Advertisement
Advertisement

एनसीसी दक्षिण कोरियाको १९औँ अधिवेशन भोली : अध्यक्ष पदमा पाँच जनाबीच प्रतिस्पर्धा, सर्वसम्मति नभए २२ मार्चमा मतदान , ५२२ जना अधिवेसन प्रतिनिधि बाट नेतृत्व चयन हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको सामाजिक संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १९औँ अधिवेशन भेलि सियोलमा आयोजना हुँदैछ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला अध्यक्ष पदका लागि पाँच जना आकांक्षी देखिएका छन्। अध्यक्ष पदका लागि हर्क बिष्ट, मनोज कुमार सुवेदी, प्रविण गिरी, चित्र घले र हरिप्रसाद खनालबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यसपटक नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच व्यापक चासो बढाएको छ।

यद्यपि भोलि हुने अधिवेशनबाटै नयाँ कार्यसमिति गठन हुने सम्भावना भने कम देखिएको छ। अधिवेशनमा सहभागी पक्षहरूबीच सहमति जुटेर सर्वसम्मत नेतृत्व चयन गर्न सकिएमा मात्रै भोलि नै नयाँ नेतृत्व टुंगिन सक्ने बताइएको छ। यदि सर्वसम्मत सहमति जुट्न नसकेमा भने भोलि उम्मेदवारी आह्वान, उम्मेदवारी दर्ता तथा अन्य आवश्यक प्रक्रिया पूरा गरिनेछ।

त्यसपछि प्रत्यक्ष मतदानमार्फत नेतृत्व चयन गर्ने तयारी गरिएको छ। कार्यतालिकाअनुसार आगामी मार्च २२ तारिख बिहान १० बजे बाट प्रत्यक्ष मतदान गरिनेछ, जहाँ ५२२ जना अधिवेशन प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ नेतृत्व चयन गर्नेछन्। प्रतिनिधिहरूको मतका आधारमा एनसीसी दक्षिण कोरियाको आगामी कार्यकालका लागि अध्यक्षसहित नयाँ कार्यसमिति गठन हुनेछ।

दक्षिण कोरियामा रहेका नेपालीहरूको हकहित, सामाजिक एकता तथा विभिन्न सामुदायिक गतिविधिमा सक्रिय मानिने एनसीसीको नेतृत्व चयन प्रक्रियालाई यसपटक विशेष चासोका साथ हेरिएको छ। पाँच आकांक्षीबीच देखिएको प्रतिस्पर्धाले अधिवेशनलाई थप रोचक बनाएको बताइन्छ। अब सर्वसम्मत नेतृत्व चयन हुन्छ वा प्रतिनिधिहरूको मतदानबाट नयाँ नेतृत्व टुंगिन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×