नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उनले आगामी निर्वाचनका लागि यो महत्त्वपूर्ण संकेत भएको बताएका हुन् ।
यसपटकको उपनिर्वाचनमा कोशी प्रदेशमा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’, उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’
उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्...
१८ पुष २०८१, बिहीबार १२:४७१८ पुष २०८१, बिहीबार १२:४७१८ पुष २०८१, बिहीबार १२:४७ by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग्ने भएको छ।
गठबन्धनको चक्करमा नलाग्ने, जे पर्छ, पर्छ भनेर एक्लै निर्वाचनमा जाने
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुस २१ गतेदेखि काठमाडौंमा सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि तयार पारिरहेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरेका हुन्।
उनले नेताहरूको जीवन शैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा लेखेका छन्। माओवादी केन्द्रमा ४०७ जना केन्द्रीय सदस्य छन्।
अध्यक्ष प्रचण्डले आफूले तयार पारिरहेको प्रतिवेदनबारे बिहीबारको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए। १० वर्षे सशस्त्र संघर्ष र २०६४ को संविधान सभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे।
त्यसपछि माओ...
१८ पुष २०८१, बिहीबार ०६:५७१८ पुष २०८१, बिहीबार ०६:५७१८ पुष २०८१, बिहीबार ०६:५७ by विशाल श्रेष्ठNo Comments
बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन्।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।...
१८ पुष २०८१, बिहीबार ०५:४६१८ पुष २०८१, बिहीबार ०५:४६१८ पुष २०८१, बिहीबार ०५:४६ by विशाल श्रेष्ठNo Comments
हालै मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटनाको सम्बन्धमा दक्षिण कोरियाली प्रहरीहरूले विमानस्थल र कम्पनीको कार्यालय समेत अन्य कयौँ स्थानमा छापा मारेका छन् ।
आइतबार बैंककबाट आएको जेजु एयरको यात्रुवाहक विमान अवतरणको समयमा भयानक दुर्घटनामा परेको थियो । यस घटनामा विमानमा रहेका १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको थियो
जियोननाम प्रान्तीय प्रहरीले छापा मारेको हो । यस क्रममा विमानस्थल, जेजु एयरको सोल र मुआनमा रहेको कार्यालय अनि बुसन क्षेत्रीय उड्डयन कार्यालयमा छापा मारेर सामान जफत गरिएको बताइएको छ ।
यस घटनामा पेसागत लापरबाहीका कारण मृत्यु भएको भन्दै सर्च वारेन्ट जारी भएको अधिकारीहरूले बताएका छन् ।...
१८ पुष २०८१, बिहीबार ०५:४२१८ पुष २०८१, बिहीबार ०५:४२१८ पुष २०८१, बिहीबार ०५:४२ by विशाल श्रेष्ठNo Comments
मंसिर महिनामा मात्रै वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जान ८४ हजार दुई सय २६ जना युवाले श्रम स्वीकृति लिएका छन्।
यो संख्या नयाँ तथा पुनःश्रम स्वीकृति लिनेहरूको हो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार श्रम स्वीकृति लिनेमा ७५ हजार पाँच सयभन्दा धेरै पुरूष र आठ हजार ६ सयभन्दा धेरै महिला छन्।
नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजारभन्दा धेरै छ।
विभागको तथ्यांक हेर्दा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईका लागि सबैभन्दा धेरै युवाले श्रम स्वीकृति लिएका छन्।
युएईका लागि २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। त्यसपछि साउदीका लागि १८ हजार, कतारका लागि १४ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति लिएका छन्।
केही समय मलेसियाले आप्रवासी श्रमिक लैजान कडाई गरेसँगै ठूलो संख्यामा नेपालीहरू युएईतर्फ गइरहेको म्यानपावर व्यवसायीहरूले बताएका छन्।
मंसिरमा मलेसियाका लाग...
१८ पुष २०८१, बिहीबार ०२:२२१८ पुष २०८१, बिहीबार ०२:२२१८ पुष २०८१, बिहीबार ०२:२२ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि...