बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नम्बर–३, सेर्माखोला घर भई हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियाको छल्लानाम्दो (전라남도) 영암군 학산면 묵동길 23 स्थित गाई फार्ममा कार्यरत तोप प्रसाद बुढा मगर पछिल्ला तीन महिनादेखि स्टमक क्यान्सर (Grade–4) को गम्भीर अवस्थाबाट पीडित छन्। चिकित्सकका अनुसार उहाँको आमाशय (भुँडी) नै शल्यक्रिया गरेर फाल्नुपर्ने जटिल अवस्था भएको छ।
बीमा भए पनि केमोथेरापी अत्यन्त महँगो पर्ने भएकाले उपचार खर्च पुर्याउन कठिन भएको परिवारले जनाएको छ। यही कारण स्थानीय संघ–संस्था र समुदायको सल्लाहमा उहाँले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र विभिन्न संघ–संस्थासमक्ष सहयोगको अपिल गरेका छन्।
हाल उहाँ सउलको 강북삼성병원 मा निरन्तर उपचारमा रहनुभएको छ। अहिलेसम्म आवश्यक ८ पटक केमोथेरापीमध्ये ३ पटक उपचार गरिसक्दा करिब ८५ लाख वोन (Rs. 850,000/-) भन्दा बढी खर्च भइसकेको छ। चिकित्सकका अनुसार डिसेम्बर १४ मा अस्पताल भर्ना भई डिसेम्बर २० भित्रै अपरेशन गर्नुपर्नेछ, जसको मात्र लागत ३ करोड वोन (Rs. 3,000,000/-) भन्दा बढी पर्ने अनुमान गरिएको छ।
अपरेसनपछि बाँकी ५ पटक केमोथेरापी गर्नुपर्नेछ, तर केमोथेरापीका धेरै भागहरू बिमाले कभर नगर्ने भएका कारण उपचार खर्च झनै जटिल बन्दै गएको छ।
यसैबीच, नेपाल मगर संघ गणतन्त्र कोरिया, मोक्पो–छल्लादो शाखामार्फत आधिकारिक रूपमा सहयोग अभियान सुरु गरिएको छ। कुनै पनि सहयोग सिधै उहाँको खातामा वा अभियानका सम्पर्क व्यक्तिहरू मार्फत गर्न सकिने जानकारी गराइएको छ।
सहयोगका लागि विवरण:
A/C No: 19691022656107
Bank: 하나은행 (Hana Bank)
Name: BUDHA DAL BDR (Diwas)
फोन सम्पर्क:
• Ashok Rana: 010-4689-6534
• Hari Suman: 010-6524-6226
• Meg GM: 010-2117-9849
• Diwas (Buddha Dal Bdr): 010-8423-8558











