विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा सलनालको अवसरमा जनवरी २९ तारिख कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र Minky, DJ RX,DJ BIT साथमा 서울 서초구 반포동 650 번지 (FLOATING ISLAND) मा नेपकोर नाइट गर्ने भएको हो। सउलमा हुने यो सलनाल ग्राण्ड इभेन्टको ओपनिङ एक्ट कोरियामै रहेको र्यापर विक्रम लामा,TJAY,GM-JOON र अनलाइन र्याप कन्टेस्ट विनर र्यापर GEN-G ले गर्नेछन्।
जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म LAURE & BAD KOMPANY को साथमा हुने नेपकोर नाइटको प्रवेश शुल्क ५० हजार वन तोकिएको छ। यसैगरी इ...
५ पुष २०८१, शुक्रबार १२:०४५ पुष २०८१, शुक्रबार १२:०४५ पुष २०८१, शुक्रबार १२:०४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा निर्माण गरिएको ‘तिम्रै पीरले’ बोलको नेपाली गीतको म्युजिक भिडियो आगामी साता शनिबार अर्थात् डिसेम्बर २१ तारिखमा सार्वजनिक हुने भएको छ ।
नेपाली युवाहरूको विदेशीने वाध्यता र त्यही वाध्यताले उत्पन्न परिस्थिति लाइ मुख्य कथा वस्तु बनाइएको भिडियोको सबै भाग कोरियाको छुङ्जुमा छायांकन गरिएको छ । सनम परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सोनीप विक्रम शाही, प्रभा गुरुङ, सुरेन्द्र श्रेष्ठ को मुख्य भूमिका रहेको छ भने विष्णु शर्मा, बिनु भण्डारी, गणेश अर्याल, दिपेन्द्र कडेल, मुना घिमिरे कटुवाल, भूमिका भुसालको सहायक भूमिका रहेको छ ।
Atomy Nepal दिपेन्द्र कँडेलले उत्पादन गर्नुभएको म्युजिक भिडियोमा कथा,निर्देशन र छायाङ्कन सोनम पराजुलीले गर्नुभएको छ भने एडिट युजिना स्टुडियो र कलर सुजन कोइरालाले गर्नुभएको छ। गीत यही आउँदो शनिबार कोरियन समय अनुसार बेलुकी ८:४५ मा सार्वजनिक हुनेछ।...
५ पुष २०८१, शुक्रबार ११:४२५ पुष २०८१, शुक्रबार ११:४२५ पुष २०८१, शुक्रबार ११:४२ by विशाल श्रेष्ठNo Comments
टिकटकबाट चर्चामा आएर म्युजिक भिडिओमा उदाएकी मिस पबी (पबित्रा साँकी) ले नयाँ फिल्म साइन गरेकी छन्।
केदार घिमिरे (माग्ने बुढा)को शीर्ष अभिनय रहने फिल्म 'माग्ने राजा' मा मिस पबी अनुबन्धित भएकी हुन्।
ऋषि लामिछानेको निर्देशन रहने फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन्। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन्। कमेडी कथावस्तुमा फिल्म निर्माण हुने र छायांकन फागुनदेखि सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
मिस पबीले आफू यो फिल्ममा जोडिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
यो उनको पहिलो फिल्म हुनेछ। यसअघि उनले साइन गरेको 'राजमहल' भने अहिलेसम्म निर्माण हुन सकेको छैन।
मिस पबीको अन्य कामको कुरा गर्दा उनी रियालिटी शो 'कमेडी दरबार' मा व्यस्त छिन्। त्यस्तै, उनले कमेडी सिरियल 'ख्यालठट्टा' मा पनि काम गरिरहेकी छन्। म्युजिक भिडिओमा पनि उनी देखिइरहेकी...
५ पुष २०८१, शुक्रबार ०९:१९५ पुष २०८१, शुक्रबार ०९:१९५ पुष २०८१, शुक्रबार ०९:१९ by विशाल श्रेष्ठNo Comments
यस वर्ष विश्वभरमा २ अर्ब २० करोड डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । यसमध्ये आधाभन्दा धेरै रकम उत्तर कोरियाली ह्याकहरूले चोरेको नयाँ अध्ययनले देखाएको छ ।
अनुसन्धान संस्था चेनालिसिसका अनुसार उत्तर कोरियासँग सम्बद्ध ह्याकरहरूले विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी चोरेका छन् ।
यो गत वर्ष उनीहरूले चोरेको क्रिप्टोको तुलनामा दोब्बर भन्दा बढी हो । यीमध्ये केही चोरी क्रिप्टो र र अन्य प्रविधि कम्पनीहरुको सामु उत्तर कोरियाली ह्याकरहरूले रिमोट आईटी वर्कर बनेका गरेको प्रतिवेदनमा भनिएको छ ।
यो वर्ष बिट्क्वाइनको भाउ दोब्बर बनेकै समयमा यो खबर आएको हो । अमेरिकामा नोभेम्बर ५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जित हात पारेयता क्रिप्टो बजार हरियालीमा छ ।
बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको तुलनामा ट्रम्प बढी न...
५ पुष २०८१, शुक्रबार ०८:०५५ पुष २०८१, शुक्रबार ०८:०५५ पुष २०८१, शुक्रबार ०८:०५ by विशाल श्रेष्ठNo Comments
२०२५ मा ईपिएस अन्तर्गत प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार निर्धारण गरिएको छ। आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको बैठकले कोटा निर्धारण गरेको हो ।
प्रवासी श्रमिक नीति समितिको बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ । माथिको कोटा सकीए आवश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना थप्ने बैठकले निर्धारण गरेको छ।
यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन। २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो। गत अ...
५ पुष २०८१, शुक्रबार ०२:१३५ पुष २०८१, शुक्रबार ०२:१३५ पुष २०८१, शुक्रबार ०२:१३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू समेत भेटिनेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पद पाउँने योगलाई नकार्न सकिदैन । सा...