Advertisement
Advertisement

Day: १७ मंसिर २०८१, सोमबार १३:२४

कोरियाको बङ्गुर फार्ममा काम गर्ने क्रममा एक नेपालीको दुःखद निधन अर्को इमर्जेन्सीमा

कोरियाको बङ्गुर फार्ममा काम गर्ने क्रममा एक नेपालीको दुःखद निधन अर्को इमर्जेन्सीमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको छल्लाबोक्दोको छन्जु नजिकै वान्जुगुन सुयाङ्म्यनको एक बङ्गुर फार्ममा कार्यरत एक नेपालीको ज्यान गएको छ। बङ्गुरको मलमुत्र जम्मा गर्ने ट्याङ्की सफा गर्ने क्रममा एक कोरियन साहु सहित एक नेपालीको निशासिएर घटनास्थलमै मृत्यु भएको हो। दुईजना नेपाली कार्यरत रहेको फार्ममा अर्को एक नेपाली चाहिँ छल्लाबोक्दोको ईक्सानको अस्पतालमा इमर्जेन्सीमा उपचार भइरहेको छ। अस्पतालमा राति कुरुवाको लागि छल्लाबोक्दोको कन्चनजङ्गा रेस्टुरेन्ट तथा सेल्टरका सञ्चालक राजन लिम्बु जानुभएकोछ र विस्तृत जानकारी बिरामी निको भएर बोल्न सक्ने भएपछि घटनाको बारेमा बाहिर आउने बताइएको छ। दक्षिण कोरियामा रहनुहुने सम्पूर्णले आफ्ना स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । विशेषगरी बङ्गुर फार्ममा ट्याङ्की सफा गर्ने क्रममा निशासिएर मृत्यु भएको घटना यसअघि पनि आएको हुँदा सबैले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ।...
क्रियटिभ एम्बिशन नेपाल (क्यान) को ५ औं अधिबेशन सम्पन्न अध्यक्षमा अर्बिन थापा निर्वाचित

क्रियटिभ एम्बिशन नेपाल (क्यान) को ५ औं अधिबेशन सम्पन्न अध्यक्षमा अर्बिन थापा निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, भर्खरै
मिन बि क/दक्षिण कोरिया:खिम्पोमा रहेर सामाजिक संस्थामा सक्रिय संस्था क्रियटिभ एम्बिशन नेपाल( क्यान)ले आज पाचौं अधिवेशन सम्पन्न गरेको छ। खिम्पो आप्रवासी सहयोग केन्द्रको हलमा सम्पन्न अधिवेशनबाट अर्बिन थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकाछन् भने १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। अधिबेशनमा क्यानले खिम्पो स्थित सामाजिक तथा सांस्कृतिक क्षेत्रमा थुप्रै कार्य गर्नुका साथसाथै नेपाली भाईचारा तथा एकतालाई मजबुत बनाउदै लागेको छ। नबनिर्वाचित कार्यसमिति अध्यक्ष : अर्बिन थापा उपाध्यक्ष : रबिन राइ , अनिल अर्याल सचिब : राजु अधिकारी कोषाध्यक्ष : अमर बहादुर घले सह कोषाध्यक्ष : दिलिप के सी सदस्यहरु : सुजन बस्याल कपिल पोखरेल सन्जिब खतिवडा अमर भुजेल सगर भुजेल बिशाल क्षेत्री...
स्याङ्गजा परिवार द.कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने गरी भौतिक बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

