नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि
सम्वातदाता:बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ l
दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको 1- 1 गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो l
कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानको सामुहिक भेटघाट साथै खेलकुदको मध्यमबाट मनोरन्जन होस् भन्ने हेतुले आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा आयोजक सहित 21 फुटबल टिमको सहभागिता र...

