जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको तापक्रम बढ्यो अब sentBe मा बबाल उपहार तपाईँको भाग्यमा भन्दै जुलाई प्रमोसन सार्वजनिक गरेको छ। जुलाइ महिनाको १ तारिखदेखि ३१ तारिखसम्म सेन्टबि रेमिट्यान्स मार्फत पैसा पठाउनेले हिराको औठीदेखि लिएर एक तोला सुन र पाँच तोला चाँदीसम्म पाउन सक्ने छन्।
सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा हुने जुलाइ प्रमोसन बाट सुन चाँदी र हिरा लगायतका विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। सुरक्षित भरपर्दो र सस्तो माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले जुलाइ १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्...
१७ असार २०८२, मंगलवार १४:०६१७ असार २०८२, मंगलवार १४:०६१७ असार २०८२, मंगलवार १४:०६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:भोजपुर साविक मानेभन्ज्याङ गाविस हाल रामप्रसाद गाउँपालिका घर भई दक्षिण कोरिया रोजगारीका सिलसिलामा कोरियाको ख्याङसाङबोक्दो आन्दोङमा कार्यरत टेकराज खत्रीको उपचार गरी डिस्चार्ज गराउन आर्थिक अभावका कारण समस्या भएको हुँदा कोरियामा सहयोग अभियान सञ्चालन भइरहेको छ।
कोरिया प्रवेश गरेको १० महिनामै बिरामि भइ बिगत तीन महिना देखि उपचाररत खत्रीको कम्पनीले कुनै पनि सहयोग प्रदान नगरेको र उपचार खर्च हालसम्म २ करोड वन भन्दा बढी पुगिसकेको हुनाले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गराउने उद्देश्य सहित भोजपुर परिवारले “टेकराज खत्री बचाउ” अभियान सञ्चालन गरी सहयोग संकलन गरिरहेको छ।
सहयोगका लागि THAPA KUMAR को IBK BANK मा रहेको खाता नम्बर 221-425464-02-028 मा रकम पठाई यसरी अप्रत्यासित घटनाका कारण विपदमा परेका व्यक्तिको जीवन रक्षासहित सकुशल डिस्चार्ज गराउन सबैजनाले सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।...
१६ असार २०८२, सोमबार ०८:१६१६ असार २०८२, सोमबार ०८:१६१६ असार २०८२, सोमबार ०८:१६ by विशाल श्रेष्ठNo Comments
मदिरा सेवन गरेर गाडी थोरै मात्र हल्लाएको अभियोगमा एक सरकारी कर्मचारीलाई कोरियाको अदालतले जरिवाना सजाय सुनाएको छ।
चुनछन जिल्ला अदालतका न्यायाधीश 박동욱 का अनुसार, सडक यातायात ऐन अन्तर्गत मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा ३३ वर्षीय A 씨 लाई ५ लाख वोन (करिब ५२ हजार नेपाली रुपैयाँ) जरिवाना तोकिएको हो।
सरकारी कर्मचारी A 씨 ले गत वर्ष डिसेम्बर ७ तारिख मध्यराततिर रगतमा मदिरा मात्रा ०.१४०% रहेको अवस्थामा कारलाई करिब ३० सेण्टिमिटर जति चलाएको आरोपमा मुद्दा चलाइएको थियो।
यस घटनापछि उनलाई प्रारम्भिक रूपमा ६ लाख वोन जरिवानाको आदेश दिइएको थियो, तर उनले मुद्दा लड्दै सजाय घटाउन अनुरोध गरेका थिए।
अदालतले भनेको छ, “त्यतिबेला रगतमा मदिराको मात्रा उच्च थियो,” तर उनी आफ्नो गल्ती स्वीकार गरिरहेको, गाडी धेरै टाढा नचालिएको, आर्थिक अवस्था कमजोर देखिएको, र यसअघि यस्तै अपराधको कुनै रेकर्ड नभएको कुरा ध्यानमा...
