Advertisement
Advertisement

Day: २३ मंसिर २०८२, सोमबार ११:१९

सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन आगामी जनवरी ११ (पुस २७) का दिन आयोजना गर्ने भएको छ। अधिवेशनलाई नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रमका रूपमा मनाइनेछ। संस्थाका अध्यक्ष श्याम अर्यालका अनुसार अधिवेशनमार्फत संस्थाको विगतका गतिविधिको समिक्षा, भावी कार्ययोजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन गरिनेछ। अध्यक्ष अर्यालले ‘पाँच स’ ले नेपाली सनातन धर्म, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित दक्षिण कोरियामा सतत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो। नेपालको मौलिक धर्म–संस्कृतिलाई विदेशी भूमिमा पनि जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको अध्यक्ष अर्यालको भनाइ छ। सोही उद्देश्यअनुसार ‘पाँच स’ दक्षिण कोरियाको आन्सान...
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न ,मिलन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न ,मिलन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा मिलन थापा निर्वाचित भएका छन्। सुवनको भेटघाट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा केन्द्रिय सदस्य सुर्य खड्का उपस्थित भएका थिए भने , निर्वाचन समितिका संयोजक बन्धु काफ्ले, रेबिका लामिछाने, संस्थापक अध्यक्ष जितन श्रीष लगायत थिए ।   नवनिर्वाचित कार्यसमिति (२०२५–२०२८) 1) अध्यक्ष – मिलन थापा 2) प्रथम उपाध्यक्ष – ललित गिरी 3) द्धितीय उपाध्यक्ष – सरोज गुरुङ 4) महिला उपाध्यक्ष – बिपना अधिकारी 5) सचिव – विशाल थापा 6) कोषाध्यक्ष – रबित मगर 7) सह–सचिव – बिमल अधिकारी 8) सह–कोषाध्यक्ष – मानकाजी शाक्य 9) सदस्य – बिकास नेपाली 10) सदस्य – देवेन्द्र पुन 11) सदस्य – छबि गुरुङ 12) सदस्य – यानु पुन 13...
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११ तारिख, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यस समाजले हरेक वर्षझैँ यस वर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरेको हो। कार्यक्रमको स्थान भने चाँडै अर्को सूचनामार्फत सार्वजनिक गरिने महासचिव सोभाकर शर्माले जानकारी दिनुभएको छ। सोही दिन २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिने समाजले जनाएको छ। दक्षिण कोरियामा रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा रहेका बाग्लुङवासीहरूको आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनका उद्देश्...
आजको राशिफल: २०८२ मंसिर २२ गते सोमबार

आजको राशिफल: २०८२ मंसिर २२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मबल बढ्नेछ। पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोग पाइनेछ। आर्थिक लाभको सम्भावना छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक अघि बढ्नुहोस्। नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। अनावश्यक खर्च बढ्ने संकेत छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइनेछ। पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ। खर्च बढ्न सक्छ, सचेत रहनुहोस्। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शुभ समाचार पाइने स...