
यही आउँदो कोरियन महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” आयोजना हुने भएको छ।
बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर ” नाना आङा धिम ” सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यस पालि छुसक को पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथ मा हुने भएको हो।


ख्यङसाङ बुसान क्षेत्र मा रहेको विभिन्न १५ ओटा संघ संस्थाहरु को सहयोग मा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २०००० वन तोकिएको छ।किम्हे 시장 NH BANK अगाडि वाट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको कार्यक्रम 김해시 가야로 202 मा हुने तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको अध्यक्ष सोम योन्जनले विशाल आवाजसँगको कुराकानीमा बताउनुभयो।

बिशेष गरी दक्षिण कोरियाको किम्हे बुसानमा रहनुभएको सम्पूर्ण नेपाली दाजू भाई दीदी बहिनीहरू लाई “छुसक नाइट डान्स पार्टी” मा उपस्थित भइ कार्यक्रम लाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।










