Advertisement
Advertisement

बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ५ सहरमा प्रदर्शन हुने

Advertisement
Advertisement

 

विशाल आवाज:यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा  डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ४ सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ।

सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,सुवन,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३  शाखाको संयुक्त र  नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि  बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताएका छन्।

उपेन्द्र सुब्बाको  पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ । 

केहि दिन अघि आएको टिजरमा फिल्मका कलाकारहरु मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान टिजरको केन्द्रमा छन् । सहर नजिकको एउटै बस्तीमा बस्ने उनीहरुबीचको सम्बन्धको आयामलाई टिजरले बोलेको छ । विवाहित मिरुनाप्रति प्रवीणको सुषुप्त प्रेम र उनकी श्रीमती (मेनुका)ले शंका गर्दा उत्पन्न परिस्थितिमा टिजर केन्द्रित छ । एक दृश्यमा दयाहाङ राई निराश मुद्रामा झोला भिरेर भौँतारिरहेका देखिन्छन् ।

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य

कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य

दक्षिण कोरियामा E-7-4 भिसामा रहेका विदेशी कामदारले आफ्नो परिवारलाई आश्रित भिसामा कोरिया बोलाउने प्रक्रिया थप कडा हुने भएको छ। सन् ...
दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा जारी पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीलाई ख्यङ्नाम नेपाल...
दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा...
दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×