१५ असार २०८२, आईतवार ०३:०७१५ असार २०८२, आईतवार ०३:०७१५ असार २०८२, आईतवार ०३:०७ by विशाल श्रेष्ठNo Comments
चर्चित गीत झलिको झलल को कभर भिडियो द. कोरियामा बस्ने नेपालीहरुले सार्वजनिक गरेका छन् । के छ कोरिया प्रोडक्सन युनिटले तयार पारेको भिडियोलाई द. कोरिया ह्वासंग स्थित जोगी रेष्टुरेन्टमा प्रिमियर गरेको थियो । साथै भिडियो के छ कोरिया युट्युब च्यानलमा हेर्न सकिन्छ ।
गायक राजु ढकाल र गायीका देबी घर्ति मगरको स्वरमा रहेको उक्त गीतको कभर भिडियोको कथा छायांकन एडिट तथा डिरेक्सन तिलक छन्त्यालले गरेका हुन भने उक्त कभर भिडियोमा विकास नेपाली, धनु तामांग, प्रेम सेर्वुजा, सुदेस्ना गुरुंग, टोपीक लिम्बु, टीका नेपाली ले अभिनय गरेका छन् ।
त्यसैगरी विशालआवाज र ईपिएस छिन्गु मिडिया सहयोगी भूमिकामा रहेका छन् । भिडियोलाई यहाँ हेर्नुहोला ।
https://www.youtube.com/watch?v=PGKf2rTOZCE...
१३ असार २०८२, शुक्रबार ०९:५८१३ असार २०८२, शुक्रबार ०९:५८१३ असार २०८२, शुक्रबार ०९:५८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाली सरकारले यो वर्षको दोस्रो छ महिनाका लागि करिब २२,७०० विदेशी मौसमी श्रमिकहरू खटाउने योजना सार्वजनिक गरेको छ।
यसले बाली भित्र्याउने समयमा श्रमिक अभाव झेलिरहेका ग्रामीण कृषि तथा मत्स्य क्षेत्रलाई सहयोग गर्नेछ। न्याय मन्त्रालयले कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालय र समुद्री तथा मत्स्य मन्त्रालयसँगको छलफलपछि देशभरका १०० वटा स्थानीय सरकारलाई २२,७३१ विदेशी श्रमिक पठाउने निर्णय गरेको हो।
यो निर्णयले आगामी बाली भित्र्याउने सिजनलाई ध्यानमा राख्दै कृषि र मत्स्य क्षेत्रमा बढ्दो श्रमिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।
योसंगै, सन् २०२५ मा कुल ९५,७०० विदेशी मौसमी श्रमिक दक्षिण कोरियाली कृषि तथा मत्स्य क्षेत्रमा खटिनेछन्। जसमध्ये ८६,६३३ जना कृषि क्षेत्रमा र ८,८७६ जना मत्स्य क्षेत्रमा खटाइनेछन्। यसअघि पहिलो छ महिनामा ७२,६८४ जना श्रमिक ल्याउने योजना सरकारले घोषणा...
१३ असार २०८२, शुक्रबार ०५:४४१३ असार २०८२, शुक्रबार ०५:४४१३ असार २०८२, शुक्रबार ०५:४४ by विशाल श्रेष्ठNo Comments
कोरियामा हाल कार्यरत ईपीएस (EPS) श्रमिकहरूको संख्या ३,३७,१६५ जना रहेको छ।
१६ वटा देशहरू मध्ये नेपाल पहिलो स्थानमा रहेको छ।
४९,५९५ जना नेपाली E-9 श्रमिकहरु अहिले कोरियामा कार्यरत छन्।
कम्बोडियाका ४८,८५६ जना, भियतनामका ४२,१२३ जना, इन्डोनेसियाका ४०,७९६ जना र म्यानमारका ३१,९३६ जना श्रमिक सहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।
🔹 नेपालबाट आउने E-9 भिसाधारी श्रमिक
• २०२५ को मे महिनामा २,०९४ जना कोरिया भित्रिए।
• जनवरीदेखि मेसम्म कुल ११,४२६ जना नेपाली श्रमिक प्रवेश गरेका छन् ।
🔹 कोरियामा रहेका कुल नेपाली E-9 श्रमिक
• २०२५ मेको अन्त्यसम्म कुल ४९,५९५ नेपाली E-9 श्रमिक कोरियामा कार्यरत छन्।
• यो संख्या गत वर्षको मे महिनाको तुलनामा २,४८७ जना ले वृद्धि भएको हो।
🔹 नेपाली कामदार वृद्धिदर
• अन्य धेरै देशहरूको तुलनामा नेपालको वृद्धिदर उल्लेखनीय छ।
• नेपालपछी E-9 श्...