स्याङ्गजा परिवार द.कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने गरी भौतिक बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
मिन बि क/दक्षिण कोरिया:स्याङ्गजा परिवार दक्षिण कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने निर्णय गरि कार्यसमितिको दोस्रो नियमित भौतिक बैठकलाइ सम्पन्न गरेको छ । केन्द्रिय अध्यक्ष सुशील गुरुङको अध्यक्षता तथा प्रमुख संरक्षक कुमार थापाको प्रमुख आतिथ्यतामा कोरियाको राजधानी दोङ्गदेमुन स्थित सम्झना रेस्टुरेण्टमा बैठक सम्पन्न गरिएको थियो। १३ औं कार्यसमितिले मनोनयन पत्र प्रदान गर्नु को साथै निवर्तमान कार्यसमितिका पदाधिकारीहरु,विभिन्न विभागीय प्रमुखहरू तथा संस्थालाई योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान पत्र द्वारा सम्मानित गरेको थियो। बैठकले २०२५ को बार्षिक कार्ययोजनाहरु समेत तर्जुमा गर्दै संस्थाका सामाजिक गतिबिधीहरु थप प्रभावकारी हिसाबले संचालन गर्ने र संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने तथा कोरियामा रहेका स्याङ्गजाली साथीहरुलाई गोलबद्द गर्नको निमित्त १३ औं कार्यसमितिले २०२५ को मे महिनाको ...
दक्षिण कोरियाको ‌सुवन स्थित क्लबमा लागुऔषधसहित दर्जन विदेशी पक्राउ

दक्षिण कोरियाको ‌सुवन स्थित क्लबमा लागुऔषधसहित दर्जन विदेशी पक्राउ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
दक्षिण कोरियाको ‌सुवन स्थित क्लबमा दर्जनौं विदेशीहरू लागुऔषधसहित पक्राउ परेका छन्। जसमा भिसा नभएकाहरू मुख्य रूपमा भियतनामी नागरिकहरू धेरै परेका छन्।घटनास्थलमा लागुऔषध प्रयोगको रिपोर्ट आएपछि प्रहरीले आइतबार सुवन, ग्याङगीमा मुख्य रूपमा भियतनामी नागरिकहरू आउने गरेको क्लबमा छापा मारेको थियो। सुवन सेओबु प्रहरी परिसर र सुवोन अध्यागमन कार्यालयले सोमबार राति १ः२० बजे सुवन स्टेशन नजिकैको एक क्लबमा दुई घण्टा छापा मारि पक्राउ गरेका थिए। आइतबारको अपरेसनमा प्रहरी र अध्यागमन कार्यालयका २५५ जना अधिकारी भइ छापा मारेको हो। जम्मा ९६ जना क्लब भित्र रहेका मध्ये ३९ जना जम्मा भएका थिए । पक्राउ परेका ३९ मध्ये १२ जनालाई औषधि परीक्षणमा पोजेटिभ देखिएकाले लागुऔषध नियन्त्रण ऐन उल्लङ्घन गरेको अभियोगमा आकस्मिक हिरासतमा राखिएको छ । २० देखि ३० वर्षका १२ जना मध्य ११ भियतनामी जना नागरिक र एक अंगीकृत कोरियाली थिए। उ...
जापानले बनायो मान्छे धुने वाशिङ मेसिन

जापानले बनायो मान्छे धुने वाशिङ मेसिन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  लुगा कपडा धुनका लागि वाशिङ मेसिनको प्रयोग त गर्नु भएकै होला । तर कुनैबेला मानिसलाई नै धुने वाशिङ मेसिन पनि आउला भन्ने कल्पना चाहिं गर्नुभएको थिएन सायद। तपाईंले सोच्दै नसोचेको यही मेसिन जापानले तयार गरेको छ । बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ । यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरण्मा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ । जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प...
नुवाकोटमा माओवादीले फर्कायो विरासत, दोब्बर मतले घिमिरे विजयी

नुवाकोटमा माओवादीले फर्कायो विरासत, दोब्बर मतले घिमिरे विजयी

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, राजनीति
नुवाकोट । नुवाकोटको ककनी गाउँ पालिका २ मा माओवादीले बिरासत फर्काएकाे छ। ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको हाे।  गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय  कृष्ण  घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।  मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए ।  २ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भ...
आजको राशिफलः २०८१ मङ्सिर १७ गते सोमबार

आजको राशिफलः २०८१ मङ्सिर १७ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिल...