कोरियन महान चाड छुसकको अवसर पारि सेप्टेम्बर १७ तारिखको दिनमा कोरियामै पहिलोपटक “सेलो नाइट विथ विश्व दोङ” हुने भएको छ । साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको संयुक्त आयोजनामा छुसकको दोश्रो दिन सउलमा सेलो नाइटको आयोजना हुन लागिएको हो ।
‘पुस्तकालय निर्माण सहयोगार्थ’ आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङको साथमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। सेलो नाइट कार्यक्रमको लागि नेपालबाट आमन्त्रित गायक विश्व दोङको भिसा लागिसकेको समेत आयोजकले विशाल आवाजलाई जनाएको छ ।
दक्षिण कोरियाको सौल दोङ्देमुन नजिक रहेको...
१२ भाद्र २०८१, बुधबार ०६:२११२ भाद्र २०८१, बुधबार ०६:२११२ भाद्र २०८१, बुधबार ०६:२१ by विशाल श्रेष्ठNo Comments
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा खिम्जे नेपाली समाज दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख खिम्जेमा आयोजना हुन लागिरहेको तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सस्थाका अध्यक्ष रत्न क्षत्रिले ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
दक्षिण कोरियाको खिम्जे मा सेप्टेम्बर १ तारिख आइतबारका दिन बिहान ११ बजेदेखि साझ ६ बजेसम्म खिम्जे नेपाली समाज दक्षिण कोरियाले तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल खिम्जे स्थित 김제시 갈공길 ३२ मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि १५ हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।
पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै खिम्जे नेपाली समाजले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासम...
१२ भाद्र २०८१, बुधबार ०४:५०१२ भाद्र २०८१, बुधबार ०४:५०१२ भाद्र २०८१, बुधबार ०४:५० by विशाल श्रेष्ठNo Comments
अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।
केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।
प्रहरील...
११ भाद्र २०८१, मंगलवार १४:०७११ भाद्र २०८१, मंगलवार १४:०७११ भाद्र २०८१, मंगलवार १४:०७ by विशाल श्रेष्ठNo Comments
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सुवनमा आयोजना हुन लागिरहेको भेटघाट तथा तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक मनोज पौडेलले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
दक्षिण कोरियाको सुवन स्थित दिल्ली ढावा इन्डियन रेस्टुरेन्टको चौथो तल्लामा रहेको सभा हलमा सेप्टेम्बर १ तारिख आइतबारका दिन दिनको १२ बजेदेखि अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले भेटघाट तथा तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल सुवन स्टेशन लर्ड नम्बर गेटबाट ३० मिटर अगाडि 경기 수원시 팔달구 매산로 6-2 मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि ३० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।
पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै अर्घाखाँची सम्पर्...
११ भाद्र २०८१, मंगलवार ११:५१११ भाद्र २०८१, मंगलवार ११:५१११ भाद्र २०८१, मंगलवार ११:५१ by विशाल श्रेष्ठNo Comments
असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।
निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतीक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ ।
फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित रहेको भन्दै निर्माणपक्षले चाँडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास...
११ भाद्र २०८१, मंगलवार ११:४२११ भाद्र २०८१, मंगलवार ११:४२११ भाद्र २०८१, मंगलवार ११:४२ by विशाल श्रेष्ठNo Comments
यही आउँदो कोरियन महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” आयोजना हुने भएको छ।
बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यस पालि छुसक को पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथ मा हुने भएको हो।
ख्यङसाङ बुसान क्षेत्र मा रहेको विभिन्न १५ ओटा संघ संस्थाहरु को सहयोग मा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २०००० वन तोकिएको छ।किम्हे 시장 NH BANK अगाडि वाट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको कार्यक्रम 김해시 가야로 202 मा हुने तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको अध्यक्ष सोम योन्जनले विशाल आवाजसँगको कुराकानीमा बताउनुभयो।
बिशेष गरी दक्षिण कोरियाको किम्हे बु...
११ भाद्र २०८१, मंगलवार ११:३५११ भाद्र २०८१, मंगलवार ११:३५११ भाद्र २०८१, मंगलवार ११:३५ by विशाल श्रेष्ठNo Comments
गत बर्सझै यो बर्स पनि सामसङ जिवन बिमा कम्पनिले आफ्नो भाबी योजना,आफ्नो बिमा पोलिसि,life Insurance(생명보험) र Non-Life Insurance (손해보험)को अन्तर लगायतको विषयमा १ दिने “HARMONY DAY”कार्यक्रम सम्पन्न गरेको छ।
경기도 용인 को 삼성생명 휴먼센터 ( SAMAUNG LIFE INSURAANCE HUMAN CENTER)को हलमा सम्पन्न गरेको कार्यक्रममा सामसङ जिवन बिमा कम्पनिको बिमा अभिकर्ताहरुको उलेख्य सहभागी रहेको थियो भने नेपालको तर्फबाट बिमा अभिकर्ता ज्ञानु तामाङले सहभागी जनाउनुभएको थियो ।
कार्यक्रममा बिदेशी डिपार्ट इन्चार्ज 오종철 र 최만성 प्रो ले सामसङ जिवन बिमा कम्पनी स्थापना कालदेखिनै अग्र पङ्तिमा रहेको जानकारी दिनुको साथै आफ्नो भाबी योजनाको बारे यसरी प्रस्ट पारेका थिए।
कोरियामा दिनप्रतिदिन बिदेशिको सङ्ख्या बड्दो छ र सामसङ जिवन बिमा कम्पनिमा बिमा गर्ने बिदेशिको सङ्ख्या पनि त्यसरि नै बड्दो छ ।त्यसैले आगामी दि...
११ भाद्र २०८१, मंगलवार ०८:१५११ भाद्र २०८१, मंगलवार ०८:१५११ भाद्र २०८१, मंगलवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।
काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो ।
भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन्...
१० भाद्र २०८१, सोमबार ०८:३९१० भाद्र २०८१, सोमबार ०८:३९१० भाद्र २०८१, सोमबार ०८:३९ by विशाल श्रेष्ठNo Comments
हेर्ने कथा/बिद्या चापागाइ :हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं - फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।
प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए ।
प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन । तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को न...
९ भाद्र २०८१, आईतवार ०८:३३९ भाद्र २०८१, आईतवार ०८:३३९ भाद्र २०८१, आईतवार ०८:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: खोर्यङ नेपाली समाज दक्षिण कोरियाको वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम यही आउँदो सेप्टेम्बर १ तारिखका दिन 경북 고령군 대가야읍 고아리588 मा हुने भएको छ।
“हाम्रो एकता सामाजिक कार्यमा प्रतिबद्धता” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको थेगु स्थित सक्रिय खोर्यङ नेपाली समाज दक्षिण कोरियाले सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान १० बजेदेखि वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको हो।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारि विभिन्न नेपाली परिकार सगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ४० हजार वन र महिलाको लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ।
नेपाली भाषा- धर्म, साहित्य, कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गराउने हेतुका साथ साथै संस्थाको राहतकोषलाई मजवुद बनाउने थेगु आसपास...