नयाँ वर्ष २०८१ को अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको नोकझोंकपूर्ण प्रेम देख्न सकिन्छ । फिल्मले अन्तरजातीय प्रेमकथालाई पनि उठाएको संकेत गीतले गर्छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई स्लोगन बनाइएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन छ भने निमेष श्रेष्ठको सम्पादन छ ।
फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्...
२१ चैत्र २०८०, बुधबार ०१:१९२१ चैत्र २०८०, बुधबार ०१:१९२१ चैत्र २०८०, बुधबार ०१:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ४ सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ।
सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,सुवन,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३ शाखाको संयुक्त र नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताएका छन्।
उपेन्द्र सुब्बाको पहिलो फिल्म “जारी” ले न...
२१ चैत्र २०८०, बुधबार ००:४९२१ चैत्र २०८०, बुधबार ००:४९२१ चैत्र २०८०, बुधबार ००:४९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको व...
२१ चैत्र २०८०, बुधबार ००:०२२१ चैत्र २०८०, बुधबार ००:०२२१ चैत्र २०८०, बुधबार ००:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःदक्षिण कोरियाको शहर ख्यङ्गि ख्वाङ्जुमा रहेका नेपालीहरु एकत्रित गरि नेपाली एकता समाजको स्थापना हुने भएको छ। "उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव" भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ "ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया" स्थापना हुने भएको छ।
गत मार्च ३० गते शनिबार ख्यङ्गि ख्वाङ्जुमा बसेको भेलाले नवराज भट्टराई ज्यूको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समिति सदस्यहरुमा नविन पराजुली, सुन्यम गोरस, नारायण प्रसाद कडेंल, विक्रम गुरुङ, दिलिप पाण्डे, रमेश भुजेल, चन्द्र भट्टराई, योगेन्द्र लिम्बु, श्रीधर अर्याल, सन्तोष ताम्राकार, दिलु ढकाल, सन्जिता लामा, कविता डोङ र रोशनी...