Advertisement
Advertisement

Day: १७ असार २०८२, मंगलवार १४:१९

नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन यही जुलाई २० मा हुने 

नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन यही जुलाई २० मा हुने 

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशन यही जुलाई २० मा हुने भएको छ । संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत सञ्चालन गरेर सेवा द...
दक्षिण कोरियामा भोजपुरका एक बिरामीको उपचार र डिस्चार्जका लागि सहयोग अपिल

दक्षिण कोरियामा भोजपुरका एक बिरामीको उपचार र डिस्चार्जका लागि सहयोग अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:भोजपुर साविक मानेभन्ज्याङ गाविस हाल रामप्रसाद गाउँपालिका घर भई दक्षिण कोरिया रोजगारीका सिलसिलामा कोरियाको ख्याङसाङबोक्दो आन्दोङमा कार्यरत टेकराज खत्रीको उपचार गरी डिस्चार्ज गराउन आर्थिक अभावका कारण समस्या भएको हुँदा कोरियामा सहयोग अभियान सञ्चालन भइरहेको छ। कोरिया प्रवेश गरेको १० महिनामै बिरामि भइ बिगत तीन महिना देखि उपचाररत खत्रीको कम्पनीले कुनै पनि सहयोग प्रदान नगरेको र उपचार खर्च हालसम्म २ करोड वन भन्दा बढी पुगिसकेको हुनाले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गराउने उद्देश्य सहित भोजपुर परिवारले “टेकराज खत्री बचाउ” अभियान सञ्चालन गरी सहयोग संकलन गरिरहेको छ। सहयोगका लागि THAPA KUMAR को IBK BANK मा रहेको खाता नम्बर 221-425464-02-028 मा रकम पठाई यसरी अप्रत्यासित घटनाका कारण विपदमा परेका व्यक्तिको जीवन रक्षासहित सकुशल डिस्चार्ज गराउन सबैजनाले सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।...
“न्यू भिजन ग्रुप” को चौथो अधिबेशन जुलाई १३ मा हुने 

“न्यू भिजन ग्रुप” को चौथो अधिबेशन जुलाई १३ मा हुने 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज : दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन यही जुलाई १३ तारिखका दिन ‌किम्हेमा हुने भएको छ। ‌“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन जुलाई १३ तारिख आइतबारको दिन ११ बजे किम्हे‌ स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा हुने भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाइएको ग्रुपले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपाल‌‌ लगायत कोरियामा विभिन्न सङ्घसंस्थाहरूसँग ‌सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ।   जुलाइ १३ मा हुने चौथो अधिवेशन को लागि संस्थागत गतिविधि पूरा भइसकेको सचिव रमेश श्रेष्ठ ले ...
कोरियन भनी आयातित मासु प्रयोग गरि 갈비탕 बेच्दा ९ लाख जरिवाना

कोरियन भनी आयातित मासु प्रयोग गरि 갈비탕 बेच्दा ९ लाख जरिवाना

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विदेशी गाईको मासु प्रयोग गरेर बनाएको 갈비탕 लाई ‘한우 갈비탕’ भनेर झूटो विवरण दिई बेच्ने रेस्टुरेन्ट सञ्चालक A씨 लाई अदालतले ९ लाख वोन जरिवाना सजाय सुनाएको छ। जोन्जु जिल्ला अदालतले कृषि उत्पादनको उत्पत्ति स्थान गलत उल्लेख गरेको अभियोगमा A씨 को अपील खारेज गर्दै पहिलो फैसला कायम राखेको हो। उनले ८ महिनामा करिब ३,६०० वटा 갈비탕 बेचेका थिए र १,८०० किलोग्राम विदेशी मासु किनेको पाइएको थियो। अदालतले 한우 र विदेशी मासुको मूल्य र धारणा फरक भएकाले उनको अपरा-ध गम्भीर छ भन्दै सजाय घटाउने कुनै कारण नभएको ठहर गर्‍यो। पहिले अभियोजन पक्षले १० लाख वोनको जरिवाना माग गरेको थियो, तर A씨 ले पुनरावेदन गर्दै सजाय घटाउन माग गरेका थिए। पहिलो अदालतले अपराध इतिहास नभएको भन्दै १ लाख वोन घटाएर ९ लाख जरिवाना तोकेको थियो। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
आजको राशिफल: २०८२ असार १७ गते मंगलबार

आजको राशिफल: २०८२ असार १७ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्यको प्रारम्भका लागि भने केही प्रतीक्षारत रहनु श्रेयस्कर होला । आफन्तको साथ सहयोग राम्रो प्राप्त होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस होला । परिश्रमले यथोचित प्रतिफल नदेला । परिस्थिति प्रतिकूल बन्दै जाला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उद्योग व्यवसायमा अपेक्षित फाइदा होला । धर्मकर्ममा रुचि बढ्ला । सामाजिक कार्यमा सफलता प्राप्त होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीवचनको प्रभाव उच्च रुपमा पर्ला । अरुका विषयमा अनावश्यक चासो राख्दा भने आफै समस्यामा फसिने सम्भावना रहला । शुभ कार्यको चर्चा चल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ होला । लामो समयदेखि विछोडिएका...