Advertisement
Advertisement

Day: २१ श्रावण २०८१, सोमबार १२:२९

अन्तरबार्ता -नेपाल एयरलाइन्सको कोरिया उडानबारे कांग्रेस महामन्त्री थापाले कोरियामा यस्तो भने

अन्तरबार्ता -नेपाल एयरलाइन्सको कोरिया उडानबारे कांग्रेस महामन्त्री थापाले कोरियामा यस्तो भने

Breaking News, जानकारी, भर्खरै
अन्तरक्रिया कार्यक्रममा खास म उहाँहरुको कुरा सुन्नै भनेर आएको थिएँ । त्यहाँ कमजोरी चाहीँ वक्ताहरुको सुचि एकदमै धेरै भयो । यद्यपी मैले त्यसलाई कसरी हेरेको छु भने त्यो हलमा आ आफ्नो शैलीमा फरक फरक वक्ताहरुले त्यो हलले सोचेको लगभग सबैजसो विषयहरु समेट्नु भएको छ । साथै मलाई लिखित रुपमा पनि प्रश्नहरु प्राप्त भएको छ । केही साथीहरुले आफ्नै शैलीमा व्यक्त गर्ने कुराहरु मात्र छुटे होलान् । तर मुख्य गरी त्यहाँ उठेका २ किसिमका विषयहरु छन् । एउटा देशसँग जोडिएको कुरा छ । नेपालको विकास कहिले हुन्छ, हामीले नेपाल कहिले फर्किन पाउँछौं । हामीले नेपालमै रोजगारीको अवसर कहिले पाउने भन्ने विषय जुन संसारभरि रहेका नेपालीहरुकै विषय हो । अर्को चाहीँ कोरियासँग सम्वन्धित विषयहरु छन् । नेपाल एयरलाइन्स चल्ने विषयदेखि लिएर अरु महत्वपूर्ण विषयहरु छन् । जुन युवाहरुले प्रत्यक्ष रुपमा सवाल गर्न नपाउनु भए पनि कुनै न कुनै रुपमा ...
सुन्छन् सुपर ४ फ्रेन्डली क्रिकेट कप, मोक्पो क्रिकेट क्लबले चुम्न सफल

सुन्छन् सुपर ४ फ्रेन्डली क्रिकेट कप, मोक्पो क्रिकेट क्लबले चुम्न सफल

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:हिमालयन स्पोर्ट्स क्लब सुन्छन् द्वारा आयोजित सुन्छन् सुपर ४ फ्रेन्डली क्रिकेट कप, मोक्पो क्रिकेट क्लबले चुम्न सफल भएको छ।  राजधानीबाट टाढा रहेपनि खेलसँगै नेपालीहरूलाई एकजुट गर्ने उद्देश्यका साथ केशव बिष्टको अध्यक्षतामा  हिमालयन स्पोर्ट्स क्लब  सुन्छन् केही हप्ता अगाडि मात्रै स्थापना भइ खेलसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भनी गर्मि  बिदाको अवसर पारी पहिलो कार्यक्रम क्रिकेट कप आयोजना गरिएको थियो ।दक्षिण कोरियाको 전남 광양시 광양읍 목성리 1018 मा आयोजित प्रतियोगितामा निकैनै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको फाइनल म्याचमा  डाइनामिक क्रिकेट क्लब  बुसान ले  दिएको १० ओभरमा ७१ रनको लक्ष्य ३ बल आगाडी नै  जीत हासिल गरेको हो।   광양 cc, Mokpo cc, Himalayan tiger,Busan cc चार टिम रहेको प्रतियोगिता बिहान ८ बजे बाट सुरुवात भएको थियो। आयोजकले  सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद एबम् आभ...
तमूधी दक्षिण कोरियाले धुमधाम साथ मनायो रजत जयन्ती

तमूधी दक्षिण कोरियाले धुमधाम साथ मनायो रजत जयन्ती

Breaking News, जानकारी, भर्खरै
अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो । ‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानको बाटो खोज्ने उद्देश्यले सन् १९९९ मा संस्थापक अध्यक्ष शान्तमान गुरुङ को नेतृत्वमा स्थापना भएको थियो । रजत जयन्ती कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रय तमू परिषद्का संस्थापक अध्यक्ष रेशम गुरुङ र संस्कृतिविद् प्रज्ञा डा. जगमान गुरुङ आइपुग्ने भनिएको थियो । तर उहाँहरूको बिभिन्न कारणवस उपस्थित हुन नसकेको कार्यक्रम संयोजक लेशन गुरुङले बताए । तमू धींले अघिल्लो दिन साँझ ...
O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  बिशाल आवाज : दक्षिण कोरियाको ख्यङ्गिदो योङिन मा O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । "प्रवासमा सम्पूर्ण बाग्लुङगेहरुको एउटै आह्वान कला,सस्कृती ,खेलकुद र भाईचारा हामी नेपालीहरुको पहिचान" भन्ने मुल नाराका साथ स्थापित O.H.C बागलुङले अगस्ट ३ तारिक दिउसो ४ बजेदेखी अगस्ट ४ बिहान ११ बजेसम्म 경기도 용인 처인구 양지면 죽양대로 2073 번길 29 (더우 펜션) मा बनभोज तथा प्रथम अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । प्रथम अधिवेशन समारोह बाट सुमित केसीको नेतृत्वमा नयाँ पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूमा सुमित केसी अध्यक्ष, शिव जीसी बरिष्ठ उपाध्यक्ष, महेश खड्का उपाध्यक्ष,हरी आचार्य उपाध्यक्ष,खिम केसी सचिव, अशोक शर्मा सह सचिव, बिशाल खड्का सह सचिव, अमृत पौडेल कोषाध्यक्ष, माधब कन्डेल सह कोषाध्यक्ष, सज्जन खड्का सदस्य...
आजको राशिफल : २०८१ साउन २१ गते (सोमवार)

आजको राशिफल : २०८१ साउन २१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूप...