राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रि को पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी १५, २०२६ मा आयोजना गरेको ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रमबाट कुल २ करोड १० लाख ६७ हजार ३३३ वोन आम्दानी भएको छ। आम्दानीतर्फ संस्थागत सहयोगबाट २० लाख २६ हजार वोन, उपस्थितिबाट १ करोड ४१ लाख ६० हजार वोन, कार्यक्रम लक्षित सहयोगबाट ४१ लाख २० हजार ३३३ वोन तथा प्रायोजनबाट ७ लाख ६१ हजार वोन संकलन भएको उल्लेख गरिएको छ।
त्यस्तै कार्यक्रम सञ्चालनका क्रममा १ करोड २९ लाख १६ हजार वोन खर्च भएको छ। जसअन्तर्गत प्रचार–प्रसार, व्यानर तथा टिकट व्यवस्थापनमा ५ लाख ४६ हजार वो...
३० फाल्गुन २०८२, शनिबार ०८:२४३० फाल्गुन २०८२, शनिबार ०८:२४३० फाल्गुन २०८२, शनिबार ०८:२४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको सामाजिक संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १९औँ अधिवेशन भेलि सियोलमा आयोजना हुँदैछ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला अध्यक्ष पदका लागि पाँच जना आकांक्षी देखिएका छन्। अध्यक्ष पदका लागि हर्क बिष्ट, मनोज कुमार सुवेदी, प्रविण गिरी, चित्र घले र हरिप्रसाद खनालबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यसपटक नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच व्यापक चासो बढाएको छ।
यद्यपि भोलि हुने अधिवेशनबाटै नयाँ कार्यसमिति गठन हुने सम्भावना भने कम देखिएको छ। अधिवेशनमा सहभागी पक्षहरूबीच सहमति जुटेर सर्वसम्मत नेतृत्व चयन गर्न सकिएमा मात्रै भोलि नै नयाँ नेतृत्व टुंगिन सक्ने बताइएको छ। यदि सर्वसम्मत सहमति जुट्न नसकेमा भने भोलि उम्मेदवारी आह्वान, उम्मेदवारी दर्ता तथा अन्य आवश्यक प्रक्रिया पूरा गर...
३० फाल्गुन २०८२, शनिबार ०५:४२३० फाल्गुन २०८२, शनिबार ०५:४२३० फाल्गुन २०८२, शनिबार ०५:४२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको आगामी अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी र योजना सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसैबीच एनसीसीका हालका उपाध्यक्ष मनोज कुमार सुबेदीले अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै विस्तारित चुनावी योजना सार्वजनिक गर्नुभएको छ।
विगत दुई दशकदेखि नेपालमा सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका सुबेदीले करिब एक दशकभन्दा बढी समयदेखि दक्षिण कोरियामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सामाजिक सेवामा संलग्न रहँदै आएको अनुभवका आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई “समावेशी नेतृत्व, सशक्त समुदाय” को अवधारणामा आधारित रहेको उल्लेख गर्नुभएको छ।
सुबेदीका अनुसार सन् १९९३ मा एनसीसी स्थापना भएदेखि ...
३० फाल्गुन २०८२, शनिबार ०३:०३३० फाल्गुन २०८२, शनिबार ०३:०३३० फाल्गुन २०८२, शनिबार ०३:०३ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको अधिवेशन नजिकिँदै जाँदा यहाँको नेपाली समुदायमा चुनावी माहोल झन् तातिएको छ। राजधानी सोलमा आइतबार, मार्च १५ मा हुने अधिवेशनमार्फत संस्थाको नयाँ नेतृत्व चयन गरिने भएकाले प्रवासी नेपालीहरूको ध्यान अहिले एनसीसीको नेतृत्व चयनतर्फ केन्द्रित भएको छ।
यसै सन्दर्भमा एनसीसी दक्षिण कोरियाका हालका वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट अध्यक्ष पदका बलिया दाबेदारका रूपमा उदाउनुभएको छ। लामो समयदेखि सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका बिष्टको नाम अहिले नेपाली समुदायबीच व्यापक रूपमा चर्चामा रहेको देखिन्छ।
ईपीएस प्रणालीमार्फत करिब डेढ दशकअघि दक्षिण कोरिया प्रवेश गर्नुभएका बिष्टले प्रवास बसाइका क्रममा विभिन्न सामाजिक अभियान, सामुदायिक कार्यक्रम तथा सहयोगात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ...