विशाल आवाज : दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन यही जुलाई १३ तारिखका दिन किम्हेमा हुने भएको छ।
“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन जुलाई १३ तारिख आइतबारको दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा हुने भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाइएको ग्रुपले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपाल लगायत कोरियामा विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ।
जुलाइ १३ मा हुने चौथो अधिवेशन को लागि संस्थागत गतिविधि पूरा भइसकेको सचिव रमेश श्रेष्ठ ले जानकारी दिदै ग्रुपलाइ बिभिन्न कालखण्डमा साथ-सहयोग गर्दै आउनुभएका सामाजिक व्यक्तित्व हरुलाइ सम्मान समेत गरिने बताएका छन्।
यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि अध्यक्ष जीवन शर्मा ले विशाल आवाजमार्फत अनुराेध गर्नुभएको छ।









