नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
नोनसानमा जुलाइ ९ तारिखमा "नीरफूल" फुल्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र "नीरफूल" दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १२:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको वि...

