Advertisement
Advertisement

Day: २५ आश्विन २०८२, शनिबार १३:१०

सुवनमा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” भोली प्रदर्शन हुँदै

सुवनमा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” भोली प्रदर्शन हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
  पछिल्लो समयमा अत्यधिक चर्चा र प्रतीक्षामा रहेको नेपाली कथानक चलचित्र “बलिदान” भोली आईतवार , सुवनको मेगाबक्स मा प्रदर्शन हुन लागेको छ। चलचित्रका मुख्य कलाकारहरूमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा रहेका छन्। चलचित्रको निर्देशन सन्तोष सेनले गरेका छन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। चलचित्रमा देशभक्ति र एक्शनले भरिपूर्ण कथा प्रस्तुत गरिएको छ, जसमा देशको आन्तरिक मामिलामा बाह्य तत्वको हस्तक्षेपपछि समाजमा खल्बलिएको अवस्था र आफ्नो देशको अस्मिता जोगाउन जन्मिने युग पुरुषको कथालाई देखाइएको छ। चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दावी गरिएको छ। ब्लकबस्टर हिट चलचित्र “१२ गाउँ” बाट आफ्नो करिअर सुरु गरेका नायक समीर भट्ट को यो चलचित्र पनि नेपालमा बडादशैं फूलपातीको दिन एकैसाथ रिलिज हुँदैछ। सुवनमा हलसम्म पुग्नका लागि: • सुवन स्टेशन, E...
सल्लाहकार र केन्द्रीय सदस्य चयन गर्दै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको चौथो विस्तारित बैठक सम्पन्न

सल्लाहकार र केन्द्रीय सदस्य चयन गर्दै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको चौथो विस्तारित बैठक सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
सल्लाहकार र केन्द्रीय सदस्य चयन गर्दै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको चौथो विस्तारित बैठक सम्पन्न नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको” ऐतिहासिक चौथो विस्तारित बैठक सउलस्थित नमस्ते रेस्टुरेन्टको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। बैठकमा संगठनको आगामी कार्यदिशा, देश र प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहितका सवाल, तथा संगठनभित्रको नेतृत्व व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो। बैठकले मञ्चका महिला उपाध्यक्ष कमरेड निर्मला खड्का र केन्द्रीय सदस्य तथा छनान–फेन्थेक क्षेत्रीय कमिटी अध्यक्ष कमरेड कृष्णप्रसाद न्यौपानेले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेको छ। त्यस्तै, संगठनमा रिक्त पदहरूमा नयाँ सल्लाहकार, प्रवक्ता र केन्द्रीय सदस्यहरूको मनोनयन गरिएको छ। नयाँ पदाधिकारीहरू: • सल्लाहकार: राजेन्द्र प्रकाश राई (राजन),...
वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बोम्जन गुरुङ चयन

वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बोम्जन गुरुङ चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
  “प्रवासमा हाम्रो एकता, सुख दुःखमा आपसी सामिप्यता” भन्ने मूल नारासहित स्थापित वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन २०२५ अक्टोबर ११ शनिबारका दिन दक्षिण कोरियाको गाङवोन प्रान्त, वन्जु मुन्माक (문막읍 문막리 924-8) स्थित फुटबल मैदानमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाको स्थापनाको छोटो समयमै नेपाली समुदायबीच उल्लेखनीय योगदान पुर्‍याउँदै आएको वन्जु मुन्माक मैत्री समाजले यस अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको हो। बोम्जन गुरुङको अध्यक्षतामा बनेको नयाँ कार्यसमिति यस्तो छ: अध्यक्ष: बोम्जन गुरुङ वरिष्ठ उपाध्यक्ष: डम्बर लिम्बु उपाध्यक्षहरू: मेघराज योगी, समिर लिम्बु महासचिव: भिम घिसिङ सचिवहरू: ज्ञानेन्द्र न्यौपाने, गणेश मगर कोषाध्यक्ष: सबिन बोहोरा सह–कोषाध्यक्ष: प्रेम बस्नेत सदस्यहरू: तेजेन्द्र कुंवर, गंगाराज लिम्बु, सचिन लावती, विकल कार्की, अभिषेक शाही, बिनोद ...
आजको राशिफल: २०८२ असोज २५ गते शनिबार

आजको राशिफल: २०८२ असोज २५ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको उर्जा उच्च रहनेछ। नयाँ काम सुरु गर्न मन लाग्न सक्छ। तर योजना बिना कदम चाल्नाले बाधा आउन सक्छ — पहिले राम्रो योजना बनाई अघि बढ्नुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक मामिलामा सुधार आउने संकेत छ। तर अनावश्यक खर्चले घाटा गर्न सक्छ — महत्वपूर्ण खर्च मात्रै गर्नुहोस्। साथीहरू र परिवारसँगको सम्बन्धले मन प्रसन्न बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय मिलाएर सामाजिक क्रियाकलापमा सहभागि हुनुहोस्। नयाँ मानिसहरू भेट्न सकिन्छ। तर शब्द चयनमा सावधानी गर्नुहोस् — केही कुरा अनायासै विवाद उत्पन्न गर्न सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारसँग मिलेर काम गर्नु लाभदायक हुनेछ। पुराना मतभेदहरू मिल्ने सम्भावना छ। स्वास्थ्यको ख्याल राख्नुहोस् — विश्राम र पोषण पर्याप्त लिनुहोस्। सिंह (मा, मि...