Advertisement
Advertisement

केन्द्रीय सदस्यसँग सम्पत्ति विवरण माग्दै प्रचण्ड

Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग्ने भएको छ।
गठबन्धनको चक्करमा नलाग्ने, जे पर्छ, पर्छ भनेर एक्लै निर्वाचनमा जाने

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुस २१ गतेदेखि काठमाडौंमा सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि तयार पारिरहेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरेका हुन्।

उनले नेताहरूको जीवन शैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा लेखेका छन्। माओवादी  केन्द्रमा ४०७ जना केन्द्रीय सदस्य छन्।

अध्यक्ष प्रचण्डले आफूले तयार पारिरहेको प्रतिवेदनबारे बिहीबारको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए। १० वर्षे सशस्त्र संघर्ष र २०६४ को संविधान सभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे।

त्यसपछि माओवादीमा नेताहरूको जीवनशैली बदलिएको प्रश्न उठ्दै गए पनि नेतृत्वले त्यसबारेमा नजरअन्दाज गर्दै आएको थियो। अब फेरि ०८४ सम्म सरकारमा सहभागी नहुने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा आफ्नो उक्त प्रस्ताव पनि राखेका छन्।

बैठकमा उनले जनताको मन जित्ने र आउँदो चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने विषय प्रतिवेदनमा उल्लेख गरेको बताएका छन्।

अब हामी सरकार बनाउने, भत्काउने चक्करमा लाग्दैनौं, जनताको मुद्दा उठाएर अभियानमा जाने, जीवनशैली अपनाउने, केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण लिखित रूपमा पेस गर्नुपर्ने प्रस्ताव तयार गरिरहेको छु,’ अध्यक्ष प्रचण्डले बैठकमा भने,‘हाम्रो बसाइँ, डुलाइ, खुवाइ यस्तो छ, हामी यस्ता छौं  भनेर जनताको माझमा जान्छौं।’

उनले गठबन्धनको चक्करमा नलाग्ने र जे पर्छ पर्छ भनेर एक्लै निर्वाचनमा जाने प्रस्ताव पनि तयार पारेको  बैठकमा जानकारी गराएका छन्। उनले स्थायी कमिटी सदस्यहरूबाट सुझाव भने लिएनन्।

पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बोलाइएको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुइटा प्रस्ताव राखेको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।

ती प्रस्ताव पार्टीको संगठन सुदृढीकरणसँग जोडिएका अभियानसँग सम्बन्धित छ।

अध्यक्ष प्रचण्डले राखेका प्रस्तावबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘अध्यक्षले दुइटा अभियान चलाउनुपर्छ भन्नु भएको छ। एउटा, मदन भण्डारी लोकमार्गलाई आधारित बनाएर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित गरी अभियान चलाउनुपर्छ।’

अध्यक्ष प्रचण्डले कम्तीमा पनि ६ महिना जनताका बीचमा रहने गरी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको पनि सापकोटाले जानकारी दिए।

‘जनताले के चाहेका छन्, के खोजेका छन्, जनता के विचार गर्दैछन् भन्ने समग्र अध्ययन गर्न पनि यो अभियान आवश्यक छ,’ उनले भने, ‘यो देश रक्षा गर्ने दायित्व जनताको हो, यो अपिल गर्ने बेला आएको छ। हामीले जनतालाई पनि सुसूचित गर्नुपर्छ। जनता लोकतन्त्रप्रति प्रतिबद्ध छन्, समेट्न सकिन्छ भन्ने पार्टीको निष्कर्ष छ।’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×