Advertisement
Advertisement

Day: ८ आश्विन २०८२, बुधबार २१:०५

जेजुदोमा दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना हुँदै

जेजुदोमा दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  जेजु, दक्षिण कोरिया – किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना गर्ने भएको छ। प्रतियोगिता यही सेप्टेम्बर २७ तारिख साँझ ६ बजेदेखि राति १ बजेसम्म जेजु सहरको 연삼로 ६२७ (거로풋살장) मा हुने बताइएको छ। प्रतियोगितामा सहभागी हुने टिमहरूले सेप्टेम्बर २३ सम्म दर्ता गर्नुपर्नेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको आयोजक समितिले जनाएको छ। प्रत्येक टिममा ६ खेलाडी र अतिरिक्त ३ जना समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। खेललाई आकर्षक बनाउन उच्च रकमको पुरस्कार तोकिएको छ। प्रथम हुने टिमले १० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ५० हजार वोनसहित मेडल प्राप्त गर्नेछन्। ...
खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन यही सेप्टेम्बर २८ तारिक हुँदै

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन यही सेप्टेम्बर २८ तारिक हुँदै

जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपालीहरूबीच एकता, सहयोग र सामाजिक सेवामा सक्रिय खोटाङ सेवा समाज दक्षिण कोरियाले आफ्नो २०औं अधिवेशन यही सेप्टेम्बर २८ तारिख, आइतबारका दिन सौलमा आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११ बजे सिओलस्थित 종로구 창신길 ५१, ५औं तल्ला (MG 새마을금고 हल) मा सुरु हुने जानकारी आयोजकले दिएको छ। उक्त स्थान 동대문역 LINE 1, EXIT No.1 बाट करिब २ सय मिटरको दूरीमा अवस्थित छ, जसले सहभागीलाई सजिलो हुने बताइएको छ। खोटाङ सेवा समाजले जारी गरेको निमन्त्रणामा कोरियामा रहनु भएका विभिन्न संघ–संस्थाका अध्यक्षज्यूहरू, राजनैतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, बुद्धिजीवी व्यक्तित्व लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थित भई अधिवेशनलाई भव्य बनाउन आग्रह गरिएको छ। संस्थाले पत्रचार गरिसकेको भए पनि कतिपयलाई पत्र नपुगेको खण्डमा यसै समाचार लाई आधिकारिक मान्न अनुरोध गरिएको छ।  सन्१९९६ मा स्थापना भइ हा...
छुसकमा भव्य “ह्यात्रुङ भरना Dance Party – 2025” हुने

छुसकमा भव्य “ह्यात्रुङ भरना Dance Party – 2025” हुने

जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपालीहरूको साझा संस्था ग्लोबल तेह्रथुम सेवा समाज, दक्षिण कोरियाले कोरियाको महान चाड छुसक 2025 को अवसरमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम “ह्यात्रुङ भरना Dance Party – 2025” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अक्टोबर ५ तारिख (आइतबार) का दिन सोलस्थित 동대문구 천호대로 69길 12, 302·304호 88 (콜라텍) मा हुने भएको हो। कार्यक्रम बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म सञ्चालन हुनेछ। कार्यक्रमका विशेष आकर्षण 🎧 DJ RX 🎤 Rapper Jojo Dorz 🎙️ गायिका बिमन्ता लिम्बु 💃𝐝𝐚𝐧𝐜𝐞𝐫 : 𝐑𝐚𝐣𝐚𝐧𝐢 𝐬𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 & 𝐬𝐡𝐢𝐫𝐥𝐢𝐧𝐞 𝐭𝐚𝐦𝐚𝐧𝐠 🎶 धमाकेदार म्युजिक, नाचगान र भरपूर मनोरञ्जन कार्यक्रममा सुरक्षाको लागि 7 Star Security Bouncer Force को व्यवस्था गरिएको आयोजकहरूले जनाएका छन्। साथै, नेपाली समुदायलाई लक्षित गरी तयार गरिएको यो पार्टीमा सांगीतिक प्रस्तुति, नृत्य, मनोरञ्जन र साथीभाइबीच भेटघाट हुने भएकाले सह...
कर्णाली समाजद्वारा कोरियामा भव्य “बडादशैं २०८२ टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम” हुने

कर्णाली समाजद्वारा कोरियामा भव्य “बडादशैं २०८२ टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम” हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरिया र यस प्रदेश अन्तर्गतका सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जाजरकोट समाज दक्षिण कोरियाले संयुक्त रूपमा विशेष दसैं कार्यक्रम आयोजना गर्ने भएका छन्। नेपालीहरूको महान पर्व बडादशैं २०८२ को पावन अवसरमा आयोजना गरिने यो कार्यक्रममार्फत कोरियामा रहेका नेपालीबीच भाइचाराको अभिवृद्धि, एकताको सन्देश र नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रम विवरण: 📅 मिति : अक्टोबर ४, २०२५ (शनिबार) 🕕 समय : बेलुकी ६ बजे 📍 स्थान : 경기도 평택시 평택1로 12번길 10, 2층 (Metro Line 1, 평택역 Gate No. 1 Exit) कार्यक्रममा दक्षिण कोरियामा रहेका उद्यमी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, श्रमिक, विद्यार्थी, पत्रकार, राजनीतिज्ञ तथा विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।...
उदयपुर सेवा समाज दक्षिण कोरियाद्वारा छुसकमा “साईला साईली डान्स पार्टी–२” आयोजना हुने

उदयपुर सेवा समाज दक्षिण कोरियाद्वारा छुसकमा “साईला साईली डान्स पार्टी–२” आयोजना हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सहयोग, एकता र संस्कृतिको संरक्षणमा सक्रिय उदयपुर सेवा समाज दक्षिण कोरियाले यस वर्षको छुसक पर्वलाई विशेष बनाउन “साईला साईली डान्स पार्टी–भाग २” आयोजना गर्ने भएको छ।  आपतकालीन राहत कोष स्थापना गर्ने उद्देश्यसहित हुने यो कार्यक्रम आगामी अक्टोबर ६ तारिख (सोमबार) का दिन सोलस्थित 서울시 동대문구 천호대로 69길 12, 콜라텍मा साँझ ६ बजेबाट सुरु भई भोलिपल्ट बिहान ५ बजेसम्म निरन्तर चल्नेछ। कार्यक्रमलाई आकर्षक बनाउन चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ जसमा डीजे RUM ACE, र्यापर AKA MYDEV, र्यापर तथा नृत्याङ्गना दिव्या खड्का, मिस पिगलेट र डान्सर दीप मगरले प्रस्तुत गर्ने भएका छन्। छुसकको रमाइलो अवसरलाई अझ उल्लासमय बनाउन आयोजकले तयारी पूरा गरिसकेको जनाइएको छ। नेपाली समुदायबीचको भेटघाट र मनोरञ्जनसँगै समाजसेवाको लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम प्र...
गजेदोमा विजयादशमी तथा दीपावली विशेष कार्यक्रम हुने

गजेदोमा विजयादशमी तथा दीपावली विशेष कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपालीहरुको महान् चाड विजयादशमी र शुभ दीपावली को अवसरमा हान्वा ओसान नेपाली एकता समाज, गजेदोद्वारा आगामी २०२५ अक्टोबर ५, आइतवार विशेष कार्यक्रम आयोजना हुने भएको छ। “हाम्रो चाहना प्रवासी एकता र आपसी सदस्यताको कामना” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा दशैँको रौनक झल्कने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्। कार्यक्रमका प्रमुख आकर्षणहरू :  • टिका जमरा तथा आशीर्वाद ग्रहण  • विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको सामूहिक पँक्तिपर्यन्त  • सगरमाथा नौमति पञ्चे बाजाको लाइभ प्रस्तुति  • The Wings Music Hanwha Ocean समूहको विशेष लाइभ प्रस्तुति  • स्थानिय स्तरका विविध प्रतिभा प्रस्तुतिहरू  • रमाइला मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरू  • पञ्चे बाजासहितको उत्कृष्ठ नृत्य तथा २ जनाको खेलमा विजेतालाई पुरस्कार कार्यक्रम बिहान १० बजे बाट सुरु हु...
आजको राशिफल: २०८२ असोज ८ गते बुधबार

आजको राशिफल: २०८२ असोज ८ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह बढ्नेछ र नयाँ योजना सुरु गर्न मन लाग्नेछ। पुरानो अधुरो काम पूरा गर्ने मौका मिल्नेछ। परिवार र मित्रको साथ पाउँदा मन हल्का हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। आफ्नो विचारलाई अरूले महत्व दिनेछन्। सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ, जसले दिनलाई सुखद बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उमङ्गले दिन विशेष बन्नेछ। नयाँ अवसर हात लाग्नेछ र काममा प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ र त्यसको मूल्यांकन हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा खुसीको समाचार सुन्न सकिनेछ। आफ्नो मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ सम्पर्क वा सम्बन्धबाट फाइदा पाउने सम्भावना छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व गर्ने अवसर आउनेछ। समाजमा सम्मान ...