श्रमिक संगठन हो।
तर, उनको मनोनयनमा समर्थन र आलोचना दुवै उठेको छ।
कु...
११ असार २०८२, बुधबार ००:३९११ असार २०८२, बुधबार ००:३९११ असार २०८२, बुधबार ००:३९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको मन केही उत्साही र सक्रिय देखिन्छ। नयाँ कुरा सिक्ने जिज्ञासा बढ्नेछ। यात्रा वा सानो भ्रमणको अवसर पनि बन्न सक्छ। कसैको सल्लाह सुनेर काम गर्नु राम्रो हुनेछ। अहङ्कारबाट बच्नुस्, दिन सन्तुलित रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन पारिवारिक जिम्मेवारीमा बित्न सक्छ। घरको खर्च वा पैसासँग सम्बन्धित केही कामहरू अघि बढ्नेछन्। बोल्दाखेरि ध्यान दिनुहोला — तपाईंको शब्दले स्नेह ल्याउनेछ या दूरी पनि बढाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वास उच्च देखिन्छ। आफ्ना विचार अरूलाई सहजै बुझाउन सक्नुहुनेछ। पढाइ, लेखाइ, वा नयाँ कामको शुरुवातका लागि पनि राम्रो समय हो। आजको दिन तपाईंका लागि नयाँ अवसरको ढोका खोल्ने संकेत देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अलिकति एकान्त मन पराउने दिन हो। भूतका...
१० असार २०८२, मंगलवार ०९:५२१० असार २०८२, मंगलवार ०९:५२१० असार २०८२, मंगलवार ०९:५२ by एलिनाNo Comments
गत डिसेम्बरमा मार्शल ल लागू भएपछि कमजोर बनेको कोरियन वन पछील्लो समय फेरी लगातार बलियो बन्दै आएको छ। जुन २४ मा दक्षिण कोरियाको वोन/डलर विनिमय दर तीव्र रूपमा घटेर १,३६०.२ वोन प्रति डलर पुगेको छ। अघिल्लो दिनको तुलनामा यो दर २४.१ वोनले घटेको हो। यो दर गत अप्रिल १२ पछि कै सबैभन्दा न्यून हो।
शुरुवातमै विनिमय दर १५.३ वोनले घटेर १,३६९.० वोन बाट खुलेको थियो र दिनभर घट्दै १,३५९.२ वोन सम्म पुगेको थियो।
हालैका दिनहरूमा विनिमय दर १,३६० देखि १,३८० वोनको आसपासमा उतारचढाव भइरहेका थिए। तर, इजरायल र इरानबीच यु-द्धविरामको सहमति पछि अन्तर्राष्ट्रिय बजारमा स्थिरता आएपछि कोरियन वोन बलियो भएको हो।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच "पूर्ण यु-द्धविराम" भएको घोषणा गरेसँगै यस्तो सुधार देखिएको हो।
डलर – वन विनिमयदर तल झरेसँगै कोरियामा कमाएर रेमिटेन्स गर्नेहरुलाई राहत हुनेछ। कोरियन वन बिलि...
१० असार २०८२, मंगलवार ०२:३३१० असार २०८२, मंगलवार ०२:३३१० असार २०८२, मंगलवार ०२:३३ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको जीवनमा नयाँ ऊर्जा र उत्साहको संचार हुनेछ। चन्द्रमाको मेष राशिमा गोचरले तपाईंलाई साहस र आत्मविश्वास प्रदान गर्नेछ। नयाँ योजनाहरूको थालनी गर्न उपयुक्त समय हो। तर, आवेगमा नपरी सोचविचार गरेर अघि बढ्नु आवश्यक छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन तपाईंको आर्थिक पक्षमा सुधार आउने संकेत छन्। व्यापारमा लगानी गर्दा फाइदा हुनेछ। तर, परिवारसँगको सम्बन्धमा केही तनाव आउन सक्छ, त्यसैले संवादमा सावधानी अपनाउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाईंको सामाजिक र बौद्धिक गतिविधिहरूमा वृद्धि हुनेछ। नयाँ मित्रता र सञ्जालको विकास हुनेछ। तर, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, खानपानमा सन्तुलन राख्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंको परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। साझेदार...
९ असार २०८२, सोमबार ०२:१०९ असार २०८२, सोमबार ०२:१०९ असार २०८२, सोमबार ०२:१० by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धन लाभको योग छ। व्यापार, लेनदेन र रोजगारीमा फाइदाजनक अवसर मिल्नेछ। साथीभाइ र परिवारसँग समय बिताउन सकिनेछ। यात्रामा सफलता मिल्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल, प्रतिष्ठा र निर्णय क्षमता बढ्नेछ। मन प्रसन्न हुनेछ, प्रेम र सम्बन्धमा सुदृढता आउँछ। आर्थिक पक्ष पनि सबल बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अलिक एक्लोपन वा मानसिक द्वन्द्व महसुस हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। गुप्त योजना तयार पार्न उपयुक्त दिन हो। बोल्दा वा निर्णय गर्दा विचार पुर्याउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोग र सम्बन्धबाट लाभ मिल्नेछ। सामाजिक काममा सम्मान पाइनेछ। साथीहरूसँग रमाइलो समय बित्नेछ। योजना बनाउने र अगाडि बढ्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे...
८ असार २०८२, आईतवार ०१:००८ असार २०८२, आईतवार ०१:००८ असार २०८२, आईतवार ०१:०० by एलिनाNo Comments
बिशाल आवाज:बिपिन गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले सौल स्थित दुर्गा रेस्टुरेन्टमा भेटघाट, चियापान, विचार विमर्श तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
राजधानी सउलस्थित दुर्गा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा संघले हालै मनोनित गरेका २ संरक्षक सहित १२ जना सल्लाहकारहरूलाई सम्मान गर्दै औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण समेत गरेको हो।
मिति २०२५ मे २५ मा सम्पन्न संघको तेस्रो पूर्ण बैठकले संस्थागत संरचना सुदृढ गर्दै दीर्घकालीन संगठनात्मक कार्ययोजना प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले दक्षिण कोरियामा रहेका केही दिग्गज व्यक्तित्व तथा एनआरएन अभियन्ताहरूलाई संरक्षक एवं सल्लाहकार पदमा मनोनयन गर्ने निर्णय गरेको थियो।
संरक्षक:
• विनोद कुवर
• भीम गुरुङ
सल्लाहकार:
1. लक्ष्मी लामा गुरुङ
...