Advertisement
Advertisement

एनसीसी दक्षिण कोरियाको अध्यक्षमा मनोज कुमार सुबेदीको उम्मेदवारी घोषणा, ‘समावेशी नेतृत्व र सशक्त समुदाय’ मुख्य एजेन्डा

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको आगामी अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी र योजना सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसैबीच एनसीसीका हालका उपाध्यक्ष मनोज कुमार सुबेदीले अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै विस्तारित चुनावी योजना सार्वजनिक गर्नुभएको छ।

विगत दुई दशकदेखि नेपालमा सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका सुबेदीले करिब एक दशकभन्दा बढी समयदेखि दक्षिण कोरियामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सामाजिक सेवामा संलग्न रहँदै आएको अनुभवका आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई “समावेशी नेतृत्व, सशक्त समुदाय” को अवधारणामा आधारित रहेको उल्लेख गर्नुभएको छ।

सुबेदीका अनुसार सन् १९९३ मा एनसीसी स्थापना भएदेखि हालसम्म संस्थाको नेतृत्व नेपालका विभिन्न क्षेत्रबाट हुँदै आएको भए पनि मध्य क्षेत्र (बागमती प्रदेश) बाट नेतृत्व नआएको सन्दर्भमा आफूले सो क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताउनुभएको छ। साथै आफू अन्तरजातीय परिवार (आमा किराँती र बुबा खस–आर्य) बाट आएकाले आफ्नो उम्मेदवारी बहु समुदायको प्रतिनिधित्व गर्ने दाबी पनि गर्नुभएको छ।

उहाँले बाल्यकालदेखि नै गीत–संगीत, कला, साहित्य तथा खेलकुदसँग जोडिँदै हुर्किएकाले कला, खेलकुद र सृजनात्मक क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवारीसमेत भएको उल्लेख गर्नुभएको छ। समाजसेवा, आध्यात्मिक अभ्यास तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको अनुभवले आफूलाई सामाजिक, राजनीतिक तथा आध्यात्मिक प्रतिनिधिका रूपमा अघि बढाएको उहाँको भनाइ छ। मजदुरी, कृषि र व्यवसायसँगको अनुभवका कारण आफ्नो उम्मेदवारी श्रमिक, किसान तथा व्यवसायी समुदायको प्रतिनिधित्व गर्ने पनि उहाँले बताउनुभएको छ।

सुबेदीले सार्वजनिक गरेको योजनापत्रमा दक्षिण कोरियामा रहेका नेपालीहरूको अधिकार, श्रम सुरक्षा र सामाजिक हितका लागि कोरियाली सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै नेपाल–दक्षिण कोरिया सम्बन्धलाई शिक्षा, व्यापार तथा प्रवासी हितका क्षेत्रमा अझ सुदृढ बनाउन पहल गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ।

धार्मिक तथा सांस्कृतिक सहिष्णुतालाई प्राथमिकतामा राख्दै हिन्दु, बौद्ध, किराँत, मुस्लिम, ईसाई लगायत सबै धर्म र संस्कृतिलाई सम्मान गर्दै सामूहिक रूपमा चाडपर्व मनाउने वातावरण सिर्जना गर्ने उहाँको योजना छ। दशैं, तिहार, होली, ल्होसार, ईद, क्रिसमस लगायतका पर्वहरूलाई विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै भव्य रूपमा मनाउने अवधारणा पनि उहाँले प्रस्तुत गर्नुभएको छ।

यसैगरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, विद्यार्थी, मजदुर र व्यवसायीहरूका लागि सहयोग कार्यक्रम, खेलकुद प्रतियोगिता, साहित्यिक गतिविधि तथा नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

सूचना र सञ्चारलाई प्रभावकारी बनाउन डिजिटल प्लेटफर्म विकास गर्ने, समुदायलाई उपयोगी जानकारी उपलब्ध गराउने तथा मानसिक स्वास्थ्य, डिप्रेसन र आत्महत्याजस्ता समस्यालाई न्युनिकरण गर्न मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने योजना पनि सुबेदीले सार्वजनिक गर्नुभएको छ।

दीर्घकालीन रूपमा दक्षिण कोरियामा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै सुबेदीले प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै सेवा गर्ने अवसर दिन आग्रह गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×