कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री
𝐀𝐠𝐞𝐧𝐜𝐲। दक्षिण कोरियामा एक महिलाले आफ्नो मिल्ने साथीलाई धर्मपुत्री बनाएकी छिन् ।
आकस्मिक रुपमा अस्पताल भर्ना हुनु परेपछि हेरचाह गर्न कोही न कोही त चाहिने रहेछ भन्ने महसुस भएपछि महिलाले वयस्क साथीलाई कानुनी रुपमै धर्मपुत्री बनाएकी छिन् । यो खबर यतिबेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा हेडलाइन बनेर छाइरहेको छ ।
४४ वर्षीय एउन सेओ–र्यान अविवाहित हुन् । घरपरिवारमा विवाहका कारण आमाको दयनीय अवस्था देखेर एउनले कहिले बिहे नगर्ने र बालबच्चा नजन्माउने कशम खाएकी थिइन् । बिहे नै नगरेपनि घर परिवार त चाहियो । बिरामी भएको बेलामा साथमा कोही न कोही हुनुपर्यो । सन् २०१६ मा ग्रामीण जेओल्लामा बसाइ सरेपछि एउनले लि एओ–रेईलाई भेटिन् । यी दुवै शहरी जनजीवनबाट टाढा रहन र प्रकृतिको नजिक बस्न भनेर जेओल्ला गएका थिए । केही वर्षभित्रै यी दुवै मिल्ने साथी ...


