प्रवासी नेपाली मञ्च (onf) बुसान क्षेत्रिय कमिटिको ७ औं अधिवेशन सम्पन्न , अध्यक्षमा शिव विश्वकर्मा
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, राजनीति, समाचार
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपाली मन्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औ अधिबेशन किम्हेमा सम्पन्न भएको छ।
आइतबार किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा सम्पन्न प्रवासी नेपाली मञ्च बुसान क्षेत्रिय कमिटीको सातौ अधिवेशनले सर्वसम्मत रुपमा शिव विश्वकर्माको नेतृत्वमा १३ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा शिव विश्वकर्मा उपाध्यक्षमा तेजु गुरुङ ,सचिवमा धनञ्जय न्यौपाने ,उपसचिवमा सुमन अधिकारी र सदस्यहरुमा अञ्जु गुरुङ,उत्सव चौधरी,अजय गुरुङ,जिवन तामाङ ,केपी जोशी,सागर पराजुली र बद्री पौडेल चयन भएका छन्। यसैगरी एक जना सदस्य पछि चयन गर्ने कमिटीले जनाएको छ।
प्रवासि नेपालि मन्च अन्तराष्ट्रीय कमिटि सदस्य तथा दक्षिण कोरिया इन्चार्ज डा.सन्जु पौडेलको प्रमुख अतिथ्यमा तथा प्रवासि नेपालि मन्च दक्षिण कोरिया राष्ट्रीय कमिटि अध्यक्...

