८५ लाख वोन सकियो, अब ३ करोडभन्दा बढी चाहिनेः क्यान्सरसँग लडिरहेका तोप प्रसादको उपचार खर्च जुटाउन सहयोगको आग्रह
बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नम्बर–३, सेर्माखोला घर भई हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियाको छल्लानाम्दो (전라남도) 영암군 학산면 묵동길 23 स्थित गाई फार्ममा कार्यरत तोप प्रसाद बुढा मगर पछिल्ला तीन महिनादेखि स्टमक क्यान्सर (Grade–4) को गम्भीर अवस्थाबाट पीडित छन्। चिकित्सकका अनुसार उहाँको आमाशय (भुँडी) नै शल्यक्रिया गरेर फाल्नुपर्ने जटिल अवस्था भएको छ।
बीमा भए पनि केमोथेरापी अत्यन्त महँगो पर्ने भएकाले उपचार खर्च पुर्याउन कठिन भएको परिवारले जनाएको छ। यही कारण स्थानीय संघ–संस्था र समुदायको सल्लाहमा उहाँले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र विभिन्न संघ–संस्थासमक्ष सहयोगको अपिल गरेका छन्।
हाल उहाँ सउलको 강북삼성병원 मा निरन्तर उपचारमा रहनुभएको छ। अहिलेसम्म आवश्यक ८ पटक केमोथेरापीमध्ये ३ पटक उपचार गरिसक्दा करिब ८५ लाख वोन (Rs. 850,000/-) भन्दा बढी खर्च भइसकेको छ। चिकित्सकका अन...