१३ असार २०८२, शुक्रबार ०५:३७१३ असार २०८२, शुक्रबार ०५:३७१३ असार २०८२, शुक्रबार ०५:३७ by विशाल श्रेष्ठNo Comments
रेभरेन्ड जू योङ्-बङ् धार्मिक प्रवचनहरू दिने कामबाट फुर्सद भएका बेला मासुका निम्ति कुकुर पाल्ने गर्छन्। तर अहिले त्यो व्यवसाय राम्रो चलेको छैन। अब यो व्यवसाय गैरकानुनी बन्ने सङ्घारमा पुगेको छ।
"गत गर्मीयामदेखि नै हामीले हाम्रा कुकुर बेच्न चाहेका थियौँ। तर व्यापारीहरू अनकनाइरहेका छन्," ६० वर्षीय जू ले बीबीसीलाई भने, "एकजना पनि किन्न आएनन्।"
कुकुरको मासु उपभोगमा प्रतिबन्ध
सन् २०२४ मा दक्षिण कोरियाली सरकारले उपभोगका निम्ति कुकुरको मासुमाथि देशव्यापी प्रतिबन्ध लगाएको थियो। गत ज्यानुअरीमा पारित भएको कानुनले जू जस्ता किसानलाई सन् २०२७ को फेब्रुअरीभित्र व्यवसाय बन्द गरेर बाँकी पशु विक्री गरिसक्न समय दिएको छ। तर कतिपयका अनुसार पुस्तौँदेखिको व्यवसाय सम्मिलित उक्त उद्योगलाई चरणबद्ध ढङ्गबाट अन्त्य गर्न समय अपुग छ। साथै अधिकारीहरूले किसान र पालिएका करिब पाँच लाख कुकुरको सुरक्षित व्यवस्थापनबारे...
१२ असार २०८२, बिहीबार १०:२९१२ असार २०८२, बिहीबार १०:२९१२ असार २०८२, बिहीबार १०:२९ by विशाल श्रेष्ठNo Comments
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई 'हामी' नामको मोबाइल एप्लिकेसन ल्याएका छन्।
कोरिया जाने श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको पुनःएकीकरणमा सहयोग पुर्याउने उद्देश्यले एप ल्याइएको हो।
'हामी' को अर्थ ह्याप्पी माइग्रेसन रहेको उल्लेख गरिएको छ। नेपाली भाषामा यसको अर्थ 'हामी' पनि हुन्छ, जसले समुदायको भावना र आपसी माया–ममता झल्काउँछ।
एप सुरूसँगै आप्रवासन सम्मेलन पनि आयोजना गरिएको थियो, जसमा नेपाल सरकार, कोरिया, स्विजरल्यान्ड र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रतिनिधिहरूले भाग लिएर आप्रवासनमा उत्कृष्ट अभ्यासहरू साझा गरे।
यो कार्यक्रम कोइकाको सन् २०२२ मा सुरू गरिएको नेपाल फर्किएका श्रमिकहरूको पुनःएकीकरण कार्यक्रमको निरन्तरता रहको कोइकाले जनाएको छ।
यो एपबाट रोजगार अनुम...
११ असार २०८२, बुधबार १४:०८११ असार २०८२, बुधबार १४:०८११ असार २०८२, बुधबार १४:०८ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल/दक्षिण कोरिया :नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगस्ट २४, आइतबार (२०८१ भदौ ७ गते) को दिन कोरियाको दोङदेमुन (서울시 중구 퇴계로 417 )सुविधासम्पन्न स्थलमा आयोजना हुने मन्चका अध्यक्ष रुद्र पौडेल ले जानकारि दिनुभयो !!
प्रवासमा रहे पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वको गौरवलाई सजीव राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमलाई इतिहासमै स्मरणीय बनाउने तयारी मञ्चले अगाडि सारेको छ।
हरितालिका तीजको मौलिक स्वाद
कार्यक्रममा सहभागीहरूले नेपालकै परम्परागत तीजका दर परिकारहरू – सेलरोटी, दूध–चिउरा, अचार, तरकारी, मिठाईलगायतका स्वादिष्ट भोजनहरूको स्वाद लिन पाउनेछन्। खाना तयारीमा पनि...
११ असार २०८२, बुधबार १३:४०११ असार २०८२, बुधबार १३:४०११ असार २०८२, बुधबार १३:४० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा दक्षिण कोरियालि नेपाली समाजमा चिरपरिचित व्यक्ति विकास बोहराले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने भएको छ ।
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा दक्षिण कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुदूरपश्चिम समाजको निवार्तमान उपाध्यक्ष तथा हालको प्रवक्ता विकास बोहराले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।
कोरियाको नेपाली समुदायमा अत्यन्त मिलनसार, लोकप्रिय र सामाजिक काममा निरन्तर लागिरहने व्यक्तिको रूपमा परिचित बोहरा विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै ...