
कोरियन महान चाड छुसकको अवसर पारि सेप्टेम्बर १७ तारिखको दिनमा कोरियामै पहिलोपटक “सेलो नाइट विथ विश्व दोङ” हुने भएको छ । साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको संयुक्त आयोजनामा छुसकको दोश्रो दिन सउलमा सेलो नाइटको आयोजना हुन लागिएको हो ।
‘पुस्तकालय निर्माण सहयोगार्थ’ आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङको साथमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। सेलो नाइट कार्यक्रमको लागि नेपालबाट आमन्त्रित गायक विश्व दोङको भिसा लागिसकेको समेत आयोजकले विशाल आवाजलाई जनाएको छ ।



दक्षिण कोरियाको सौल दोङ्देमुन नजिक रहेको 서울특별시 성북구 동소문로20 나길47, 지하2층 8201호 मा हुने कार्यक्रमको प्रवेश शुल्क ३ मान वन कोरियन तोकिएको छ भने भीआईपी टिकट शुल्क ५ मान वन तोकिएको छ । दक्षिण कोरियामा रहेका अन्य कार्यक्रमलाई असर नपर्नेगरी १७ तारिखको राती कार्यक्रम गर्न लागिएको शुभराज भोम्जनले बताएका छन् । सेप्टेम्बर १७ तारिख राती ८ बजे देखि बिहान ६ बजे सम्म हुने “सेलो नाइट विथ विश्व दोङ” कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले आग्रह समेत गरेका छन् ।

यसपालि पनि विगतमा झैं कोरियन पर्व छुसकमा कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले नेपालबाट ख्यातिप्राप्त कलाकारहरु ल्याएर कार्यक्रमहरु गर्दैछन। यस पर्वमा लामो छुट्टी करिब ५ दिन छुट्टी हुने गर्दछ। यसै छुट्टीको अवसर पारी कोरिया मा रहेका नेपाली संघसंस्थाहरुले विभिन्न कार्यक्रम हरु गरि छुट्टी मनाउने गर्दछ।










